प्रतिनिधिसभाका १० बिषयगत समिति सभापतिमा निर्बिरोधः कांग्रेसको भागमा लेखा
काठमाडाैँ ४,असोज । प्रतिनिधिसभाका १० विषयगत समितिको सभापति पदका लागि एकल उम्मेदवारी परेको छ। बिहीबार भएको उम्मेदवारी दर्ताको क्रममा सबै समितिको सभापति पदमा एकल उम्मेदवारी परेको हो। योसँगै सबै समितिका सभापति निर्विराेध भएका हुन्।
निर्विरोध भएपनि शुक्रबार निर्वाचन प्रक्रियामार्फत दश वटै समितिका सभापतीको अाैपचारिक घाेषणा हुनेछ।
प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये ८ वटा समितिमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को उम्मेदवारी परेको छ भने नेपाली कांग्रेस र संघीय समाजवादी फोरमले एक–वटा समितिको सभापति पाउने भएका छन्।
सरकारको सहयात्रीे संघीय समाजवादीले उद्योग, वाणिज्य तथा श्रम समितिको सभापति पाउने भएको छ। सो समितिको सभापतिमा विमल श्रीवास्तवको मात्रै उम्मेदवारी परेको छ। त्यस्तै लेखा समितिको सभापतिमा नेपाली कांग्रेसका भरतकुमार साह निर्विरोध भएका छन्।
बाँकी रहेका ८ समितिहरुमध्ये अर्थ समितिमा सांसद कृष्णप्रसाद दाहाल, अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पवित्रा निरौला खरेल, कानुन न्याय तथा मानव अधिकार समितिमा कृष्णभक्त पोखरेल, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा पूर्णकुमारी सुवेदी, महिला तथा सामाजिक समितिमा निरुदेवि पाल, राज्य व्यवस्था तथा सुशासन समितिमा शशि श्रेष्ठ, विकास तथा प्रविधि समितिमा कल्याणीकुमारी खड्का, शिक्षा तथा स्वास्थ्य समितिमा जयपुरी घर्तीको एकल उम्मेदवारी परेको छ। यी सबै सांसद नेकपाका हुन्।
यसअघि तीन पटकसम्म रोकिएको समिति सभापति चयनकाे निर्वाचन कार्यक्रम शुक्रबार हुँदैछ। हाल ज्येष्ठ सदस्यको नेतृत्वका भरमा चलेका समितिमा सभापति बन्न पहिलो पटक निर्वाचन जितेका युवादेखि पूर्वमन्त्रीसम्म लबिङमा थिए।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












