सलाम एयरले आजदेखि ओमन–काठमाडौँ सिधा उडान सुरु
काठमाडौं २६,भदाै । सलाम एयरले सोमबारबाट काठमाडौँ-मस्कट रुटमा नियमित उडान सुरु गरेको गरेको छ। यस एयरलाइन्सको जनरल सेल्स एजेन्ट (जिएसए) आइएमई इन्टरनेशनल ट्राभलले गर्नेछ। आइएमई ट्राभल आइएमई ग्रुपद्वारा प्रवर्द्धित संस्था हो।
काठमाडौंमा-मस्कट रुटमा एकतर्फी भाडा १६ हजार रुपैयाँ तोकिएको छ।
वैदेशिक रोजगारीमा गएका नेपाली युवालाई लक्षित गर्दै कम्पनीले सुपथ मूल्यमा टिकट दर लागू गरेको आइएमइ ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।
‘नेपाल पर्यटन वर्ष २०२० लाई सफल बनाउनका साथै विदेशमा कार्यरत नेपालीलाई सुपथ मूल्यमा हवाई सुविधा दिने उद्देश्यले हामीले ओमानको बजेट एयरलाइन्स सलाम एयरसँग सहकार्य गरेका हौँ,’ ढकालले भने।
मध्यपूर्वी मुलुकमा रहेका नेपालीले आवतजावतका लागि सम्पर्क गर्न सुरु गरिसकेको उनले जानकारी दिए।
कम्पनीले निकट भविष्यमा आन्तरिक र वाह्य क्षेत्रको उडान विस्तार गर्दै लाइट, फ्रेन्ड्ली र फ्लेक्सी गरी तीन प्रकारका हवाई शुल्क निर्धारण गर्ने योजना रहेको ढकालले बताए। कुनै पनि गन्तब्यमा १० पटक यात्रा गर्ने यात्रुले कम्पनीको एउटा हवाई टिकट निशुल्क पाउने योजना ल्याएको पनि कम्पनीले जानकारी दिएको छ।
कम्पनीका अनुसार आइएमई ग्रुपद्वारा सञ्चालित थानकोटस्थित चन्द्रागीरी हिल्समा सलाम एयरबाट आउने सबै ग्राहकले २५ प्रतिशत छुट पाउन सक्नेछन् भने पहिलोपटक ओमानबाट नेपाल आउने यात्रुले उपहार स्वरुप ५० प्रतिशत छुट पाउन सक्नेछन्। यसका लागि यात्रुले चन्द्रागिरी हिल्सको काउन्टरमा एयरलाइन्सको बोर्डिङ पास अनिवार्य देखाउनुपर्ने प्रावधान रहेको छ।
‘आजबाट सलाम एयरमार्फत नेपालमा नियमित उडान सुरु गर्न पाउँदा खुसी लागेको छ। अहिले हामीसँग एक सय ७४ सिटे पाँचवटा न्यारोबडी जहाज छन्। अर्को वर्ष पाँचवटा थप्दै निकट भविष्यमा २० वटा जहाज थप्ने योजना बनाएका छौँ,’ सलाम एयरका प्रमुख कार्यकारी अधिकृत क्याप्टेन महम्मद अहमदले भने, ‘ओमन-नेपालमा नियमित उडान सञ्चालनसँगै दुइतर्फी पर्यटन प्रवर्द्धन गर्ने हाम्रो मुख्य उद्देश्य छ।’
सलाम एयरका लागि त्रिभुवन अन्तर्रराष्ट्रिय विमानस्थलले विहान ८:०० बजेदेखि ८:४० बजेसम्मको स्लट दिएको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले बताए।
कम्पनीले सातवटा गन्तब्यमा साप्ताहिक १ सय १६ वटा उडान भर्दै आएको छ। कम्पनीका अनुसार हालसम्म चार लाख यात्रुले सेवा लिइसकेका छन्। कम्पनीले हाल १ सय ७४ सीटयुक्त एयरबस ए ३२० मार्फत उडान गर्दै आएको छ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












