काँग्रेसको संघीय मोडेलको संरचना अंझै टुङगिएन,सभापतिको अधिकारबारे विवादै विवाद
काठमाडौं ७,असोज नेपाली कांग्रेस पार्टीलाई संघीय स्वरुपमा बदल्न नयाँ विधान बनाउन जुटेको काँग्रेसले पूर्ण विधान बनेर अनुमोदन भई कार्यान्वयन हुन र त्यसअनुसारका संरचना बन्न पुस महिना लाग्ने जनाएको छ ।
विधान निर्माणमा गर्न ढिला गरेकाले काँग्रेस पुरानै शैली र संरचनामा चल्दै आएको छ ।
काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार विधान निर्माण र अनुमोदनपछि मात्रै काँग्रेस संघीय संरचनामा बदलिनेछ ।
‘विधानको प्रारम्भिक मस्यौदा तयार भएको छ । यो मस्यौदा छलफलका लागि लगिदैछ । छलफल सकेर सुझाव समेत समेटेर विधान तयार हुन्छ । उक्त विधान आगामी मंसिरमा बस्ने महासमिति बैठकले अनुमेदान गर्छ । त्यसपछि मात्रै कार्यान्वयन हुन्छ’ प्रवक्ता शर्माले भने, ‘महासमितिको निर्णय अनुसार संघीय संरचना कार्यान्वयनका लागि तदर्थ समिति गठन गर्ने वा सिधै कार्यान्वयनको घोषणाा गर्ने भन्ने पनि महासमिति बैठकले नै गर्नेछ । त्यसो गर्दा पुस लाग्न सक्छ ।’
प्रवक्ता शर्माका अनुसार काँग्रेस विधानका मुख्य विशेषता यस्ता रहनेछन् ।
–पुर्ण समावेशी चरित्रको हुनेछ ।
–संघीयतालाई अपनाइएको विधान ।
–सवै संरचनाहरुको आकार बढ्नेछ ।
–पदाधिकारीको संख्या पनि बढ्नेछ ।
–स्थायी अनुशासन समिति र निर्वाचन समिति बन्ने ।
सबै संरचनाको आकार बढ्ने
नयाँ विधानअनुसार काँग्रेसको सबै संरचना (प्रस्तावित आठ)को आकार बढ्ने भने निश्चित भएको छ ।
मस्यौदा समितिमा पदाधिकारीको संख्या बढाउने सहमति जुटेको छ भने संरचना आठ बनाउने विषयमा पनि सहमति भैसकेको छ । तर उपसभापति र सहमहामन्त्री थप्ने सहमति भएपनि संख्यामा वैकल्पिक प्रस्तावहरू रहेकाले विधानको प्रारम्भिक मस्यौदामा सहमति हुन नसकेको काँग्रेसका एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार उपसभापति दुई वा तीन बनाउने विकल्प मस्यौदामा समेटिएको छ भने उपसभापति तीन राख्न प्रस्ताव गर्नेहरुले सहमहामन्त्री पनि तीन नै प्रस्ताव गरेका छन् । पदाधिकारीको निर्वाचन प्रणालीमा तीन वटा प्रस्ताव गरिएको छ ।
सभापतिको अधिकार बढाउने विषयमा विवाद
पार्टी सभापति शेरबहादुर पक्षीय नेताहरुले सबै सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिलाई जानकारी मात्र दिने प्रस्ताव गरेका छन् ।
तर, यो प्रस्तावको बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले विरोध गरेका छन् । त्यस्तै यसअघि देउवा नजिक मानिएका महामन्त्री शशांक कोइरालाले पनि सभापतिलाई थप शक्तिशाली बनाउने प्रस्तावको विरोध गरेका छन् ।
महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा बन्दै गरेको विधानमा सभापतिलाई थप शक्तिशाली बनाउन गरिएको प्रस्ताव जायज नभएको बताएका हुन् ।
‘सभापतिको अधिकार बिकेन्द्रीकरण गर्नुपर्छ । तल्लो तहलाई बरु तल्लो तहलाई अझ बलियो बनाउनुपर्छ ,गाँउ र प्रदेशमा अधिकार दिनुपर्छ’ काँग्रेसको नयाँ विधानबारे कोइरालाको भनाई छ ।
हाल काँग्रेस केन्द्रीय समिति ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित प्रकृयाबाट चयन हुने व्यवस्था छ । तर, नयाँ विधानमा पुरानै वा सबै निर्वाचित हुनुपर्ने प्रस्ताव राखिएको छ । त्यस्तै संसदीय समिति र अनुशासन समिति पनि निर्वाचनबाटै बनाउनुुपर्ने प्रस्ताव नयाँ विधानको मस्यौदामा छ ।
हाल ६ पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्ष महाधिवेशनबाटै निर्वाचित हुन्छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीले सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर,नयाँ विधानको मस्यौदामा नौ पदाधिकारीको प्रस्ताव गरिएको छ ।
अब बन्ने काँग्रेसको विधानमा केन्द्रीय कार्यसमिति १०१ देखि १३१ सदस्यीयभित्रमा सहमति खोज्नेगरी विकल्प मस्यौदामा समेटेको छ ।
सभापतिको अधिकार बढाउने विषयमा सिटौला पक्षले पनि विरोध गर्दै आएको छ । सिटौला पक्षका एक सदस्यका अनुसार सभापतिलाई अधिकार थप्दा तानशाही बन्नसक्छ । ‘प्रजातान्त्रिक हुनुपर्ने बेलामा तानशाही बनाउने प्रयास ठिक होइन’ ती सदस्यले रातोपाटीसँग भने ।
चारथरी सदस्यता
काँग्रेसले विधानको मस्यौदामा पार्टी सदस्यतालाई चार भागमा वर्गीकरण गर्ने प्रस्ताव छ ।
साधारण, क्रियाशील, सम्मानित र विशेष सदस्यता व्यवस्थाको विकल्प अघिसारिएपनि प्रारम्भिक मस्यौदामा त्यसबारे सहमति भैनसकेको मस्यौदा समितिका एक सदस्यले बताए ।
हालको विधानमा काँग्रेसमा साधारण र क्रियाशील गरी दुई किसिमको सदस्यताको व्यवस्था छ ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...
-
भीमफेदीमा जिप दुर्घटना ६ जनाको मृत्यु !
काठमाडाैं । हेटौँडा–कुलेखानी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा सुमो गाडी दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये सोमबार (पुस २१) बिहानसम्म...
-
एमाले ११ औं महाधिवेशनः उम्मेदवारको अन्तिम नामावली सार्वजनिक, को-को छन ?
काठमाडाैं । काठमाडौँको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको छ। पार्टीको निर्वाचन आयोगले विभिन्न पदका...
-
फेरि सर्यो एमाले महाधिवेशनको बन्दसत्रको समय
काठमाडाैं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । सोमबार बिहानैबाट शुरु गर्ने भनिएको बन्दसत्र सवा १२...
-
हितेन्द्रदेवले सम्हाले विद्युत प्राधिकरणको कार्यभार
काठमाडौं । सर्वोच्च अदालतको परमादेशमार्फत नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनर्स्थापित भएका हितेन्द्रदेव शाक्यले कार्यभार सम्हालेका छन् । शाक्यले बुधबार...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...











