इमरान खानको यस्तो सनसनीपुर्ण ट्विटको तरङ्ग दिल्लीसम्म
दिल्ली ७,असोज । भारतीय पक्षले छिमेकीहरुलाई हेप्दै आएको सन्दर्भमा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको कडा ट्विट सार्वजनिक भएको छ ।
इमरान खानको ट्विटले भारतमा ठूलो सनसनी फैलिएको छ ।
पकिस्तानले प्रस्ताव गरेको भारत–पाक विदेश मन्त्रीहरुको बैठक रद्द गर्ने भारतको निर्णयको कडा आलोचना गर्दै खानले ट्विट गरेका हुन ।
यो सँगै भारतीय सैन्य प्रमुख विपिन रावतले पाकिस्तानविरुद्ध बयान दिएपछि पाकिस्तानका सैन्य प्रमुखले समेत कडा चेतावनी दिएका छन् ।
यस्तो छ घटना
इमरान खान पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै उनले भारतगायत छिमेकी देशहरुसँग सम्बन्ध सुधार्ने बताएका थिए । भारत र पाकिस्तानबीच ऐतिहासिक सम्बन्ध रहेको बताउँदै उनले दुबै देशको विकास र समृद्धिका लागि वार्तामार्फत सुमुधुर सम्बन्ध बनाउनुपर्ने उनले जोड दिएका थिए । भारतीय पक्षले इमरानको स्वागत गरेपनि उनी सेनाबाट परिचालित भएको बताउँदै आएको थियो ।
त्यसपछि पाकिस्तानले भारत र पाकिस्तानबीच सम्बन्ध सुधार गर्ने उद्देश्यले विदेशमन्त्रीस्तरीय बैठकको प्रस्ताव गर्यो । शुरुमा भारतले समेत यो प्रस्ताव स्वीकार गरेर मितिसमेत तय भयो ।
तर, यही बीचमा शनिबार एकाएक भारतले विदेश मन्त्रीस्तरीय बैठक रद्द गरेको घोषणा गर्यो ।
भारतले वार्ता हुने समयमा पाकिस्तान समर्थित आतंककारीहरुले जम्मु कश्मिरमा एकजना सुरक्षाकर्मीको हत्या गरेको, यसअघि कश्मिरमा मारिएका आतंकवादीहरुको नाममा २० वटा हुलाक टिकट जारी गरिएको जस्ता आरोप लगाउँदै यस्तो अवस्थामा वार्ता नहुने बतायो । पाकिस्तान सरकारको भनाई र त्यहाँका सेनाको एक्सनबीच तादाम्यता नभएको भन्दै भारतले तत्काल वार्ता नहुने घोषणा गरे ।
कडा प्रतिक्रिया, धरापमा सम्बन्ध
शनिबारका दिन हुने भनिएको यो वार्ता नभएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कडा ट्विट लेख्दै भारतले दीर्घकालिन र स्थायी शान्ति नचाहेको भन्दै आपत्ती जनाएका छन् ।
इमरानले भारतको निर्णयलाई ‘अहंकारी’ बताउँदै भारतीय राजनीतिक नेतृत्वमा दूरदर्शिता नभएको टिप्पणी गरे । “शान्ति वार्ता पुनः शुरु गर्ने मेरो अपीलप्रति भारतको नकारात्मक र घमण्डी प्रतिक्रियाले म निराश भएको छु । मेरो आजसम्मको जीन्दगीमा पहिलोपटक ठूलो जिम्मेवारी लिएको छोटो अदूरदर्शी मानिससँग साक्षात्कार गर्न पुगेको छु ।” उनले भनेका छन् ।
सेना प्रमुखहरुको युद्ध–भाषा
राजनीतिक तहमा देखिएको यस्तो विवादसँगै दुबै देशका सेना प्रमुखहरुले समेत एक अर्काविरुद्ध कडा बयानबाजी गरेका छन् ।
इमरान खानले ट्विट गरेलगत्तै भारतीय सेना प्रमुख बिपिन रावतले इण्डिया टाइम्ससँग कुरा गर्दै पाकिस्तानले शान्ति नचाहेको आरोप लगाए । सेना प्रमुख रावतले पाकिस्तानी सेना र आतंकवादीले मच्चाएको क्रूरताविरुद्ध कठोर कदम लिनैपर्ने अवस्था सिर्जना भएको बताएका थिए ।
भारतीय सेनाले कश्मिरमा फैलिएको आतंकवादलाई पाकिस्तानी सेनाले संरक्षण गर्ने गरेको बताउँदै आएको छ ।
भारतीय सेना प्रमुखको बयानबाजी लगत्तै पाकिस्तानका सैन्य प्रमुखले समेत कडा प्रतिक्रिया दिएका छन् । डन पत्रिकाका अनुसार, पाकिस्तानी सेनाका प्रवकत मेजर जनरल आसिफ गफूरले भारतलाई धम्कीको भाषा प्रयोग नगर्न चेतावनी दिए । दूनियाँ टिभीसँगको अन्तर्वार्तामा उनले भनेका छन्, “धम्की नदिए हुन्छ, हामी युद्दका लागि तयार छौं तर पाकिस्तान, छिमेकी र यो क्षेत्रका जनताले चाहेको शान्तिको बाटो हामीले पनि रोजेका छौं । आतंकवादविरुद्ध पाकिस्तानले कति लामो संघर्ष गरेको छ र के कति यसको मूल्य चुकाएका छौं भन्ने हामीलाई राम्रोसँग थाहा छ, भारतले नसिकाए हुन्छ ।”
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












