यसरी गर्जिए गगनःसोच र क्षमतामै बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?
काठमाडौं ३१,भदाै । नेपाली कांग्रेसका सांसद गगन थापाले गृहमन्त्री रामबहादुर थापा बादलको सोच र क्षमतामा नै प्रश्न लागेको बताउँदै उनको कार्यक्षमतामाथि प्रश्न उठाएका छन् ।
प्रतिनिधिसभाको शनिबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले गृहमन्त्रीका पटक पटकका गल्तीमा पनि आफूहरु नबोलेको तर पछिल्लो समयमा निर्मला पन्तको जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्र जोगाउन लागिरहँदा पनि गृहमन्त्रीलाई कुनै ग्लानीबोध नहुनु दुखद भएको बताए ।
शून्य समयमा थापाले राखेका धारणा यस्तो थियो –
ठूलो माछा पक्रन सक्नुभएन हामी बोलेनौं । कामचोर व्यवसायीलाई कानुन नै नबनाइ पक्रनुभयो आफैं छोड्नुभयो हामी बोलेनौं । डा. भोजराजलाई ट्रमा सेन्टरबाट उठाउनुभयो हामी बोलेनौं । लेनिन विष्टलाई विमानस्थलमा रोक्नुभयो, पत्रकार शम्भु श्रेष्ठ र राजु बस्नेतलाई प्रहरी लगाउनुभयो हामी बोलेनौं । हामीलाई लाग्यो गृहमन्त्री बादल मान्छे त ठिकै हो क्षमतामा बादल लागेको मात्रै होला । तर हिजो हामी जब बोल्यौं हामीले थाहा पायौं ।
युद्ध वा शान्ति दुवैको नियमसँग नमिल्ने आफ्नो हिरासतमा राममनोहर यादव मारिँदा हामी निर्मला पन्तलाई जघन्य अपराध गर्ने पापीहरुलाई आफ्नै संयन्त्र जोगाउन लागिरहँदा ग्लानीबोध नभएको गृहमन्त्रीको क्षमतामा मात्रै होइन रहेछ बादल लागेको । बादल त गृहमन्त्रीजीको सोचमा लागेको रहेछ । सम्माननीय सभामुख महोदय,सोच र क्षमतामै बादल लागेको गृहमन्त्री हामीलाई चाहिन्छ र ?
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












