डा. भट्टराईलाई कालोझण्डा देखाउने ,यी हुन् नक्कली माअोवादी पीडितहरू
काठमाडाैँ १,असोज । पूर्ब प्रधानमन्त्री तथा नयाँशक्ति पार्टीका नेता डा. बाबुराम भट्टराईलाई शनिबार अमेरिकाको ड्यालस स्थित एक कार्यक्रममा सहभागि हुन जादै गर्दा केही नक्कली माअोवादी पीडितले कालोझण्डा देखाएका छन् ।
अाफूलाइ माअोवादी पीडित भएको दावी गर्दै आएका मध्ये एक भारतीय नागरिक दिनेश शर्मा लगायतका केहि युवाले नेपालका पूर्ब प्रधानमन्त्रीलाइ कालोझण्डा देखाएका हुन । मावली नेपालको धरानमा भएपनि उनी जन्मेको र हुर्केको भारतको मुम्बइ शहर हो । मुस्किलले नेपाली शव्द बोल्ने शर्मा टेक्ससमा अाफूलाइ ठूलै कांग्रेसी नेता हुँ भन्दै दावी गर्छन् । तर उनी नेपालको नागरिक समेत होइनन् ।
त्यस्तै तरुण दल अमेरिकाको अध्यक्ष बताउने तर ड्यालसको नेपाली समुदायमा असाध्यै भाँड पात्रका रूपमा चिनिएका ओम भट्टराई, सन्तोष बिष्ट, भरत अर्याल, साजन मुल्मी, विकास उप्रेती लगायत व्यक्तिहरुको अगुवाईमा डा. भट्टराई विरुद्ध नारा लगाउँदै कालोझण्डा देखाइएको थियो । जनसम्पर्क समिति अमेरिका नेपालको राजनीतिक दल नेपाली कांग्रेस निकटहरुको संस्था हो ।
जनसम्पर्क समिति अमेरिकाका महत्वपूर्ण पदमा रहेका पदाधिकारीहरु पनि कार्यक्रमस्थलमै उपस्थित थिए । तर उनीहरु भने डा. भट्टराईलाई कालोझण्डा देखाएर विरोध गर्ने कार्यक्रममा सहभागी भएनन् ।
डा. भट्टराई विरुद्ध नारा लगाउँदै विरोध गरिएको प्लेकार्ड समेत उनीहरुले बोकेका थिए । उनीहरुले विरोध गरिरहँदा भट्टराई र नयाँशक्ति पार्टीकी नेतृ हिसिला यमी कार्यक्रमस्थलमा चुपचाप प्रवेश गरेका थिए ।
डा. भट्टराई विरुद्धको कालोझण्डा देखाउने र विरोध कार्यक्रममा जनसम्पर्क समितिकै नेताहरुको असहमति रहेको बुझिएको छ । सोही कारण च्याप्टर सभापति ज्ञानेन्द्र कार्की लगायतका नेताहरु कार्यक्रममै उपस्थित भएनन् भने भित्र हलमा डा. भट्टराईका धारणा सुन्न उपस्थित जनसम्पर्कका नेताहरु समेत बाहिर निस्किएनन् ।
जनसम्पर्क समितिका पदाधिकारीहरु भित्र अन्तरकृयामा डा. भट्टराईसँग बिभिन्न विषयमा जिज्ञासा राखेर सहभागी भएका थिए । कार्यक्रमपछि केही पदाधिकारीहरु डा. भट्टराई बसेको हायात होटलमा गएर छलफल गर्नुका साथै कालोझण्डा देखाउने प्रवृत्ति ठीक नभएको र आफ्नो संगठनको सहमति नभएको जानकारी भट्टराईलाई दिएका थिए ।
तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सम्पन्न वृहद शान्ति सम्झौतामा पनि द्वन्द्वकालिन विषयलाई कहिँकतै नउठाउने भन्ने उल्लेख हुनुले पनि अब विगत कोट्याएर कुनै फाइदा नहुने जनसम्पर्क समितिकै नेताहरुको धारणा छ ।
पूर्ब प्रधानमन्त्री तथा माओवादी छाडेर हाल नयाँशक्ति पार्टी मार्फत राजनीति गर्दै आएका डा. भट्टराई जस्तो व्यक्तिलाई कालोझण्डा देखाएकोमा एनआरएनले समेत दुःख व्यक्त गरेको छ । कार्यक्रम सञ्चालन गरिरहेका एनआरएन अमेरिकाका मिडिया संयोजक बाल जोशीले अभद्र व्यबहार प्रति दुःख व्यक्त गरेका थिए ।
डा. भट्टराईले भने मन्तव्यका क्रममा जुनसुकै परिवर्तन र क्रान्ति पीडादायी हुने रहेछ भन्दै व्यक्तिगत रुपमा परेको पीडाप्रति दुःख व्यक्त गरेका थिए ।
डा. भट्टराई अमेरिकामा रहेका नेपाली समुदाय तथा बिभिन्न क्षेत्रमा स्थापित अर्थविद्, योजनाकारहरुसँग नेपालको विकासका लागि के कस्तो मोडल उपयुक्त हुन्छ भन्ने बारेमा बुझ्न एक महिनाको भ्रमणका लागि आएका हुन् । उनले बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











