निगमले अब अप्ठोरो अवस्थामा सेनाका चालकको सहयोग लिने
काटमाडाैँ ६,असोज । ४ दिनदेखि रोकिएको तेलका ट्यांकर काठमाडौंमा आईपुग्न थालेका छन् । ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार सरकारले सेनाका चालहरुलाई नै भारतीय डिपोमा ट्यांकर लिन पठाएको थियो ।
शुक्रबार साँझ सहमति भए पनि त्यसअघि नै सरकारले सेनाका चालकलाई ट्यांकर लिन पठाएको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार काठमाडौंमा सेना पठाएपछि ट्यांकर चालकहरूले अाफैं ट्यांकर चलाउन तयार भएका थिए । उनले यसपटकको अान्दोलनबाट पाठ सिक्दै अब निगमले २ सय अाफ्नै ट्यांकर राख्ने पनि बताए । जसले अप्ठेराे अवस्थामा ढुवाी गर्नेछन्र । अब सेनाले पनि थप ट्यांकर किन्ने भएकाले अवस्था सहज हुँदै जाने निगमले बताएको छ ।
‘आजबाट आपूर्ति सहज भइसकेको छ । भद्रकाली पेट्रोल पम्पमा आज बिहान मेरो कुरा भएको थियो । त्यहाँ आज लाइन छैन, सहज छ भन्नुभएको छ । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले पुल्चोकको साझा पेट्रोल पम्प केहीबेर बन्द गराए छन्, केहीबेरमा हामी त्यसलाई खोल्न लगाउँछौं, त्यहाँ पनि सहज नै हुन्छ,’ उनले भने,’अहिले सबै मुभमेन्ट भइसक्या छ । अब विस्तारै सहज हुन्छ । उपभोक्ताहरु आत्तिनुपर्ने अवस्था छैन ।
‘
बिहीबार र शुक्रबार पम्पहरुमा लामो लाइन लाग्यो । अभाव अझै पनि हटेको छैन । थोरै लिनेले पनि धेरै लिन थालेपछि असहज जस्तो स्थिति देखिएको निगमले जनाएको छ ।
‘तत्काललाई कोटा प्रणाली लागु गरौं न भनेर कोटा तोकिदियौं । अहिले धेरै भन्दा धेरैले पाउन् भन्ने उद्देश्यले हामीले त्यो गरेका हौं । आज हामीले केही भनेका छैनौं । आज कति आउँछ, कस्तो हुन्छ, अहिले केही नभनेका हौं । तर हामीलाई इन्धन कटौति गर्नुपरेको छैन,’ उनले भने,’ अहिले सबै ठीक छ । तीन दिनको अवधिमा जति तेल बजारमा गयो, त्यसलाई पूर्ति गर्ने हिसाबले हामीले सबै मिलाइसकेका छौं । विरानटगर, नेपालगञ्ज, भैरहवा लगायतका क्षेत्रमा आवश्यक व्यवस्था मिलाएका छौं ।’
निगमले चालकको पछिल्लो आन्दोलनका कारण तेल आपूर्तिमा सरकारको अवस्था अवस्था कहाँ रहेछ भन्ने कुरा पनि थाहा पाएको निगमले बताए ।
‘विगतमा नाकाबन्दीले गर्दा पाठ सिक्यौं । कम्तिमा तीन महिनाको भण्डारण बनाउनु पर्दोरहेछ भन्ने थाहा पायौं,’ कार्यकारी भट्टराईले भने,’ हामी कति कमजोर रहेछौं भने, कसैले खेल्न चाह्यो भने, हामीभित्रै खेल्दिएर हामी भित्रै फुट हाल्दिएर हामी-हामीबीचमै समस्या हुँदो रहेछ भन्ने पनि देखियो ।’
अब निगमले आफ्नै ट्यांकर, आफ्नै चालकहरु चाहिँदो रहेछ भन्ने ज्ञान पाएको भट्टराई बताउँछन् । ‘एक-डेढ महिनाअघि हाम्रो मन्त्री ज्यू, तत्कालीन कामु प्रधानसेनापति ज्यू, सचिव ज्यू लगायतसँग भेट हुँदा पनि मैले यो प्रस्ताव राखेको थिएँ । उहाँलाई कत्तिको याद छ, मैले उहाँलाई त्यतिबेला मलाई एक सय जना सेनाका चालकहरु दिनुपर्यो, चाँडोभन्दा चाँडो दिनुस्, म तिनीहरुलाई ट्रेन्ड गराउँछु भनेको थिएँ । यो कुरालाई सकारात्मकरुपमा लिनुभयो,’ उनले भने,’ हिँजो हामीले त्यही गर्नुपर्यो । अमलेखगञ्जमा नेपाली सेनाका ३० जनालाई एयर ड्रप गरेर हामीले झार्यौं । त्यसपछि हंगामा मच्चिएपछि दिउँसोदेखि नै आन्दोलन गर्नेहरुको मनोबल खस्कियो ।’
यदि सहमति हुन्थेन भने पनि आफूहरुले अर्को कोर्स लिइसकेको बताउँदै नचलाउने भए चाबी खोसेर अरुलाई चलाउन दिने भनेर डेढ सय जना चालकहरु तयार पारिसकेको दावी गरे ।
‘डेढसय जनामध्ये ६० जनालाई फिल्डमा उतारिसकेका थियौं । तिनीहरु अहिले पनि फिल्डमा छन् । नेपाली सेनाका चालकहरुलाई दीर्घकालीनरुपमा नै तयार पार्छु भनेर मैले सोच बनाएको छु र, तिनीहरुको नामावलीसहितको डिटेल पनि मगाएको छु,’भट्टराई भन्छन्,’ उनीहरुलाई एक हप्ता जस्तो तालिम दिइन्छ र खटाइन्छ । अमलेखगञ्जमा खटिएकाले त अब छाड्दैनन्, त्यहीँ बस्छन् र ढुवानीमा भूमिका खेल्छन् ।’
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












