निगमले अब अप्ठोरो अवस्थामा सेनाका चालकको सहयोग लिने
काटमाडाैँ ६,असोज । ४ दिनदेखि रोकिएको तेलका ट्यांकर काठमाडौंमा आईपुग्न थालेका छन् । ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि शुक्रबार सरकारले सेनाका चालहरुलाई नै भारतीय डिपोमा ट्यांकर लिन पठाएको थियो ।
शुक्रबार साँझ सहमति भए पनि त्यसअघि नै सरकारले सेनाका चालकलाई ट्यांकर लिन पठाएको थियो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईका अनुसार काठमाडौंमा सेना पठाएपछि ट्यांकर चालकहरूले अाफैं ट्यांकर चलाउन तयार भएका थिए । उनले यसपटकको अान्दोलनबाट पाठ सिक्दै अब निगमले २ सय अाफ्नै ट्यांकर राख्ने पनि बताए । जसले अप्ठेराे अवस्थामा ढुवाी गर्नेछन्र । अब सेनाले पनि थप ट्यांकर किन्ने भएकाले अवस्था सहज हुँदै जाने निगमले बताएको छ ।
‘आजबाट आपूर्ति सहज भइसकेको छ । भद्रकाली पेट्रोल पम्पमा आज बिहान मेरो कुरा भएको थियो । त्यहाँ आज लाइन छैन, सहज छ भन्नुभएको छ । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले पुल्चोकको साझा पेट्रोल पम्प केहीबेर बन्द गराए छन्, केहीबेरमा हामी त्यसलाई खोल्न लगाउँछौं, त्यहाँ पनि सहज नै हुन्छ,’ उनले भने,’अहिले सबै मुभमेन्ट भइसक्या छ । अब विस्तारै सहज हुन्छ । उपभोक्ताहरु आत्तिनुपर्ने अवस्था छैन ।
‘
बिहीबार र शुक्रबार पम्पहरुमा लामो लाइन लाग्यो । अभाव अझै पनि हटेको छैन । थोरै लिनेले पनि धेरै लिन थालेपछि असहज जस्तो स्थिति देखिएको निगमले जनाएको छ ।
‘तत्काललाई कोटा प्रणाली लागु गरौं न भनेर कोटा तोकिदियौं । अहिले धेरै भन्दा धेरैले पाउन् भन्ने उद्देश्यले हामीले त्यो गरेका हौं । आज हामीले केही भनेका छैनौं । आज कति आउँछ, कस्तो हुन्छ, अहिले केही नभनेका हौं । तर हामीलाई इन्धन कटौति गर्नुपरेको छैन,’ उनले भने,’ अहिले सबै ठीक छ । तीन दिनको अवधिमा जति तेल बजारमा गयो, त्यसलाई पूर्ति गर्ने हिसाबले हामीले सबै मिलाइसकेका छौं । विरानटगर, नेपालगञ्ज, भैरहवा लगायतका क्षेत्रमा आवश्यक व्यवस्था मिलाएका छौं ।’
निगमले चालकको पछिल्लो आन्दोलनका कारण तेल आपूर्तिमा सरकारको अवस्था अवस्था कहाँ रहेछ भन्ने कुरा पनि थाहा पाएको निगमले बताए ।
‘विगतमा नाकाबन्दीले गर्दा पाठ सिक्यौं । कम्तिमा तीन महिनाको भण्डारण बनाउनु पर्दोरहेछ भन्ने थाहा पायौं,’ कार्यकारी भट्टराईले भने,’ हामी कति कमजोर रहेछौं भने, कसैले खेल्न चाह्यो भने, हामीभित्रै खेल्दिएर हामी भित्रै फुट हाल्दिएर हामी-हामीबीचमै समस्या हुँदो रहेछ भन्ने पनि देखियो ।’
अब निगमले आफ्नै ट्यांकर, आफ्नै चालकहरु चाहिँदो रहेछ भन्ने ज्ञान पाएको भट्टराई बताउँछन् । ‘एक-डेढ महिनाअघि हाम्रो मन्त्री ज्यू, तत्कालीन कामु प्रधानसेनापति ज्यू, सचिव ज्यू लगायतसँग भेट हुँदा पनि मैले यो प्रस्ताव राखेको थिएँ । उहाँलाई कत्तिको याद छ, मैले उहाँलाई त्यतिबेला मलाई एक सय जना सेनाका चालकहरु दिनुपर्यो, चाँडोभन्दा चाँडो दिनुस्, म तिनीहरुलाई ट्रेन्ड गराउँछु भनेको थिएँ । यो कुरालाई सकारात्मकरुपमा लिनुभयो,’ उनले भने,’ हिँजो हामीले त्यही गर्नुपर्यो । अमलेखगञ्जमा नेपाली सेनाका ३० जनालाई एयर ड्रप गरेर हामीले झार्यौं । त्यसपछि हंगामा मच्चिएपछि दिउँसोदेखि नै आन्दोलन गर्नेहरुको मनोबल खस्कियो ।’
यदि सहमति हुन्थेन भने पनि आफूहरुले अर्को कोर्स लिइसकेको बताउँदै नचलाउने भए चाबी खोसेर अरुलाई चलाउन दिने भनेर डेढ सय जना चालकहरु तयार पारिसकेको दावी गरे ।
‘डेढसय जनामध्ये ६० जनालाई फिल्डमा उतारिसकेका थियौं । तिनीहरु अहिले पनि फिल्डमा छन् । नेपाली सेनाका चालकहरुलाई दीर्घकालीनरुपमा नै तयार पार्छु भनेर मैले सोच बनाएको छु र, तिनीहरुको नामावलीसहितको डिटेल पनि मगाएको छु,’भट्टराई भन्छन्,’ उनीहरुलाई एक हप्ता जस्तो तालिम दिइन्छ र खटाइन्छ । अमलेखगञ्जमा खटिएकाले त अब छाड्दैनन्, त्यहीँ बस्छन् र ढुवानीमा भूमिका खेल्छन् ।’
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...











