नेपाल विमस्टेकको संयुक्त सैन्य अभ्यासमा सहभागि नहुने भएपछी, नयाँ दिल्ली को टाउको दुख्यो !
काठमाडौँ २६,भदाै । पूर्व निधारित विमस्टेकको संयुक्त सैन्य अभ्यासमा पर्यवेक्षकमात्र हुने नेपालको निर्णयमा भारत असन्तुष्ट रहेको समाचार बाहिर आएको छ ।
एक हप्ता अघि नेपालले नै आयोजना गरेको विमस्टेक सम्मेलनको समयमा नेपालले सैन्य अभ्यासमा सहभागी हुने प्रतिवद्धता व्यक्त गरेको थियो ।
विमस्टेकका सदस्य राष्ट्रहरुको सेना अधिकारीहरुको सहभागी रहने अभ्यास सोमबारबाट पुणेमा शुरु भयो ।
भारतीय अंग्रेजी पत्रिका द हिन्दुस्तान टाइम्सले यो विषयका जानकार एक व्यक्तिको हवाला दिँदै नयाँ दिल्लीले काठमाडौँको निर्णय अनुपयुक्त भएको ठानेको र रद्द गर्न भनिएको ‘आन्तरिक राजनीतिको दबाब’ ‘चित्त बुझ्दो’ नभएको मानेको लेखेको छ । साथै, ती जानकारलाई उद्धृत गर्दै नेपालले शुक्रबार सैन्य अभ्यासमा सहभागी नहुने भनेर दिएको जानकारीले भारत र क्षेत्रीय समूहलाई ‘लाजमर्दो अवस्था’ मा पु¥याएको बताएको पत्रिकाले लेखेको छ ।
तथापि हालसम्म आधिकारिक रुपमा न भारतको विदेश मन्त्रालय न त रक्षा मन्त्रालयले नै नेपालले सैन्य अभ्यासमा पूर्ण सहभागिता नहुने कुरामा टिप्पणी गरेको छन् ।
पत्रिकाले नाम उल्लेख गर्न नचाहने एक भारतीय सरकारी अधिकारीले सहभागिता पूर्णत सहभागी देशको सुविधाको आधारमा हुने बताएको जनाएको छ ।
गत शुक्रबार नेपालका प्रधानमन्त्री केपी ओलीले काठमाडौँस्थीत भारतीय राजदुत मन्जीभ सिंह पुरीलाई बोलाएर नेपाल सैन्य अभ्यासमा सहभागि हुन असमर्थ रहेको बताएका थिए । ओलीले ‘आन्तरिक राजनीतिक दबाब’लाई रद्दको कारण बताएको उल्लेख गरिएको छ ।
अघिल्लो हप्ता काठमाडौँमा आयोजना भएको विमस्टेक सम्मेलनको समापनको क्रममा सैन्य अभ्यासमा सहभागि हुन नेपाल सहमत भएको खबर आए लगतै नेपालको मिडिया तथा राजनीतिक वृतमा यसको व्यापक आलोचना भएको थियो ।
पत्रिकासँग कुरा गर्ने व्यक्तिले सम्मेलनका क्रममा मोदीले सार्वजनिक रुपमै घोषणा गरेको सैन्य अभ्यासको कार्यक्रममा सहमति जनाएको नेपाल अचानक बाहिरिँदा भारतलाई लाजमर्दो अवस्थामा पुर्याएको बताएका छन् । नेपालमा दुई तिहाईको बलियो सरकार भएको बेला आन्तरिक राजनीतिक दबाबका कारण मात्र सरकार पछि हट्नु परेको कुरामा भारतले विश्वास गर्न नसकेको बताएको छ ।
संविधान जारी गर्ने समयमा मधेशमा भएको असन्तुष्टि तथा विरोध आन्दोलन र त्यसमा भारतको मौन सहमतिपछि काठमाडौँ र दिल्लीबीच चिसिएको सम्बन्ध पछिल्लो समय तीब्र गतिमा सुधार हुँदै गरेको अवस्थामा यो घटना भएको हो ।
नाम उल्लेख गर्न नचाहने नेपालका लागि एक पूर्व भारतीय राजदुतले भनेका छन्, “यसले कुनै क्षति निम्त्याउने छैन । तर कुटनीतिमा विश्वासको कमी विस्तारै निर्माण हुन्छ । केही दिनभित्र भएका घटनाहरुलाई मात्रै हेर्नुस् त । एकातर्फ नेपालले चीनसँग थप प्रोटोकलमा हस्ताक्षर गरेर चीनको बन्दरगाहहरुसम्म पहुँच पायो । अर्को तर्फ भारतमै हुन लागेको सैन्य अभ्यासमा सहभागी हुन अस्वीकार ग¥यो । यो राम्रो संकेत होइन ।”
Comments
अरु समाचार
-
वरिष्ठताको परम्परा तोड्दै डा. मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस, परिषद्मै फरक मत
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मालाई प्रधानन्यायाधीश पदका लागि सिफारिस गरेको छ । बिहीबार बसेको परिषद्...
-
दुइतिहाइको लहडले जोगिएला त न्यायालयको साख?
काठमाडौं । नेपालको न्यायपालिकामा नयाँ नेतृत्व चयनको रस्साकस्सी चलिरहेका बेला आज बस्न लागेको संवैधानिक परिषद्को बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको...
-
आज बागमती प्रदेशमा सार्वजनिक बिदा
काठमाडौँ । बागमती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम गरेर मनाउँदैछ । बामगती प्रदेश सरकारले २०८१ देखि...
-
आज संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीशको सिफारिसबारे टुंगोमा पग्ने प्रयास
काठमाडौँ । सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक परिषद्को बैठक आज बस्दैछ । संवैधानिक परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री...
-
मन्त्री सीता वादी र नेपालका लागि चीनका राजदूत चाङ माओमिङबीच भेटघाट
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङले शिष्टाचार भेट गरेका...
-
संविधान संशोधन कार्यदलद्वारा पूर्वमहान्यायाधिवक्तासँग छलफल
काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ता तथा कानुन क्षेत्रका विज्ञहरुसँग परामर्श गरेको छ ।...
-
बिहीबार संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश बन्न दुई जनाको विशेष दाैड
काठमाडाैं । बिहीबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी तीब्र बनेको छ। संवैधानिक परिषद्ले पूर्णता पाएपनि आफूअनुकुलको निर्णय गर्न अध्यादेश ल्याएको...
-
संसदीय समितिमा पत्रकारलाई कडाई गर्ने दाउमा सभामुख अर्याल, पहुँच सिमित गर्ने तयारी तीब्र
काठमाडाैं । संसदीय समितिको बैठकमा पत्रकारहरुको पहुँच सिमित पार्ने विषयमा सभामुख डिपी अर्यालले छलफल थालेका छन्। पत्रकाहरुलाई कसरी पहुँच दिने...
-
रास्वपाकाे सचिवालयको बैठक बस्दै
काठमाडौं । विभिन्न समसामयिक विषयमा छलफल गर्नका लागि आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।सो पार्टीका...












