काँग्रेसको संघीय मोडेलको संरचना अंझै टुङगिएन,सभापतिको अधिकारबारे विवादै विवाद
काठमाडौं ७,असोज नेपाली कांग्रेस पार्टीलाई संघीय स्वरुपमा बदल्न नयाँ विधान बनाउन जुटेको काँग्रेसले पूर्ण विधान बनेर अनुमोदन भई कार्यान्वयन हुन र त्यसअनुसारका संरचना बन्न पुस महिना लाग्ने जनाएको छ ।
विधान निर्माणमा गर्न ढिला गरेकाले काँग्रेस पुरानै शैली र संरचनामा चल्दै आएको छ ।
काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माका अनुसार विधान निर्माण र अनुमोदनपछि मात्रै काँग्रेस संघीय संरचनामा बदलिनेछ ।
‘विधानको प्रारम्भिक मस्यौदा तयार भएको छ । यो मस्यौदा छलफलका लागि लगिदैछ । छलफल सकेर सुझाव समेत समेटेर विधान तयार हुन्छ । उक्त विधान आगामी मंसिरमा बस्ने महासमिति बैठकले अनुमेदान गर्छ । त्यसपछि मात्रै कार्यान्वयन हुन्छ’ प्रवक्ता शर्माले भने, ‘महासमितिको निर्णय अनुसार संघीय संरचना कार्यान्वयनका लागि तदर्थ समिति गठन गर्ने वा सिधै कार्यान्वयनको घोषणाा गर्ने भन्ने पनि महासमिति बैठकले नै गर्नेछ । त्यसो गर्दा पुस लाग्न सक्छ ।’
प्रवक्ता शर्माका अनुसार काँग्रेस विधानका मुख्य विशेषता यस्ता रहनेछन् ।
–पुर्ण समावेशी चरित्रको हुनेछ ।
–संघीयतालाई अपनाइएको विधान ।
–सवै संरचनाहरुको आकार बढ्नेछ ।
–पदाधिकारीको संख्या पनि बढ्नेछ ।
–स्थायी अनुशासन समिति र निर्वाचन समिति बन्ने ।
सबै संरचनाको आकार बढ्ने
नयाँ विधानअनुसार काँग्रेसको सबै संरचना (प्रस्तावित आठ)को आकार बढ्ने भने निश्चित भएको छ ।
मस्यौदा समितिमा पदाधिकारीको संख्या बढाउने सहमति जुटेको छ भने संरचना आठ बनाउने विषयमा पनि सहमति भैसकेको छ । तर उपसभापति र सहमहामन्त्री थप्ने सहमति भएपनि संख्यामा वैकल्पिक प्रस्तावहरू रहेकाले विधानको प्रारम्भिक मस्यौदामा सहमति हुन नसकेको काँग्रेसका एक सदस्यले जानकारी दिए ।
ती सदस्यका अनुसार उपसभापति दुई वा तीन बनाउने विकल्प मस्यौदामा समेटिएको छ भने उपसभापति तीन राख्न प्रस्ताव गर्नेहरुले सहमहामन्त्री पनि तीन नै प्रस्ताव गरेका छन् । पदाधिकारीको निर्वाचन प्रणालीमा तीन वटा प्रस्ताव गरिएको छ ।
सभापतिको अधिकार बढाउने विषयमा विवाद
पार्टी सभापति शेरबहादुर पक्षीय नेताहरुले सबै सभापतिले मनोनित गर्ने र केन्द्रीय समितिलाई जानकारी मात्र दिने प्रस्ताव गरेका छन् ।
तर, यो प्रस्तावको बरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले विरोध गरेका छन् । त्यस्तै यसअघि देउवा नजिक मानिएका महामन्त्री शशांक कोइरालाले पनि सभापतिलाई थप शक्तिशाली बनाउने प्रस्तावको विरोध गरेका छन् ।
महामन्त्री कोइरालाले आइतबार बुटवलमा आयोजित एक कार्यक्रममा बन्दै गरेको विधानमा सभापतिलाई थप शक्तिशाली बनाउन गरिएको प्रस्ताव जायज नभएको बताएका हुन् ।
‘सभापतिको अधिकार बिकेन्द्रीकरण गर्नुपर्छ । तल्लो तहलाई बरु तल्लो तहलाई अझ बलियो बनाउनुपर्छ ,गाँउ र प्रदेशमा अधिकार दिनुपर्छ’ काँग्रेसको नयाँ विधानबारे कोइरालाको भनाई छ ।
हाल काँग्रेस केन्द्रीय समिति ७० प्रतिशत निर्वाचित र ३० प्रतिशत मनोनित प्रकृयाबाट चयन हुने व्यवस्था छ । तर, नयाँ विधानमा पुरानै वा सबै निर्वाचित हुनुपर्ने प्रस्ताव राखिएको छ । त्यस्तै संसदीय समिति र अनुशासन समिति पनि निर्वाचनबाटै बनाउनुुपर्ने प्रस्ताव नयाँ विधानको मस्यौदामा छ ।
हाल ६ पदाधिकारीमध्ये सभापति, महामन्त्री र कोषाध्यक्ष महाधिवेशनबाटै निर्वाचित हुन्छन् भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीले सभापतिले प्रस्ताव गर्ने र केन्द्रीय कार्यसमितिले अनुमोदन गर्नुपर्ने व्यवस्था छ । तर,नयाँ विधानको मस्यौदामा नौ पदाधिकारीको प्रस्ताव गरिएको छ ।
अब बन्ने काँग्रेसको विधानमा केन्द्रीय कार्यसमिति १०१ देखि १३१ सदस्यीयभित्रमा सहमति खोज्नेगरी विकल्प मस्यौदामा समेटेको छ ।
सभापतिको अधिकार बढाउने विषयमा सिटौला पक्षले पनि विरोध गर्दै आएको छ । सिटौला पक्षका एक सदस्यका अनुसार सभापतिलाई अधिकार थप्दा तानशाही बन्नसक्छ । ‘प्रजातान्त्रिक हुनुपर्ने बेलामा तानशाही बनाउने प्रयास ठिक होइन’ ती सदस्यले रातोपाटीसँग भने ।
चारथरी सदस्यता
काँग्रेसले विधानको मस्यौदामा पार्टी सदस्यतालाई चार भागमा वर्गीकरण गर्ने प्रस्ताव छ ।
साधारण, क्रियाशील, सम्मानित र विशेष सदस्यता व्यवस्थाको विकल्प अघिसारिएपनि प्रारम्भिक मस्यौदामा त्यसबारे सहमति भैनसकेको मस्यौदा समितिका एक सदस्यले बताए ।
हालको विधानमा काँग्रेसमा साधारण र क्रियाशील गरी दुई किसिमको सदस्यताको व्यवस्था छ ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












