साफ च्याम्पियनसिप: नेपाल र माल्दिभ्स आज भिड्दै
काठमाडाैँ २७,भदाै । बंगलादेशमा भइरहेको साफ च्याम्पियनसिप अन्तर्गत आज दुबै सेमिफाइनल खेल हुँदैछन।
पहिलो सेमिफाइनलमा दिउँसो नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ भने दोस्रो सेमिफाइनल भारत र पाकिस्तानबीच हुनेछ।
ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा हुने नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार ३:४५ बजे हुनेछ। नेपाल समूह ए को विजेता तथा माल्दिभ्स समूह बी को उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्।
अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न नसकेको नेपाल माल्दिभ्सलाई हराउँदै पहिलोपटक फाइनल पुग्ने योजनामा छ। उता सन् १९९७ देखि साफ खेल्न सुरु गरेको माल्दिभ्सले यसअघिका सबै संस्करणको सेमिफाइनल खेलेको छ। माल्दिभ्सले सन् २००८ मा उपाधि जितेको थियो।
अर्को तथ्य के हो भने साफमा नेपालले अहिलेसम्म माल्दिभ्सलाई हराउन सकेको छैन। तर यो पटक नेपाली टोलीले पहिलो खेल हारेर पनि उत्कृष्ट प्रदर्शन गर्यो। सही समयमा पुनरागमन र सही समयमा गोल गर्न सक्ने खुबी नेपाली टोलीले यस पटक देखाएको छ। तीन टिममात्र भएको समूहमा माल्दिभ्सले कुनै खेल जित्न सकेन भने कुनै गोल नै नगरी अन्तिम चारमा स्थान बनाएको हो। श्रीलंकासँग समान अंक भएपछि टसमा भाग्यमानी बन्दै माल्दिभ्सले नेपालसँगको सेमिफाइनल भेट पकका गरेको थियो।
समूह चरणमा नेपालले दुई खेलमा जित र एक हारको नतिजा निकाल्दा नेपालले ७ गोल गरिसकेको छ र नेपाल सर्वाधिक गोल गर्ने टोली समेत हो। नेपालका ६ फरक खेलाडीले गोल गर्दा विमल घर्ती मगरले दुई गोल गरिसकेका छन्।
यसले नेपालको जुनसुकै खलाडी पनि गोल गर्न सक्षम छन् भन्ने देखाएको छ।
साफ सुरु हुनुअघि नेपालका प्रशिक्षक बालगोपाल महर्जनले नेपालको लक्ष्य पहिले सेमिफाइनल र त्यसपछि उपाधि भएको बताएका थिए। पाकिस्तानसँग पहिलो खेल हार्दा समेत नआत्तिएका बालगोपालले बाँकी दुवै खेल जितेर सेमिफाइनल पुग्ने आत्मविश्वास देखाएका थिए।
Comments
अरु समाचार
-
यूएईविरुद्धको खेलमा नेपालले हासिल गर्यो ६ रनको रोमाञ्चक जित
काठमाडौं । लिग २ अन्तरगत शुक्रबार भएको यूएईविरुद्धको म्याचमा नेपालले ६ रनको रोमाञ्चक जित हात पारेको छ। अन्तिम बलसम्म पुगेको...
-
‘वुमेन्स च्यालेन्ज ट्रफी’ का लागि इन्दुको कप्तानीमा घोषणा भयो टोली
काठमाडौंँ । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली महिला टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले इन्दु वर्माको कप्तानीमा...
-
करण केसीलाई एक खेलमा प्रतिबन्ध, १०० प्रतिशत ‘म्याच फी’ जरिवाना
काठमाण्डाै – नेपाल क्रिकेट सङ्घ (क्यान) ले राष्ट्रिय टोलीका अलराउन्डर करण केसीलाई कारबाही गरेको छ ।सामाजिक सञ्जालमार्फत खेल भावना विपरीत...
-
आईपीएल क्रिकेटमा हैदरावादले कोलकातालाई ६५ रनले हरायो
काठमाण्डौ। इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सन्राइजर्स हैदराबादले कोलकाता नाईट राइडर्सलाई हराएको छ । गएराति भएको खेलमा हैदरावादले कोलकातालाई ६५...
-
बार्सिलोनासँग ३–० ले पराजित भए पनि एथ्लेटिको म्याड्रिड कोपा डेल रे फाइनलमा
म्याड्रिड। एथ्लेटिको म्याड्रिड बार्सिलोनाविरुद्ध कोपा डेल रे सेमिफाइनलको दोस्रो लेगमा ३–० ले पराजित भए पनि समग्रमा ४–३ को अग्रता कायम...
-
नामिबियालाई हराउँदै पाकिस्तान टी–२० विश्वकपकाे ‘सुपर–एट’ मा
काठमाण्डाै – नामिबियालाई हराउँदै पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटकाे ‘सुपर–एट’ मा पुगेकाे छ । श्रीलङ्काकाे काेलम्बाेमा आज भएकाे समूह ‘ए’...
-
टी–२० विश्वकपमा नेपालको सान्त्वना जीत, स्कटल्याण्ड ७ विकेटले पराजित
काठमाडौं । दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालले टी–२० विश्वकप क्रिकेटमा स्कटल्यान्डलाई ७ विकेटले हराएको छ । दीपेन्द्रले लगातार दोस्रो खेलमा पनि...
-
टी–२० विश्वकप: आज नेपाल र स्कटल्यान्ड भिड्दै
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले आज आफ्नो चौथो तथा अन्तिम खेलमा स्कटल्यान्डसँग खेल्दैछ । खेल भारतको मुम्बईमा रहेको...
-
रोहित पौडेलले स्वीकारे गल्ती, भने –इटालीसँगको भिडन्तमा राम्रो ब्याटिङ गर्न सकिएन
काठमाडौं । नेपाली क्रिकेट टोलिका कप्तान रोहित पौडेलले बिहीबारको खेलमा नेपालले राम्रो ब्याटिङ नसकेको स्वीकार गरेका छन् । खेलपछि संक्षिप्त...












