निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको डीपीआरमै अर्बभन्दा बढी खर्चिने तयारी
काठमाडाैँ २,असोज । प्रस्तावित निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माणका लागि १ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने तयारी भएको छ ।
सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुन लागेको यस विमानस्थलमा अनावश्यक खर्च गरेर डीपीआरको तयारी गरिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आशय पत्र आह्वानको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जिम्मा समेत दिइसकेको छ । प्राधिकरण नेतृत्व भने डीपीआरका लागि यत्रो खर्च गर्ने तयारीमा छ । जबकि पीपीपी मोडलमा जाँदा जुन कम्पनीले विमानस्थल निर्माणको जिम्मा पाउने हो सोही कम्पनीले डीपीआर तयार गर्नेछ ।
पीपीपी मोडलमा निर्माण हुँदा कम्पनीले कस्तो बनाउँदा उसलाई लगानीको प्रतिफलका हिसाबले राम्रो हुन्छ सोही अनुसारको डिजाइन बनाउँछ । सरकारले ‘साइट क्लियर’मात्र गरिदिने भएकाले अनावश्यक रुपमा डीपीआर बनाउन लागिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी पनि पीपीपी मोडलमा जाने भएकाले जुन कम्पनीले पाउने हो उसैले डीपीआर बनाउने कुरामा सहमत छन् । “हामीले पीपीपी मोडलमा जाने भनेपछि पुनः अर्को डीपीआर बनाउन मिल्दैन, यो खर्चमात्रै बढाउने कुरा हो,” मन्त्री अधिकारीले भने ।
तर, प्राधिकरण नेतृत्व भने यतिवेला डीपीआर तयार पार्ने भन्दै कम्पनी छनोटको प्रक्रियामा लागेको छ । “नयाँ डीपीआर तयार पर्ने हो भने कम्तीमा १ अर्ब रुपैयाँ खर्च हुन्छ,” मन्त्रालयका एक उच्च अधिकारीले भने । सरकारले कोरियाली कम्पनी ल्यान्डमार्क वल्र्डवाइड कम्पनी (एलएमडब्ल्लू) ले तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीएफएस) खरिद गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।
जसको लागत नेपाल सरकारलाई ६५ करोडभन्दा बढी रकम पर्दै छ । तत्कालीन समयमा ३५ करोडमा गर्ने सहमति भएपनि अहिलेसम्म सरकारले निर्णय नगरेको भन्दै कोरियाली कम्पनीले क्षतिपूर्तिसहित माग दावी गर्दै आएको छ ।
सरकारले २०६४ सालमै विमानस्थल स्वामित्व, निर्माण र हस्तान्तरण (बुट) मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन दिनको लागि एलएमडब्ल्लूलाई जिम्मा दिएको थियो । प्राधिकरणको राष्ट्रिय गौरवका आयोजना निर्देशनालयका प्रमुख प्रदिप अधिकारी भने पीपीपी मोडलमा जाने सरकारले निर्णय भए पनि आफूहरुकै अध्ययनको लागि पनि डीपीआर आवश्यक भएको तर्क गर्दछन् । “हामीले निजगढको मास्टरप्लान बनाउनु पर्दछ, विमानस्थलको प्रत्येक २०÷२० वर्षमा मास्टर प्लान बनाउने विश्वभरको चलन छ,” अधिकारीले भने ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












