चीनबाट फर्किए सभामुख महरा, भ्रमण उपलब्धिमूलक
काठमाडौं २७,भदाै । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण फलदायी रहेको बताएका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औंपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ आफ्नो तिब्बत भ्रमण फलदायी र निकै उपलब्धिमूलक रहेकोे बताएका हुन् ।
उनले आफ्नो तीब्बत भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे ।
सभामुख महराले तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरिरहेको पनि बताए ।
तिब्बत सरकारका प्रमुखसँगको भेटमा तातोपानी नाका खुलाउने विषयमा पनि छलफल भएको र छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको सभामुख महराको भनाई छ ।
सभामुख महराले तातोपानी नाका खुलाउन तत्कालका लागि तातोपानी नाकामा अस्थायी पूलको व्यवस्था भईरहेको पनि जानकारी दिए ।
गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत प्रस्थान गरेका सभामुख महराले त्यहाँ आयोजित ‘चौंथो चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा भाग लिएका थिए ।
त्यसैगरी उनले तिब्बत बसाईको क्रममा तिब्बत सरकारका प्रमुखसँग द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।
सभामुख महराले सोही भ्रमणको क्रममा ल्हासास्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास पनि गरे ।
भवन पूरानो भएकाले नयाँ भवन निर्माणको शिलान्यासको कार्यक्रममा पनि आफू सहभागी भएको सभामुख महराले जानकारी दिए ।
यसैगरी सभामुख महराले सोही कन्सुलर भवनबाट तातोपानी र रसुवागढीमा निर्माण गर्न लागिएको चीन– नेपाल नाका पुलको पनि शिलान्यास गरेका थिए ।
उनले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’ को बैठकलाई पनि सम्बोधन गरेका थिए ।
सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्तिमाया तामाङ, नेपाली काँग्रेसकी सांसद रङमति शाही, संघीय समाजवादी फोरम, नेपालकी उमाशंकर अरबरिया, राष्ट्रिय जनता पार्टी नेपालकी एकवल मियाँ र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी भएका थिए ।
Comments
अरु समाचार
-
रास्वपा जिल्ला उपसभापति नै कांग्रेस प्रवेश
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की जुम्ला जिल्ला उपसभापति तारा शाहीले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
निर्वाचन ३१ दिन बाँकी : प्रत्यक्षतर्फको ३० लाख मतपत्र छापियो
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ ।...
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...











