जब भाँच्चिएको हात लिएर क्रिजमा फर्किए तमिम ….
काठमाडाैँ ३१,भदाै । एसिया कप क्रिकेटको पहिलो म्याचमा बंगलादेशका ब्याट्सम्यान मुस्फिकर रहिमको ब्याट खुबै चम्कियो ।
उनले बनाएको १४४ रनको मद्दतमा बंगलादेशले श्रीलंकालाई १३७ रनको विशाल अन्तरले हराएको थियो । तर, तमिम इकवालले साहस नदेखाएको भए रहिम १ सय १२ रनमै अलपत्र पर्न सक्थे भने बंगलादेश २ सय २९ रनमा समेटिन सक्थ्यो ।
ओपनिङ ब्याट्सक्यानका रुपमा आएका तमिम सुरंगा लकमलले फालेको बलले लागेर घाइते भएपछि रिटायर्ड हार्ट भएका थिए । उनको दायाँ हातको हड्डी भाँच्चिएको थियो ।
जब बंगलादेशले २ सय २९ रनको अवस्थामा नवौं विकेटका रुपमा मुस्तफिजुर रहमान आउट भएपछि रहमान निराश भए । किनकी उनलाई क्रिजमा साथ दिने कोही थिएनन् । तर, रिटायर्ड हार्ट भएका तामिम ११ विकेटमा रुपमा क्रिजमा फर्किए । रहमान आश्चर्यमा परे ।
‘उनी आउलान् भन्ने मलाई लागेको थिएन’ म्यान अफ द म्याच रहिमले भने, ‘उनी घाइते अवस्थामै क्रिजमा आए नयाँ उर्जा आयो । तमिमका लागि र देशका लागि अझै केही रन बटुल्नुपर्छ भन्ने लाग्यो ।’
तामिमले एक हातले मात्र ब्याट समाएका थिए ।
त्यही अवस्थामा उनले रहिमसँग ३२ रनको साझेदारी गर्दै बंगलदादेशलाई २ ६२ रनको बलियो स्कोरमा पुर्याए । यस क्रममा रहिमले अधिकांश स्ट्राइक आफूसँग राख्न सफल भएका थिए ।
एसिया कपबाट बाहिर
तामिम इकबालले एसिया कपका बाँकी खेल भने गुमाएका छन् । सुरंगा लकमलले फ्याकेको दोस्रो बलले लागेर इकबालको नाडीको हड्डी फुटेको थियो । त्यसपछि उनी रिटायर्ड हार्ट हुन बाध्य भएका थिए । यद्यपि, उनी अन्तिम विकेटको रुपमा पुन क्रिजमा फर्केका थिए ।
इकबाल एकदिवसीय क्रिकेटमा बंगलादेशका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन् । उनलाई गुमाउँदा बंगलादेशको उपाधि होडमा धक्का लागेको छ ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











