सलाम एयरले आजदेखि ओमन–काठमाडौँ सिधा उडान सुरु
काठमाडौं २६,भदाै । सलाम एयरले सोमबारबाट काठमाडौँ-मस्कट रुटमा नियमित उडान सुरु गरेको गरेको छ। यस एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) आइएमई इन्टरनेशनल ट्राभलले गर्नेछ। आइएमई ट्राभल आइएमई ग्रुपद्वारा प्रवर्द्धित संस्था हो।
काठमाडौंमा-मस्कट रुटमा एकतर्फी भाडा १६ हजार रुपैयाँ तोकिएको छ।
वैदेशिक रोजगारीमा गएका नेपाली युवालाई लक्षित गर्दै कम्पनीले सुपथ मूल्यमा टिकट दर लागू गरेको आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।
‘नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउनका साथै विदेशमा कार्यरत नेपालीलाई सुपथ मूल्यमा हवाई सुविधा दिने उद्देश्यले हामीले ओमानको बजेट एयरलाइन्स सलाम एयरसँग सहकार्य गरेका हौँ,’ ढकालले भने।
मध्यपूर्वी मुलुकमा रहेका नेपालीले आवतजावतका लागि सम्पर्क गर्न सुरु गरिसकेको उनले जानकारी दिए।
कम्पनीले निकट भविष्यमा आन्तरिक र वाह्य क्षेत्रको उडान विस्तार गर्दै लाइट, फ्रेन्ड्ली र फ्लेक्सी गरी तीन प्रकारका हवाई शुल्क निर्धारण गर्ने योजना रहेको ढकालले बताए। कुनै पनि गन्तब्यमा १० पटक यात्रा गर्ने यात्रुले कम्पनीको एउटा हवाई टिकट निशुल्क पाउने योजना ल्याएको पनि कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार आइएमई ग्रुपद्वारा सञ्चालित थानकोटस्थित चन्द्रागीरी हिल्समा सलाम एयरबाट आउने सबै ग्राहकले २५ प्रतिशत छुट पाउन सक्नेछन् भने पहिलोपटक ओमानबाट नेपाल आउने यात्रुले उपहार स्वरुप ५० प्रतिशत छुट पाउन सक्नेछन्। यसका लागि यात्रुले चन्द्रागिरी हिल्सको काउन्टरमा एयरलाइन्सको बोर्डिङ पास अनिवार्य देखाउनुपर्ने प्रावधान रहेको छ।
‘आजबाट सलाम एयरमार्फत नेपालमा नियमित उडान सुरु गर्न पाउँदा खुसी लागेको छ। अहिले हामीसँग एक सय ७४ सिटे पाँचवटा न्यारोबडी जहाज छन्। अर्को वर्ष पाँचवटा थप्दै निकट भविष्यमा २० वटा जहाज थप्ने योजना बनाएका छौँ,’ सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदले भने, ‘ओमन-नेपालमा नियमित उडान सञ्चालनसँगै दुइतर्फी पर्यटन प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य छ।’
सलाम एयरका लागि त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलले विहान ८:०० बजेदेखि ८:४० बजेसम्मको स्लट दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए।
कम्पनीले सातवटा गन्तब्यमा साप्ताहिक १ सय १६ वटा उडान भर्दै आएको छ। कम्पनीका अनुसार हालसम्म चार लाख यात्रुले सेवा लिइसकेका छन्। कम्पनीले हाल १ सय ७४ सीटयुक्त एयरबस ए ३२० मार्फत उडान गर्दै आएको छ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











