लेखा समितिले माग्यो वाइडबडीको कागजात
काठमाडाैँ २८,भदाै । नेपाल वायुसेवा निगमले पहिलोपटक खरिद गरेको दुई थान वाइडवडी जहाजमा अनियमितताको चर्चा भएपछि संसदको सार्वजनिक लेखा समितिले यसमा छानबिन गर्ने भएको छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र लेख्दै बिहीबारसम्ममा यससँग सम्बन्धित सबै कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।
निमगले एयरवस ३३०–२०० सिरिजका २ वटा वाइडबडी जहाज खरिद गरेको छ । यी जहाज खरिद प्रक्रियामा अनियमितताको आशंका गर्दै विभिन्न सञ्चारमाध्यममा समाचार आएपछि समितिले खरिदसँग सम्बन्धित कागजात उपलब्ध गराउन पत्र काटेको हो ।
“हामीले वाइडबडी जहाज खरिद प्रक्रियाको विषयमा छानबिनका लागि सबै कागजपत्र मगाएका छौं,” लेखा समितिका सचिव रोजनाथ पाण्डेले भने । मन्त्रालयलाई तीन दिनको समय दिएर सोमवार पत्र काटिएको र बिहीबार साँझ पाँच बजेसम्म समितिको सचिवालयमा सवै काजगपत्र बुझाउन समय दिइएको समेत सचिब पान्डेले जानकारी दिए ।
निगमको पहिलो एयरबस ३३०–२०० सिरिजको अन्नपूर्ण नाम दिइएको जहाज जेठमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो भने सोही सिरिजको मकालु नाम दिइएको दोस्रो जहाज पनि गत असारमा आइपुगेको थियो ।
जहाज खरिद तथा इन्जिनका वारेन्टीका विषयमा धेरै विषयहरू बाहिर आएपछि समितिका सदस्यको मागबमोजिम सबै डकुमेन्ट मगाइएको सचिव पान्डेले जानकारी दिए । समितिले विस्तृत अध्ययन र छानबिनपछि जवाफका लागि सम्बन्धित निकायका प्रतिनिधिहरूलाई बोलाउने उनले जानकारी दिए ।
निगमले दुई थान वाइडबडी जहाज २० करोड ८० लाख १६ हजार डलर अर्थात २२ अर्व ६३ करोड रुपैयाँमा खरिद गरेको हो । दुई थान वाइडबडी जहाज खरिदपछि निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि ५ वटा जहाज छन् ।
जहाज खरिद सम्झौतामा नयाँ जहाजको इन्जिन तथा स्पेयर्स पार्ट्सको वारेन्टी र ग्यारेन्टी कति समय हुने विषय नै उल्लेख नगरेका विषयदेखि खरिदमा अनियमितता भएका विषयसमेत सार्वजनिक भएपछि सार्वजनिक लेखा समितिले चासो दिएको हो । निगमले दुई थान एयरवस ३३०–२०० सिरिजको वाइडबडी जहाज मार्फत नेपाल चीन विभिन्न शहर सहित दक्षिण कोरिया, जापान, साउदी अरबलगायत लामो दूरीमा उडान गर्ने लक्ष्य राख्दै जहाज खरिद गरेको हो ।
अर्थले ५ अर्ब नदिने
निगमले ६ वटा ट्वीनअटर विमान खरिदका लागि सरकारसँग ५ अर्ब रुपैयाँ मागे पनि अर्थ मन्त्रालयले भने तत्काल दिन नसकिने जनाएको छ । निगमले चुक्ता पुँजीमा रहने गरी ५ अर्ब रुपैयाँ उपलब्ध गराउन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत अर्थमा माग गरेको थियो ।
पर्यटनले पठाएको उक्त प्रस्ताव अर्थले भने अस्वीकार गरेको हो । अर्थमन्त्री डा. युवराज खतिवडाले चैतसम्म उक्त रकम उपलब्ध गराउन नसकिने जवाफ दिएको पर्यटन स्रोतले जानकारी दिएको छ । अर्थले सहमति नदिएपछि ट्वीनअटर विमान खरिद रोकिने भएको छ । निगमले कम्पनीको चुक्ता पुँजी २० अर्ब पु-याउने भन्दै त्यसैअन्तर्गत पहिलो चरणमा ५ अर्ब माग गरेको थियो । निगमको चुक्तापूँजी हाल ३६ करोड रुपैयाँमात्रै छ ।
Comments
अरु समाचार
-
आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर...
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...











