चीनबाट फर्किए सभामुख महरा, भ्रमण उपलब्धिमूलक
काठमाडौं २७,भदाै । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले आफ्नो चीनको स्वशासित क्षेत्र तिब्बत भ्रमण फलदायी रहेको बताएका छन् ।
चीनको स्वशासित क्षेत्र तिब्बतको ५ दिने औंपचारिक भ्रमण पूरा गरी बुधबार स्वदेश फर्किएका उनले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ आफ्नो तिब्बत भ्रमण फलदायी र निकै उपलब्धिमूलक रहेकोे बताएका हुन् ।
उनले आफ्नो तीब्बत भ्रमणले नेपाल–चीनबीचको सम्बन्ध अझै सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे ।
सभामुख महराले तातोपानी नाका छिट्टै खुलाउने गरी चीनले आन्तरिक तयारी गरिरहेको पनि बताए ।
तिब्बत सरकारका प्रमुखसँगको भेटमा तातोपानी नाका खुलाउने विषयमा पनि छलफल भएको र छिट्टै खुलाउने गरी आन्तरिक तयारीको कामलाई अघि बढाइएको तिब्बत सरकारले जानकारी दिएको सभामुख महराको भनाई छ ।
सभामुख महराले तातोपानी नाका खुलाउन तत्कालका लागि तातोपानी नाकामा अस्थायी पूलको व्यवस्था भईरहेको पनि जानकारी दिए ।
गत शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै तिब्बत प्रस्थान गरेका सभामुख महराले त्यहाँ आयोजित ‘चौंथो चीन–तिब्बत पर्यटन तथा सांस्कृतिक प्रर्दशनी’ को उद्घाटन समारोहमा भाग लिएका थिए ।
त्यसैगरी उनले तिब्बत बसाईको क्रममा तिब्बत सरकारका प्रमुखसँग द्धिपक्षीय हितका विषयमा छलफल गरेका थिए ।
सभामुख महराले सोही भ्रमणको क्रममा ल्हासास्थित नेपाली कन्सुलर कार्यालयको शिलान्यास पनि गरे ।
भवन पूरानो भएकाले नयाँ भवन निर्माणको शिलान्यासको कार्यक्रममा पनि आफू सहभागी भएको सभामुख महराले जानकारी दिए ।
यसैगरी सभामुख महराले सोही कन्सुलर भवनबाट तातोपानी र रसुवागढीमा निर्माण गर्न लागिएको चीन– नेपाल नाका पुलको पनि शिलान्यास गरेका थिए ।
उनले ‘ट्रान्स हिमालय बेल्ट एण्ड रोड इन्टरनेशनल कोअपरेशन फोरम’ को बैठकलाई पनि सम्बोधन गरेका थिए ।
सभामुख महराको भ्रमण टोलीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्तिमाया तामाङ, नेपाली काँग्रेसकी सांसद रङमति शाही, संघीय समाजवादी फोरम, नेपालकी उमाशंकर अरबरिया, राष्ट्रिय जनता पार्टी नेपालकी एकवल मियाँ र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल सहभागी भएका थिए ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












