यसरि चर्किदै चीन–अमेरिका ब्यापार युद्ध
काठमाडाैँ २,असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेपछि दुई आर्थिक महाशक्तिबीच जारी व्यापार युद्ध थप चर्किएको छ।
राष्ट्रपति ट्रम्पले सोमबार सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
चीनले अमेरिकी माग पूरा नगरे आगामी जनवरी १ देखि भन्सार शुल्क २५ प्रतिशत पुर्याउने पनि उनले घोषणा गरेका छन्।
अमेरिकाले आफ्नो बजारमा चिनियाँ उत्पादन र कम्पनीलाई दिएको प्रवेशसरह नै अमेरिकी उत्पादनलाई चिनियाँ बजारमा प्रवेश दिनुपर्ने माग गर्दै आएको छ।
यसअघि नै अमेरिका तथा चीनले एक अर्काका ५० अर्ब डलर बराबरका उत्पादनमा भन्सार शुल्क बढाएका थिए। अमेरिकाले ५० अर्ब डलर बराबरको चीनबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाएपछि चीनले पनि त्यति नै मुल्य बराबरको अमेरिकी आयातमा भन्सार शुल्क बढाएको थियो।
यसपालि पनि चीनले अमेरिकी शुल्कको प्रतिवाद गर्दै अमेरिकी सामानमा पनि शुल्क लगाएको खण्डमा थप २ सय ६७ अर्ब बराबरको चिनियाँ सामानमा शुल्क बढाउने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका छन्।
ट्रम्पले यसअघि नै चीनले आफ्ना माग पूरा नगरे चीनबाट आयात हुने पाँच सय अर्ब डलर बराबरका सबै सामानमा शुल्क बढाउने घोषणा गरिसकेका छन्।
अब चीनले पनि अमेरिकी सामानको आयातमा भन्सार शुल्क बढाउने अनुमान कतिपयले गरेका छन्।
अमेरिकाको चीनसँग संसारकै सबैभन्दा ठूलो ३ सय ७५ अर्ब डलरको व्यापार घाटा छ। अमेरिकाले चीनसँग अघिल्लो वर्ष ५ सय ५ अर्ब डलरको सामान खरिद गरेको थियो भने १ सय ३० अर्बको मात्र सामान चीनमा निर्यात गरेको थियो।
चीनले विदेशी कम्पनीलाई मिडिया, टेलिकम, अटोमा लगानी प्रतिबन्ध लगाउँदै आएको छ। चीनले विदेशी कम्पनीलाई आफ्ना स्थानीय कम्पनीसँग साझेदार गर्न र प्रविधि हस्तान्तरण गर्न बाध्य पार्दै आएको आरोप अमेरिकाको छ।
चिनियाँ निर्यातका लागि अमेरिका सबैभन्दा ठूलो बजार हो भने अमेरिकी सामानका लागि चीन तेश्रो ठूलो बजार हो। अमेरिकाले चीनमाथि लगाएको कतिपय भन्सार शुल्कले अमेरिकन कम्पनीलाई मार पार्नेछ। एप्पल कम्पनीले चीनमा बन्ने कतिपय आफ्ना उत्पादन अमेरिकामा महङ्गो हुने ट्रम्प प्रशासनलाई चिठ्ठी लेखेको थियो।
सो चिठीपछि एप्पलका स्मार्ट घडी लगायतका कतिपय उत्पादन अमेरिकी सरकारको नयाँ भन्सार शुल्कको सूचीबाट हटाइएका थिए। अमेरिकाले २ सय अर्बको शुल्क थप गर्ने घोषणा गरेलगत्तै चीन र हककङको स्टक मार्केट तल झरेको छ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












