डाक्टरले क्षतिपूर्ति तिर्न नपर्ने गरी जन-स्वास्थ्य विधेयक पास,सरकारी खर्चमा विदेशमा उपचार बन्द
काठमाडाैँ २९,भदाै। संसदबाट जनस्वास्थ्य विधेयक आज पारित भएको छ। विधेयक पारित भएसँगै अब सरकारी कर्मचारी तथा नागरिकले सरकारी खर्चमा विदेशमा उपचार गर्न पाउने छैनन्। त्यस्तै डाक्टरहरूले औषधि सिफारिस गर्दा जेनेरिकमा सिफारिस गर्नुपर्नेछ। स्वदेशी औषधिको हकमा भने २ वर्ष ब्राण्डमा र २ वर्षपछि अनिवार्य रूपमा जेनेरिकमा लेख्नुपर्ने उल्लेख छ। लापरबाही वा हेलचेक्रयाइ भएर बिरामीको अंगभंग अथवा मृत्यु भए डाक्टरहरूले क्षतिपूर्ति तिर्नुपर्ने छैन।
डाक्टरहरूको आन्दोलनको कारण समितिले डाक्टरहरूले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हटाएको हो। यसअघि डाक्टरले उपचार गर्दा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति गर्नुपर्ने व्यवस्था विधेयकमा थियो।
संशोधनसहित संसदको शिक्षा तथा स्वास्थ्य समितिले संसदमा पेश गरेको विधेयक संसदबाट पारित भएको हो। जनस्वास्थ्य विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेपछि ऐनको रूपमा कार्यन्वयनमा आउने छ।
प्रचलित कानुनमा जे लेखिएको भए पनि कुनै पनि व्यक्तिलाई विदेशमा उपचार गर्नुपर्दा सरकारले खर्च नब्योहोर्ने प्रावधान राखिएको छ। समितिले संशोधनसहित यो प्रावधान राखेपछि संसदले पारित गरेको हो।
सरकारी कोषबाट वर्तमान तथा भूतपूर्व भिआइपीहरुले विदेशमा उपचार गर्दै आइरहेका थिए। उनीहरूको सम्पूर्ण उपचार खर्च सरकारले आर्थिक सहयोग गर्दै आएको थियो।
जनस्वास्थ्य विधेयकमा गगन थापाले स्वदेशमा उपचार नगरी आफू खुसी विदेशमा उपचार गराउने कुनै पनि व्यक्ति, वर्तमान तथा पूर्व विशिष्ट लगायतलाई कुनै पनि निकायबाट कुनै पनि नाममा सरकारले उपचार खर्च वा आर्थिक सहायता उपलब्ध गराउने छैन भन्ने संशोधन दर्ता गरेका थिए। थापाको प्रस्तावलाई थप स्पष्ट र विस्तारित गर्दै समितिले अघि बढाएको विधेयक संसदले पारित गरेको हो।
गगन थापा स्वास्थ्य मन्त्री हुँदा कार्यविधि बनाएर रोक्ने प्रयास गरे पनि गृह मन्त्रालय तथा अन्य विभिन्न नाममा सरकारले प्रचलित अन्य नियममा टेकेर विशिष्ट व्यक्तिलाई सहायता उपलब्ध गराउँदै आएको थियो। यसलाई रोक्न कानुनमै उल्लेख गर्नुपर्ने गगनको प्रस्ताव थियो। सोही कारण थापाले संशोधन प्रस्ताव दर्ता गराएका थिए। विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए।
त्यस्तै औषधिको सिफारिस जेनेरिक, पेटेन्ट वा ब्रान्डमा गर्ने भन्ने विषयमा विवाद हुँदै आइरहेको छ। विधेयकमा उक्त विवादलाई समाधान गर्न औषधिको सिफारिस जेनेरिकमा नै गर्नुपर्ने व्यवस्था राखिएको छ। तर, स्वदेशी औषधिको हकमा भने यो विधेयक ऐनका रूपमा कार्यान्वयनमा आएको दुई वर्षसम्म ब्रान्डमा र त्यसपछि मात्र जेनेरिकमा लेख्नुपर्ने अनिवार्य व्यवस्था राखिएको छ।
विधेयकमा ३२ जना सांसदले १ सय ९९ वटा संशोधन प्रस्ताव दर्ता गराएका थिए। समितिले संशोधनसहित पेश गरेको दफालाई संसदले पारित गरेको हो।
विधेयकको दफा २८ मा औषधिको मूल्य, प्रेस्क्रिप्सन, फार्मेसी र निःशुल्क औषधि सम्बन्धी व्यवस्था रहेको छ। उक्त दफामा रहेको औषधिको प्रेस्क्रिप्सन सम्बन्धी व्यवस्थालाई समितिले थप प्रस्ट बनाउँदै पारित गरेको हो।
दफा २८ को उपदफा १ मा ‘चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले औषधि सिफारिस गर्नुपर्दा जेनेरिक नाम लेख्नुपर्ने’ उल्लेख छ। समितिले स्वदेशी उत्पादकलाई उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन केही समय दिने उद्देश्यले उपदफा २ मा ‘उपदफा १ मा जुनसुकै कुरा लेखिएको भएता पनि गुणस्तरीय स्वदेशी उत्पादनको हकमा यो दफा प्रारम्भ भएको मितिले दुई वर्षभित्र उपदफा १ बमोजिम हुने गरी कार्य गर्नुपर्ने छ’ भन्ने व्यवस्था राखेको छ।
त्यस्तै सरकारले प्रस्ताव गरेको मूल विधेयकमा लापरबाही वा हेलचेक्र्याइँपूर्वक उपचार भई बिरामीमा नकारात्मक असर पार्ने कार्यलाई कसुरमा राखेको थियो। दफा ४७ को खण्डको प्रस्तावित व्यवस्था प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हटाएको हो। समितिले हटाएकै अनुसार विधेयक संसदबाट पास भएपछि चिकित्सकहरूले क्षतिपूर्ति तिर्नु नपर्ने भएको हो।
मूल विधेयकले खण्ड (ख) बमोजिम कसुर गर्नेको हकमा कसुर गर्ने स्वास्थ्यकर्मी वा स्वास्थ्य संस्थालाई ५० हजार रुपैयाँदेखि एक लाखसम्म जरिवाना गराई त्यस्तो रकम पीडितलाई दिने उल्लेख थियो।
यस्तै विधेयकले सरकारी अस्पतालमा काम गर्ने चिकित्सकले सम्बन्धित संस्थाको अनुमति बिना अन्यत्र काम गर्न नपाउने व्यवस्था गरेको छ। सम्बन्धित संस्थाले अनुमति दिएको हकमा भने काम गर्ने छुट दिइएको छ।
नयाँ मुलुकी संहिता लागू भएपछि लापरबाही तथा हेलचेक्र्याइँका कारण बिरामीमा ज्यान गएमा जन्मकैद सरह कारबाही हुने व्यवस्था छ। उक्त व्यवस्था संशोधनका लागि चिकित्सकले विभिन्न चरणमा आन्दोलन गरेका थिए। सरकार र चिकित्सकबीच उक्त प्रावधान संशोधन गर्ने भनिए पनि औपचारिक रूपमा प्रक्रिया अघि बढेको छैन।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












