पुर्व माओवादी नेताहरू के चल्दैछन आन्तरिक चाल ,अध्यक्ष प्रचण्डदेखि मुख्यमन्त्री शाही सम्मको एकैसाथ चिन भ्रमणमा
काठमाडाैँ ३,असोज । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” चीनमा छन् । आजै बिहान उपराष्ट्रपति नन्दबहादुर पुन “पासाङ” पनि चीन उडे भने सोही जहाजमा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि चीनतिरै उडेका छन् ।
पूर्वप्रधानमन्त्री तथा अध्यक्ष प्रचण्डले चीनमा त्यहाँको उच्च राजनीतिक नेतृत्वसँग आफ्नो भेटघाटलाई तीब्रता दिइरहेका छन् । उनी केही दिन पहिले चीन प्रस्थान गरेका थिए ।
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ औपचारिक भ्रमणका लागि आजै एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गरेका छन् । सिचुवान प्रान्तको राजधानी छेन्दुमा असोज ४ गतेदेखि सुरु हुने ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर उपराष्ट्रपति चीन गएका हुन् । उनले असोज ४ गते अन्तर्राष्ट्रिय मेलाको उद्घाटन समारोहलाई सम्बोधन पनि गर्ने कार्यक्रम छ ।
उपराष्ट्रपतिले असोज ४ गते नै चीन भ्रमणको क्रममा वेल्ट एण्ड रोड सम्बन्धी व्यवसायिक समुदायको कार्यक्रमलाई सम्बोधन गर्ने बताइएको छ । त्यस्तै चीनमा रहँदा चीनका उपप्रधानमन्त्री, चिनियाँ कम्यूनिस्ट पार्टी (सिपिसी)का सिचुवान प्रान्तका सेक्रेटरी, सरकारी प्रतिनिधिहरुले शिष्टाचार भेट गर्ने तय भएको बताइएको छ ।
त्यस्तै, आजै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाही ३ सदस्यीय टोलीसहित चीन प्रस्थान गरेका छन् । शाही मुख्यमन्त्री निर्वाचित भएपछिको पहिलो औपचारिक विदेश भ्रमणका लागि चीन गएका हुन् । मुख्यमन्त्री शाही एअर चाइनाको विमानबाट १०ः३० वजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलवाट चीन गएका हुन् ।
चीनको सिचुआन प्रान्तका गभर्नर Yin Li को औपचारिक निमन्त्रणामा चीन गएका मुख्यमन्त्री शाही त्यहाँ हुने 17th Western China International Fair र Belt and Road Development Conference मा सहभागि हुने कार्यक्रम रहेको छ । मुख्यमन्त्री शाहीको भ्रमण द्विपक्षीय हित र प्रदेशको विकासका लागि अन्तराष्ट्रिय लगानीको वातावरण बनाउन केन्द्रीत हुने कार्यवाहक मुख्यमन्त्री नरेश भण्डारीले जानकारी दिएका छन् ।
मुख्यमन्त्री शाहीले चीनसँग सीमा जोडिएको कर्णाली प्रदेशको समग्र विकासका लागि चीन सरकारको सहयोगका लागि आव्हान गर्ने बताएका छन् । भ्रमणका क्रममा कर्णाली प्रदेशको लाइफलाइनका रुपमा रहेको हिल्सा जमुनाहा द्रुतमार्ग निर्माणका लागि चाइना हाइवे कम्पनीसँग छलफल गर्ने र प्रारम्भिक सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।
सेप्टेम्वर १९ देखि २४ सम्म हुने ६ दिने भ्रमणका क्रममा सरकारी तथा निजी क्षेत्रसँग द्विदेशीय सिमा नाका निर्माण, जलविद्युत विकास, पर्यटन पूर्वाधार निर्माणका क्षेत्रमा लगानीका लागि आग्रह गर्ने पनि मुख्यमन्त्री शाहीले बताएका छन् ।
Comments
अरु समाचार
-
एमाले उपाध्यक्ष पौडेललाई ७ दिन थुनामा राख्न अदालतले दियो अनुमति
काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री विष्णु पौडेललाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अनुमति दिएको छ...
-
उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग
काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय...
-
उपाध्यक्ष पौडेलको पक्राउ राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्र : एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारीलाई राजनीतिक प्रतिशोध र शृङ्खलाबद्ध षड्यन्त्रको रूपमा टिप्पणी...
-
रास्वपा महाधिवेशनको बन्द सत्र आजदेखि, नेता चयनका लागि निर्वाचन कार्यक्रम अघि बढाइँदै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरू हुँदैछ। आइतबार भरतपुरको गेस्ट हाउस चउरमा उद्घाटन...
-
पूर्वमन्त्री एवं कांग्रेस नेता राजेन्द्र खरेलको निधन
काभ्रेपलाञ्चोक । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको ८० वर्षको उमेरमा निधन भएको छ । पछिल्लो समय दम बढेर...
-
अख्तियारका पदाधिकारीलाई पाँचघण्टा सोधपुछ गरेको विषय बालेनले नैं गरे पुष्टि
काठमाडौं ।अख्तियारका पदाधिकारीलाई पाँच घण्टा सोधपुछ गरेको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह बालेनले स्वीकार गरेका छन् । प्रधानमन्त्री शाहले आइतबार रास्वपाको...
-
बालेनको प्रशंसा गर्दै सिके राउतले भने- प्रतिपक्षीले कालो लुगा निषेधको माग गर्न सक्छन्
काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा...
-
संसदीय समितिमा कडा नियम, लगातार पाँच बैठकमा अनुपस्थित भए कारबाही गरिने
काठमाडौं । संसदीय समितिको पाँच वटा बैठकमा लगातार अनुपस्थित रहने सदस्यलाई कारबाहीको सिफारिस गर्न सकिने व्यवस्था सहित प्रतिनिधिसभा अन्तर्गतको कानुन,...
-
प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र...











