पुर्व एमालेमा किन चुलियो यसरि आन्तरिक विवाद, माधव नेपाल पक्षका नेता भन्छन्– यही मौकामा सक्नुपर्छ भनेर लागे
काठमाडाैँ ४,असोज । केन्द्रमा पार्टी एकीकरण भएको चार महिना बितिसक्दा पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तल्लो तहको एकीकरणलाई टुंगाउन सकेको छैन।
एकीकरण प्रक्रिया सहज रुपमा अघि नबढ्नुमा पार्टी भित्रको आन्तरिक किचलो प्रमुख कारण बनेको छ। पार्टी केन्द्रले बनाएको मापदण्डलाई पूर्व एमालेको संस्थापन पक्षले कुल्चेपछि एकतामा गतिरोध आएको वरिष्ठ नेता माधव नेपाल पक्षको आरोप छ।
तल्लो तहमा पार्टी एकीकरण गर्न जिम्मेवारी पाएको कार्यदलले केन्द्रलाई गुमराहमा पारेको नेपाल पक्षको भनाई छ। जिल्ला र प्रदेशको एकीकरण गर्न गठित कार्यदलले क्षेत्राधिकार मिचेको नेपाल निकट एक केन्द्रीय सदस्यले बताए।
प्रदेश ५ का १२ मध्ये मा ७ जिल्ला पूर्व एमालेको भागमा परेको थियो। दाङ, अर्घाखाँची, बाँके र रुपन्देहीमा जिल्ला अध्यक्ष र सचिव चयन गर्दा केन्द्रले भनेको मोडल प्रयोग नगरी फरक मोडल प्रयोग गरिएको अर्घाखाँचीका पूर्व एमाले नेता राम बहादुर चौहानले बताए। चौहानले केन्द्रको निर्देशन उल्लंघन गर्नेहरुलाई कारबाहीको माग गरे।
प्रदेश ५ को कार्यदलमा रहेका शंखर पोखरेल र दलबहादुर राना दुवै ओली पक्षका हुन्। पोखरेल र राना रहेको कार्यदलले मापदण्ड मिचेर इतर समूहलाई पाखा लगाएको आरोप लागेको छ। निर्वाचनमा विजयी भएकाहरुलाई पार्टी नेतृत्वको भूमिका नदिने केन्द्रको निर्णय थियो।
सर्कुलेशन गरिएको निर्देशन अनुरुप कार्यान्वयन नभएपछि असन्तुष्टि बाहिर आएको हो। स्वतः पहिलो प्राथमिकतामा भए पनि इतर समूह भएकै कारण जिम्मेवारी नदिइएको माधव समूहको भनाइ छ।
केन्द्रको निर्देशन अनुसार दाङमा पूर्व एमालेबाट नेपाल पक्षीय टीकाराम खड्का अध्यक्ष हुनुपर्नेमा पोखरेलले आफु निकट शिव आचार्यको नाम सिफारिस गरेका छन्। खड्का निर्वाचनमा उम्मेदवारी हुन पाएनन्। निर्वाचनमा अवसर नपाएका खड्काले जिल्ला अध्यक्ष हुनबाट पनि वञ्चित भएका छन्।
अर्घाखाचीमा अध्यक्षको लाइनमा रहेका राम बहादुर चौहान र जीवराज कोइरालालाई पन्छाएर पिताम्बर भुसाललाई सिफारिस गरिएको छ। बाँकेमा माओवादी पक्षका अध्यक्ष भए पनि सचिव पाएको एमालेमा दुई पक्षको विवाद छ। माधव समूहका सचिवका मूख्य दाबेदारलाई हटाएर गोपाल गिरीलाई प्रस्ताव गरिएको प्रति नेपाल समूहले आपत्ती जनाएको छ।
समग्रमा एकीकरण टुंगिएका जिल्लाहरुको संख्या न्युन रहेको बताइएको छ। कतिपय टुंगिएका जिल्लाहरुमा पनि गुनासाहरु महासचिव कहाँ आइपुगेका छन्। टुंगिन बांकी रहे पनि प्रदेश ५ को जति पुर्वाग्रह अन्यत्र नरहेको नेपाल समूहको निष्कर्र्ष छ। नेपाल नजिकका एक केन्द्रीय सदस्यले भने– ‘माधव समूहलाई यही समयमा सक्दिनुपर्छ भनेर लागे।’
उनले थपे– ‘पूरै निमिट्यान्न पारिदिनुपर्छ भन्ने तरिकाले योजनाका साथ आए।’
एकीकरण प्रक्रियामा पूर्व एमालेको आन्तरिक समीकरण पहिलेदेखि नमिलेको कारणले पनि समस्या आएको माधव समूहको मत छ। प्रदेश ३ को हकमा नेपाल समूहबाट अष्टलक्ष्मी शाक्य इन्जार्ज हुँदा संस्थापन समूहका काशीनाथ अधिकारी सह इन्जार्ज छन्। शक्ति सन्तुलन मिलेको कारणले गर्दा अन्यत्र पनि प्रदेश ५ को जस्तै समस्या नआएको मत छ। प्रदेश ५ मा इन्चार्ज र सह इन्चार्ज एउटै समूहबाट भएकोले माधव समूहलाई ‘पूरै माइनस’ गरिएको उक्त समूहको जिकिर छ।
भाद्र ४ मा बसेको सचिवालयको बैठकले सहमति भएमा सोही अनुरुप र सहमति हुन नसके जस्ताको तस्तै प्रतिवेदन केन्द्रलाई पेश गर्न निर्देशन दिएको थियो। गण्डकी प्रदेशमा केन्द्रले दिएको निर्देशन अनुरुप सहमति हुन नसकेपछि आ–आफ्ना दाबी सहित दुबै दलले नाम पठाएका थिए।
प्रदेश ५ मा सहमति नभएपछि आएका नामलाई केन्द्रमा पठाउनुपर्नेमा पोखरेल र रानाको कार्यदलले आफू खुसी नाम पठाएको नेपाल समूहको निचोड छ।
भदौं २७ र २८ मा बसेको सचिवालय बैठकले पनि तल्लो तहको एकीकरणलाई टुंगाउन नसकेपछि अधिकार दुई अध्यक्षलाई दिइएको थियो। एकतामा गतिरोध आएसँगै बसेको सचिवालयको बैठकमा वरिष्ठ नेता माधव नेपालले नयाँ मापदण्ड बनाउनमा जोड दिएका थिए। दुई अध्यक्षलाई जिम्मेवारी केन्द्रित गरेपछि एकता प्रक्रिया थप पर धकेलिएको छ। एकता प्रक्रिया टुंगाउन भदौ २९ मा बस्ने भनिएको दुई अध्यक्षको बैठक बस्न सकेन भने त्यसको अर्को दिन प्रचण्ड चीन लागे।
बुधबार प्रचण्ड नेपाल फर्के लगत्तै अर्का अध्यक्ष केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शनिबार अमेरिका जादैछन्। ओलीको भ्रमण करिब दुई साताको हुनेछ।
पार्टी एकता प्रक्रिया टुंगाउन जिम्मेवारी पाएका दुई अध्यक्षहरु एकपछि अर्को विदेश भ्रमणमा लागेपछि पार्टी भित्रै असन्तुष्टि बढेको छ। दुई अध्यक्षलाई मात्रै सबै अधिकार दिएको प्रति पनि पार्टीभित्र असन्तुष्टि बढेको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












