किमले पठाए दोस्रो भेटका लागि ट्रम्पलाई पत्र
काठमाडाैँ २६,भदाै । उत्तर कोरियाली नेता किम जोङ उनले दोस्रो भेटका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पलाई पत्र पठाएका छन्।
ह्वाइट हाउसकी प्रवक्ता सारा स्यान्डर्सले पत्र निकै हार्दिक र सकारात्मक रहेको बताएकी छन्।
‘पत्रको मुख्य उद्देश्य अमेरिकी राष्ट्रपतिसँग अर्को भेटका लागि अनुरोध हो। जुन विषयमा हामी खुला छौं र त्यसको प्रक्रियाको तयारी गरिरहेका छौं,’ स्यान्डर्सले भनिन्।
स्यान्डर्सले कोरियन प्रायद्वीपमा अनआणविकीकरण गर्न उत्तरको निरन्तर प्रतिवद्धता देखिने बताइन्।
उनले आइतबार प्योङयाङमा भएको लामो दूरीको क्षेप्यास्त्र नदेखाएर भएको सैन्य परेड पनि सद्भावको संकेत भएको बताइन्।
आइतबार उत्तर कोरियाले आफ्नो ७० औं स्थापना दिवस मनाएको थियो। जसमा क्षेप्यास्त्र प्रदर्शन गरिएको थिएन। त्यो सैन्य परेडको राष्ट्रपति ट्रम्पले पनि प्रंशसा गरेका थिए।
यसअघि गत जेठमा पहिलो पटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताको भेट भएको थियो। सिंगापुरमा भएको भेटमा दुई देशले चार बुँदे समझदारी गरेका थिए।
उक्त समझदारीमा दुबै देशले जनताको शान्ति र समृद्धिको चाहनाअनुरूप नयाँ सम्बन्ध स्थापना गर्न प्रतिबद्धता जनाएका थिए।
कोरियाली प्रायद्वीपमा दीर्घकालीन र स्थिर शान्ति कायम गर्न अमेरिका र उत्तर कोरियाले संयुक्त प्रयास गर्ने पनि समझदारी भएको थियो।
समझदारीमा उत्तर कोरियाले २०१८ अप्रिल २७ मा दक्षिण कोरियासँग पान्मुन्जोम घोषणा दोहोर्याउँदै कोरियाली प्रायद्वीपमा आणविक निशस्त्रीकरणका लागि प्रतिबद्ध जनाएको छ
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












