यस कारण एयर एसियाले बन्द गर्दैछ,नेपाल उडान
काठमाडाैँ २४,भदाै । मलेसियाको बजेट एयरलाइन्स एयर एसिया एक्सले नेपाल उडान बन्द गर्ने निर्णय भएको छ ।
एयरलाइन्सका अनुसार-यात्रु अभावकै कारण विगत पाँच महिनादेखि निरन्तर घाटामा गएकाले बाध्य भएर उडान बन्दको निर्णय लिनुपरेको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयलाई सो एयरलाइन्सले औपचारिक जानकारी गराउँदै असोज २७ गते (अक्टोबर १३) देखि नेपाल उडान बन्द गर्ने जनाएको छ ।
विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले भने–नेपालबाट मलेसिया जाने यात्रु घटेकाले उडान बन्द गर्नुपरेको हो ।
क्षेत्रीका अनुसार यो वायुसेवाले तीन साता अगाडि नै नेपालमा गर्दै आएको उडान एक वर्षका लागि रद्द गर्ने निर्णयसहितको पत्र दिइसकेको छ ।
उनले भने–एक वर्षपछि हुने यात्रुको अवस्थाका आधारमा पुनः उडान गर्न सक्ने गरी उडान रद्द गरिएको हो ।
यो वायुसेवाले ६ वर्ष अगाडि अर्थात् २०६९ असार तेस्रो साताबाट नियमित रूपमा क्वालालम्पुर–काठमाडौं दुईतर्फी उडान गर्दै आएको छ। यो वायुसेवाले सातामा पाँचवटा उडान गर्दै आएकोमा गत महिनादेखि चारवटा मात्रै गरिरहेको छ।
यसअघि यूएईको र्याक एयर, दुवाईको फ्लाई दुवाई, भारतको किङफिसर, बहराइनको गल्फ एयर, पाकिस्तानको पीआईएसहितका वायुसेवाले पनि उडान बन्द गरिसकेका छन् ।
Comments
अरु समाचार
-
देशमा रेमिट्यान्स बढ्दो, ६ महिनामा १० खर्ब ६२ अर्ब ९३ करोड रुपैयाँ भित्रियो
काठमाडौं । वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै मुलुकमा भित्रिने रेमिट्यान्स पनि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को...
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











