पुर्व एमालेमा किन चुलियो यसरि आन्तरिक विवाद, माधव नेपाल पक्षका नेता भन्छन्– यही मौकामा सक्नुपर्छ भनेर लागे
काठमाडाैँ ४,असोज । केन्द्रमा पार्टी एकीकरण भएको चार महिना बितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लो तहको एकीकरणलाई टुंगाउन सकेको छैन।
एकीकरण प्रक्रिया सहज रुपमा अघि नबढ्नुमा पार्टी भित्रको आन्तरिक किचलो प्रमुख कारण बनेको छ। पार्टी केन्द्रले बनाएको मापदण्डलाई पूर्व एमालेको संस्थापन पक्षले कुल्चेपछि एकतामा गतिरोध आएको वरिष्ठ नेता माधव नेपाल पक्षको आरोप छ।
तल्लो तहमा पार्टी एकीकरण गर्न जिम्मेवारी पाएको कार्यदलले केन्द्रलाई गुमराहमा पारेको नेपाल पक्षको भनाई छ। जिल्ला र प्रदेशको एकीकरण गर्न गठित कार्यदलले क्षेत्राधिकार मिचेको नेपाल निकट एक केन्द्रीय सदस्यले बताए।
प्रदेश ५ का १२ मध्ये मा ७ जिल्ला पूर्व एमालेको भागमा परेको थियो। दाङ, अर्घाखाँची, बाँके र रुपन्देहीमा जिल्ला अध्यक्ष र सचिव चयन गर्दा केन्द्रले भनेको मोडल प्रयोग नगरी फरक मोडल प्रयोग गरिएको अर्घाखाँचीका पूर्व एमाले नेता राम बहादुर चौहानले बताए। चौहानले केन्द्रको निर्देशन उल्लंघन गर्नेहरुलाई कारबाहीको माग गरे।
प्रदेश ५ को कार्यदलमा रहेका शंखर पोखरेल र दलबहादुर राना दुवै ओली पक्षका हुन्। पोखरेल र राना रहेको कार्यदलले मापदण्ड मिचेर इतर समूहलाई पाखा लगाएको आरोप लागेको छ। निर्वाचनमा विजयी भएकाहरुलाई पार्टी नेतृत्वको भूमिका नदिने केन्द्रको निर्णय थियो।
सर्कुलेशन गरिएको निर्देशन अनुरुप कार्यान्वयन नभएपछि असन्तुष्टि बाहिर आएको हो। स्वतः पहिलो प्राथमिकतामा भए पनि इतर समूह भएकै कारण जिम्मेवारी नदिइएको माधव समूहको भनाइ छ।
केन्द्रको निर्देशन अनुसार दाङमा पूर्व एमालेबाट नेपाल पक्षीय टीकाराम खड्का अध्यक्ष हुनुपर्नेमा पोखरेलले आफु निकट शिव आचार्यको नाम सिफारिस गरेका छन्। खड्का निर्वाचनमा उम्मेदवारी हुन पाएनन्। निर्वाचनमा अवसर नपाएका खड्काले जिल्ला अध्यक्ष हुनबाट पनि वञ्चित भएका छन्।
अर्घाखाचीमा अध्यक्षको लाइनमा रहेका राम बहादुर चौहान र जीवराज कोइरालालाई पन्छाएर पिताम्बर भुसाललाई सिफारिस गरिएको छ। बाँकेमा माओवादी पक्षका अध्यक्ष भए पनि सचिव पाएको एमालेमा दुई पक्षको विवाद छ। माधव समूहका सचिवका मूख्य दाबेदारलाई हटाएर गोपाल गिरीलाई प्रस्ताव गरिएको प्रति नेपाल समूहले आपत्ती जनाएको छ।
समग्रमा एकीकरण टुंगिएका जिल्लाहरुको संख्या न्युन रहेको बताइएको छ। कतिपय टुंगिएका जिल्लाहरुमा पनि गुनासाहरु महासचिव कहाँ आइपुगेका छन्। टुंगिन बांकी रहे पनि प्रदेश ५ को जति पुर्वाग्रह अन्यत्र नरहेको नेपाल समूहको निष्कर्र्ष छ। नेपाल नजिकका एक केन्द्रीय सदस्यले भने– ‘माधव समूहलाई यही समयमा सक्दिनुपर्छ भनेर लागे।’
उनले थपे– ‘पूरै निमिट्यान्न पारिदिनुपर्छ भन्ने तरिकाले योजनाका साथ आए।’
एकीकरण प्रक्रियामा पूर्व एमालेको आन्तरिक समीकरण पहिलेदेखि नमिलेको कारणले पनि समस्या आएको माधव समूहको मत छ। प्रदेश ३ को हकमा नेपाल समूहबाट अष्टलक्ष्मी शाक्य इन्जार्ज हुँदा संस्थापन समूहका काशीनाथ अधिकारी सह इन्जार्ज छन्। शक्ति सन्तुलन मिलेको कारणले गर्दा अन्यत्र पनि प्रदेश ५ को जस्तै समस्या नआएको मत छ। प्रदेश ५ मा इन्चार्ज र सह इन्चार्ज एउटै समूहबाट भएकोले माधव समूहलाई ‘पूरै माइनस’ गरिएको उक्त समूहको जिकिर छ।
भाद्र ४ मा बसेको सचिवालयको बैठकले सहमति भएमा सोही अनुरुप र सहमति हुन नसके जस्ताको तस्तै प्रतिवेदन केन्द्रलाई पेश गर्न निर्देशन दिएको थियो। गण्डकी प्रदेशमा केन्द्रले दिएको निर्देशन अनुरुप सहमति हुन नसकेपछि आ–आफ्ना दाबी सहित दुबै दलले नाम पठाएका थिए।
प्रदेश ५ मा सहमति नभएपछि आएका नामलाई केन्द्रमा पठाउनुपर्नेमा पोखरेल र रानाको कार्यदलले आफू खुसी नाम पठाएको नेपाल समूहको निचोड छ।
भदौं २७ र २८ मा बसेको सचिवालय बैठकले पनि तल्लो तहको एकीकरणलाई टुंगाउन नसकेपछि अधिकार दुई अध्यक्षलाई दिइएको थियो। एकतामा गतिरोध आएसँगै बसेको सचिवालयको बैठकमा वरिष्ठ नेता माधव नेपालले नयाँ मापदण्ड बनाउनमा जोड दिएका थिए। दुई अध्यक्षलाई जिम्मेवारी केन्द्रित गरेपछि एकता प्रक्रिया थप पर धकेलिएको छ। एकता प्रक्रिया टुंगाउन भदौ २९ मा बस्ने भनिएको दुई अध्यक्षको बैठक बस्न सकेन भने त्यसको अर्को दिन प्रचण्ड चीन लागे।
बुधबार प्रचण्ड नेपाल फर्के लगत्तै अर्का अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जादैछन्। ओलीको भ्रमण करिब दुई साताको हुनेछ।
पार्टी एकता प्रक्रिया टुंगाउन जिम्मेवारी पाएका दुई अध्यक्षहरु एकपछि अर्को विदेश भ्रमणमा लागेपछि पार्टी भित्रै असन्तुष्टि बढेको छ। दुई अध्यक्षलाई मात्रै सबै अधिकार दिएको प्रति पनि पार्टीभित्र असन्तुष्टि बढेको छ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












