‘अनुपयुक्त लगानी मोडलमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माण हुँदैन’-उर्जा मन्त्री पुन
काठमाडाैँ ८,असोज । ऊर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ले अनुपयुक्त लगानी मोडलमा बुढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनीसँग समझदारी नहुने बताएका छन्। नेपाल ऋणको चपेटा (डेब्ट ट्राप)मा नपर्ने गरी आयोजना निर्माण गर्ने भन्दै मन्त्री पुनले वित्तीय जोखिमप्रति सचेत रहेको बताए।
‘हामी अहिले बुढीगण्डकी जलविद्युत आयोजनाका सन्दर्भमा ऋणको ट्रयापको कुरा भइरहेको छ,’ मन्त्री पुनले भने, ‘यस विषयमा हामी सचेत छौँ। अहिले विश्वव्यापी ट्रेन्ड यसको आएको छ। हामी सचेत भएर अघि बढ्छौँ।’ नेपालको वैदेशिक ऋण कूल गार्हस्थ उत्पादनको एक तिहाई भन्दा कम रहेको भन्दै पुनले पूर्वाधार विकासका लागि ऋण लिने ‘स्पेस’ रहेको बताए।
दातृ निकायबाट प्राप्त भइरहेको ‘सफ्ट लोन’ भन्दा महँगो नहुने गरी बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको समझदारी हुने उनले जानकारी दिए। ‘सबै काम उसैले गर्दा लागत अत्याधिक हुने र हामी समस्यामा पर्न सक्ने अवस्थाप्रति सचेत छौँ,’ उनले भने, ‘यसका लागि कसरी काम गर्ने भन्ने निर्णय संयन्त्रले नै गर्नेछ।
बुढीगण्डकी निर्माणका लागि हुने समझदारीमा गेजुवाले काम गर्न नसके बिचैमा सम्झौता तोड्न सक्ने शर्तसहित हस्ताक्षर गर्ने पुनले बताए। ‘आयोजनाको प्रगति भएन भने सम्झौता बिचैमा भंग गर्न सक्ने गरी समझदारी गर्छौँ,’ पुनले भने।
मन्त्री पुनले आयोजनाको लागत, निर्माणको मोडालिटी तथा त्यसबाट प्राप्त हुने प्रतिफलका विषयमा विज्ञसहितको समूहमा छलफल गर्ने र टुंगमा पुग्ने उनले दिए। ऊर्जा मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा सहसचिव दिनेशकुमार घिमिरेले राष्ट्रिय हितलाई ध्यानमा राखेर वार्ता गर्ने भन्दै नेपाली पक्ष सन्तुष्ट हुन नसक्ने अवस्थामा समझदारी नहुन सक्ने उल्लेख गरे।
मन्त्री पुनले पहिले पनि प्रतिस्पर्धाका लागि आव्हान गर्दा बुढीगण्डकी निर्माण गर्न कुनै पनि कम्पनी ईच्छुक नदेखिएकाले सरकारले कानुनी व्यवस्थाअनुरुप नै समझदारीका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको दावी गरे। ‘माथिल्लो कर्णाली तथा अरुण तेस्रो जस्तै गरी आव्हान गर्दा कुनै कम्पनी ईच्छुक भएनन्,’ उनले भने।
मन्त्रिपरिषदको शुक्रबारको बैठकले ऊर्जा मन्त्रालयलाई गेजुका प्रतिनिधि बोलाउने, वार्ता गर्ने, मोडालिटी र संयन्त्रबारे छलफल गरी निर्णय गर्ने अधिकार दिएको उनले जानकारी दिए।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले चिनियाँ कम्पनीलाई नै आयोजना निर्माण गर्न दिने गरी गरेको समझदारी शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेपछि बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा अन्यौल बढ्दै गएको थियो। देउवा सरकारले स्वदेशी लगानीमा बनाउने निर्णय गरेको भए पनि मोडालीटी यकिन गरेको थिएन।
१२ सय मेगावाटको आयोजना २ खर्ब ६० अर्ब रुपैयाँमा निर्माण सम्पन्न हुने अनुमान विस्तृत परियोजना प्रतिवेदनमा गरिएको छ। यद्यपि निर्माण प्रक्रियामा ढिलाई हुँदा लागत बढेर ३ खर्ब पुग्ने अनुमान ऊर्जा मन्त्रालयले गरेको छ।
आयोजनाका लागि भन्दै सरकारले आर्थिक वर्ष २०७३/०७४ को बजेटमार्फत पेट्रोलियम पदार्थमा प्रति लिटर पाँच रुपैयाँ पूर्वधार कर संकलन गरिरहेको छ। सरकारले चालु आर्थिक वर्षमा आयोजना प्रभावितलाई मुआब्जा वितरण गरिसक्ने लक्ष्य लिएको छ। चालु आर्थिक वर्षको बजेटमार्फत यो आयोजनालाई १८ अर्ब रुपैयाँ बजेट छुट्याइएको छ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












