क्षेत्रीको विदाई,थापालाई महारथीको दर्ज्यानी चिन्ह (हेर्नुहोस १५ तस्विर)
काठमाडाैँ २४,भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले कायममुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापालाई आइतबार महारथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्ने भएकी छन्।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुन्। राष्ट्रपति भवन शितलनिवासमा आइतबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले रथी थापालाई महारथीको दज्र्यानी चिन्ह प्रदान गरी प्रधानसेनापतिमा नियुक्त गर्ने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।
प्रधानसेनापति राजेन्द्र क्षेत्री पदावधि समाप्त भएका कारण आइतबारदेखि अवकाश लिँदै छन्। अवकाशमा जानु एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने सैनिक परम्पराअनुसार प्रधानसेनापति क्षेत्री बिदा बसेका कारण सरकारले साउन २४ गतेदेखि लागू हुने गरी रथी थापालाई कायममुकाय प्रधानसेनापतिको जिम्मेवारी दिएको थियो।
उनले सैनिक मुख्यालय जङगीअड्डा पुगेर आइतबारदेखि नै नेपालको ४३ औं प्रधानसेनापतिको रूपमा कार्यभार सम्हाल्नेछन्।
विसं २०१७ भदौ २५ गते लम्जुङको गाउँ शहरमा जन्मिएका रथी थापा विसं २०३६ मा नेपाली सेनाको अधिकृत क्याडेटमा भर्ना भएका थिए।
यसैबीच नेपाली सेनाले भोलिदेखि अवकाश पाउन लागेका प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीलाई शनिबार टुँडीखेलस्थित सैनिक मञ्चमा उच्च सम्मानसहित ईज्जत अर्पण कवाज प्रदान गर्नुका साथै जंगी अड्डामा आयोजित विशेष समारोहका साथ बिदाई कार्यक्रम सम्पन्न गरेको छ।
नेपाली सेनामा सहायक सेनानीबाट प्रवेश गरेका क्षेत्रले करिब ४० वर्षसम्म सेवा गर्दै प्रधानसेनापतिसमेत भएका थिएर
प्रधानसेनापति क्षत्रीले भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अवकाश प्राप्त गर्दैछन्। नेपाली सेनाको प्रचलित परम्परा अनुसार प्रधानसेनापति क्षत्रीलाई शनिबार बिदाई गरिएको हो।
कार्यक्रममा प्रधानसेनापति क्षेत्रीको सम्मानमा टुँडीखेलस्थित सैनिक मञ्चमा ईज्जत अर्पण कवाज प्रदान पश्चात जंगी अड्डामा आयोजित विशेष समारोहमा प्रधानसेनापति क्षत्री र कायम मुकायम प्रधानसेनापति रथी पूर्णचन्द्र थापाले आ-आफ्नो धारणा राखेका थिए।
सोही अवसरमा प्रधानसेनापति क्षेत्री तथा कायम मुकायम प्रधानसेनापति थापाले सम्झना स्वरुप उपहार आदान प्रदान समेत गरेका थिए।

Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












