प्रचण्डको जनप्रतिनिधिलाई प्रश्नः अहिले पनि काम गर्न नसके कहिले गर्ने ?
चितवन ८,असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्दिको अवसरलाई उपयोग गर्नुपर्ने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको बैठकको उदघाटन समारोहमा सम्बोधन गर्दै प्रचण्डले जनअपेक्षा अनुरुप काम गर्न नसके जनताले भविष्यमा नपत्याउने बताएका हुन् ।
“अहिले केन्द्र, प्रदेश र स्थानीय तहमा हाम्रो पार्टीले जितेको छ । प्रतिपक्षले पनि विकासका काममा हाम्रो अवरोध हुँदैन भनेको छ ।” प्रचण्डले भने, “यस्तो अवसर हुँदा समेत हामीले केही गर्न सकेनौं भने यदि हुँदा पनि गर्न सकेनौं भने भोलि गएर हामीले गर्न सक्छौं भनेर भाषण गर्दा पत्याउने स्थिति हुँदैन । अनि किन पत्याउने जनताले ?”
अध्यक्ष प्रचण्डले हरेक स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा प्राथमिकता छुट्टयाएर काम अघि बढाउनुपर्ने बताए ।
प्रचण्डले भने, “हरेक स्थानीय तहको एउटा भिजन हुनुपर्यो । कहाँ, के कस्तो सम्भावना छ, श्रोतको अवस्था के छ ? आवश्यकता के छन् भन्ने कुरा प्राथमिकताका आधारमा विश्लेषण गरेर यो वर्ष यो योजना सम्पन्न गर्ने, अर्को वर्ष यो गर्ने भन्ने कुरा जनतालाई पनि थाहा दिनुपर्यो ।”
पूर्वाधारको विकास नै अहिलेको मुख्य काम भएको बताउँदै अध्यक्ष प्रचण्डले पूर्वाधार निर्माणमा पनि वार्षिक कार्ययोजना अनुसार अघि बढ्न सुझाव दिए । सिँगै जिल्लाको एउटा योजना र स्थानीय तहको पनि योजना बनाएर जान सके परिणाममुखी काम गर्न सकिने उनको जिकिर थियो ।
चितवन जिल्लामा सडक सञ्जालको बिस्तार र स्तरोन्नती, तटबन्ध लगायतका मुद्दाहरु हल गर्नुपर्ने बताउँदै प्रचण्डले हुलाकी मार्ग भारतले बनाउने भएपनि ढिला भएपछि त्यसका लागि कम्तीमा रकम निकासा गर्ने वातावरण बन्दै गएको बताए ।
Comments
अरु समाचार
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
भारतीय ग्यास बुलेटले लियाे नेपाली किशोरीको ज्यान !
काठमाडौं । चिनवनको भरतपुरमा भारतीय ग्यास बुलेटको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ। मंगलबार विहान ७ बजतिर भरतपुरको मालपोत चोकमा...
-
पाँचखालमा अवस्था तनावग्रस्त बन्दा अरनिकाे राजमार्ग अवरूद्ध !
काठमाडौं । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका...
-
भारतीय ब्याटर प्रियांकको उत्कृष्ट प्रदर्शनमा चितवनलाई १६७ रनको लक्ष्य प्रस्तुत !
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको दोस्रो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १६७ रनको लक्ष्य दिएको छ ।...
-
टिकट नलिएकाहरु मैदान वरपर गएर भीडभाड नगर्न प्रहरीको आग्रह !
काठमाडौं । किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय खेलमैदानमा आजबाट सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताका सबै टिकट बिक्री भइसकेकाले टिकट...
-
त्रिवि केन्द्रीय क्याम्पसका विद्यार्थीलाई एनपीएलमा विशेष छुट !
काठमाडौं । क्यानले नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका खेलहरू हेर्न त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरका विद्यार्थीहरूका लागि विशेष छुटको घोषणा...
-
प्रधानमन्त्री कार्कीद्वारा भ्रमपूर्ण समाचारप्रति ध्यानाकर्षण
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले केही दिनदेखि गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न...
-
भाषण गर्दागर्दै जिफन्टका उपाध्यक्ष गौतमको निधन
रुपन्देही । भाषण गर्दागर्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ। नेपाल विद्युत प्राधिकरणले...












