माल्दिभ्सलाई हराउँदै फाइनल पुग्ने गोल्डेन दाउमा नेपाल
काठमाडाैँ २६,भदाै । साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले भोलि बुधबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा माल्दिभ्सलाई पराजित गर्दै पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने नेपालको लक्ष्य छ ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले नेपालले बुधबार इतिहास रच्ने बताए । ‘दिनैपछि सुधार गरिरहेका छौं अर्को कुरा भनेको हाम्रो बेन्च खेलाडीले पनि राम्रो प्रदर्शन गरिरहेका छन्’ मंगलबार प्रि-म्याच कन्फ्रेन्समा बोल्दै बालगोपालले भने ।
नियमित कप्तान विराज महर्जनले समूह चरणको पहिलो खेल खेलेपछि टिममा सुधार आएको बताउँदै माल्दिभ्सविरुद्ध आत्मविश्वासका साथ खेल्ने बताए । उनले भने, ‘समूह चरणमा नेपालले ती खेल खेल्यो । निकै राम्रो भइरहेको छ ।’
साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रुपमा बलियो देखिएको छ तर, माल्दिभ्स पनि कमजोर टिम होइन । माल्दिभ्सका मुख्य प्रशिक्षक सिग्रेड पिटर हार्भास्कोले नेपाल बलियो टिम भएपनि जित हात पार्दै फाइनलमा पुग्ने बताए ।
इतिहास माल्दिभ्सको पक्षमा
नेपाल र माल्दिभ्स अहिलेसम्म १५ पटक भेट भइसकेको छ, जसमा नेापलले चार खेल मात्र जितेको छ । ४ खेलमा बराबरी खेलेको नेपालले ७ खेलमा हार ब्यहोरेको छ ।
साफ च्याम्पियनसिप फुटबलमा भने नेपाल र माल्दिभ्सबीच ६ पटक भेट भएको छ, जसमा नेपालले कुनै खेलमा जित हात पार्न सकेको छैन । २ खेलमा बराबरी खेलको नेपालले बाँकी ४ खेलमा माल्दिभ्सलाई नतिजा सुम्पेको छ ।
साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्सको पहिलो पटक भेट सन् १९९९ मा भएको थियो ।
समूह चरणको खेलमा नेपाल माल्दिभ्ससँग ३-२ गोलअन्तरले पराजित भएको थियो । यही प्रतियोगिताको तेस्रो स्थानको लागि नेपाल माल्दिभ्ससँग २-० गोलले पराजित भएको थियो । २००३ मा बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिपमा पनि नेपाल माल्दिभ्ससँग ३-२ गोलअन्तरले नै पराजित भएको थियो ।
सन् २००८ मा माल्दिभ्स र श्रीलंकाले संयुक्त रुपमा आयोजना गरेको साफ च्याम्पियनसिप फुटबलको समूह चरणमै नेपाल माल्दिभ्ससँग ४-१ गोलअन्तरले पराजित भएको थियो । सन् २००९ र २०११ मा भएको साफ च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग समान १-१ गोलको बराबरीमा रोकिएको थियो
Comments
अरु समाचार
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...
-
स्पेनसँग पराजित भएसँगै रोनाल्डोको विश्वकप यात्रा सकियो
काठमाडौं: विश्व फुटबलका महान खेलाडीमध्ये एक मानिने क्रिस्टियानो रोनाल्डोको विश्वकप यात्रा अन्ततः उपाधिविहीन रूपमा समाप्त भएको छ। पोर्चुगल स्पेनसँग १–०...
-
विश्वकप: ब्राजिल २-१ ले पराजित, नर्बे क्वार्टरफाइनलमा
काठमाडौं । पाँच पटकको विश्व विजेता ब्राजिललाई २–१ ले स्तब्ध पार्दै नर्वे पहिलो पटक फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ।...
-
विश्वकप: केब भर्डेलाई पराजित गर्दै अर्जेन्टिना अन्तिम १६ मा
काठमाडौँ — आत्मघाती गोल नै निर्णायक बनेपछि डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले केप भार्डेको बहादुरीपूर्ण चुनौती अतिरिक्त समयमा ३–२ ले समाप्त पार्दै...












