प्रभु ग्रुपका अध्यक्ष भट्टचन र बैंकका कार्यकारी अधिकृत शेरचन संविधान दिवसमा विभिन्न पदकद्वारा विभूषित
काठमाडाैं ३, असोज । संविधान दिवसको अवसरमा राष्ट्रपतिद्वारा मानपदवी, अलङकार र पदकद्धारा विभुषित गर्ने विभिन्न व्यक्तिहरुको नामावली सार्वजनिक भएको छ ।
संविधान दिवसको २०७५ को अवसरमा बैंकर्स देवी प्रकाश भट्टचनलाई सुप्रवल जनसेवा श्री तृतिय र अर्का बैंकर्स अशोक शेरचन लाई प्रवल जनसेवा श्री चतुर्थ श्रेणीद्वारा सम्मान गरिने भएको हो ।
उनीहरुलाई बैंकिङ र रेमिट्यान्स क्षेत्रमा अतुलनिय योगदान पुर्याएको भन्दै नेपाल सरकारले उक्त मानपदवी दिन थालेको हो । नेपालको नीजि क्षेत्रमा उनीहरुले गरेको उल्लेखनीय योगदान र नेपाली जनतालाई गुणस्तरिय सेवा प्रदान सहजै गरेकाले उनीहरु उक्त सम्मानका पात्र बनेको जनाइएको छ ।
प्रभु म्यानेजमेन्ट तथा प्रभु इन्स्योरेन्सकी अध्यक्ष कुशुम लामाले सरकारले प्रदान गरेको पदकको उच्च सम्मान गर्दै भट्टचन र शेरचनलाई बधाइ तथा सुभकामना व्यक्त गरेकी छन् ।
सरकारले प्रभु ग्रुपमाथि देखाएको विश्वास यो पदकले प्रमाणित गरेको भन्दै आउँदा दिनमा जनताको सेवालाई झन सेवामुखि बनाएर जाने प्रतिद्धता समेत जनाएकी छन् । अध्यक्ष लामाले प्रभु ग्रुप नाफामुखि मात्रै नबनेर सेवामुखि बनेकाले सरकारले यस्तो सम्मानका लागि योग्य ठहर्याएको हो भन्दै आफू प्रभु ग्रुपमा सम्बद्ध हुन पाउनु पनि साैभाग्य रहेको जनाएकी छन् ।
यस्तै, अध्यक्ष लामाले प्रभु ग्रुप अन्तरगत एउटै छानामुनि विभिन्न सेवा जनताले सहजै पाउने भएकाले नेपालको विकास नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न अझै अत्याधुनिक सेवाहरु ल्याउने प्रतिवद्धता समेत गरेकी छन् ।
भट्टचन प्रभु ग्रुप तथा प्रभु बैंकका अध्यक्ष हुन भने, शेरचन प्रभु बैंकका कार्यकारी अधिकृत हुन् ।
प्रभु ग्रुप अन्तरगत प्रभु बैंक, प्रभु टिभि, प्रभु म्यानेजमेन्ट, प्रभु हेलिकप्टर, प्रभु इन्स्योरेन्स, प्रभु मनि ट्रान्सफर र प्रभु पे लगायतका संस्थाहरु संचालनमा रहेका छन् ।
संविधान दिवसको अवसरमा सरकारले घोषणा गरेको विभिन्न पदक तथा मानपदावली आउँदो वैशाख १ गते राष्ट्रपति कार्यालयमा भव्य समारोहकाबीच प्रदान गरिने जनाइएको छ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












