किन बन्यो पेचिलो बिमस्टेक सैन्य अभ्यास ?, थाइल्याण्ड र भुटान पनि नजाने
काठमाडाैँ २५,भदाै । बिमस्टेक फोरम सम्वद्ध मुलुकका सेनाबीच आयोजना गरिएको संयुक्त सैन्य अभ्यासमा थाइल्याण्ड र भुटान पनि सहभागी नहुने भएका छन् । भारतको पूणेमा सोमबार (आज) बाट भदौ ३१ सम्म आयोजना हुन लागेको संयुक्त सैन्य अभ्यासमा बिमस्टेकमा आबद्ध थाइल्याण्ड र भुटानको सेनाले सहभागिता नजनाउने भएको हो ।
उक्त सैन्य अभ्यासमा भाग नलिने निर्णय नेपालले यस अघि नै गरिसकेको छ । नेपाली सेना निकट उच्च स्रोतका अनुसार नेपाल सहभागी नहुने भएपछि थाइल्याण्ड र भुटान सरकारले पनि अब्जर्भर मात्रै पठाउने र अभ्यासमा आफू सहभागी नहुने निर्णय गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आदेशमा सैन्य अभ्यासमा सहभागीता हुनबाट नेपाली सेना पछि हटेको हो ।
सेनाबाट ५ अधिकृत सहित ३० जनाको सैनिक फौजलाई अभ्यासमा सहभागीताका लागि पठाउने तयारी थियो तर अभ्यासमा सहभागीता जनाए नेपालको परराष्ट्र नीति र सैनिक कूटनीतिक तथा राष्ट्रिय सुरक्षा नीति विपरित हुनेभ न्दै विज्ञहरुले चेतावनी दिएपछि सरकार बाध्य भएर पछि हटेको हो । नेपालको उक्त निर्णयपछि अन्य २ मुलुक थाइल्याण्ड र भुटानले पनि नेपालकै नीति अनुसार अभ्यासमा सहभागीता नजनाउने जानकारी बिमस्टेक सचिवालयलाई दिएको छ । अब नेपाल, भुटान र थाइल्याण्डले भाग नलिने भएपछि बिमस्टेक फोरममा आवद्ध भारत, बंगलादेश, श्रीलंका र म्यानमार गरी ४ मुलुकका सेनामात्रै सैन्य अभ्यासमा सहभागी हुने छन् ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












