प्रचण्डको जनप्रतिनिधिलाई प्रश्नः अहिले पनि काम गर्न नसके कहिले गर्ने ?
चितवन ८,असोज । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा चितवन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य पुष्पकमल दाहाल प्रचण्डले विकास र समृद्दिको अवसरलाई उपयोग गर्नुपर्ने बताएका छन् । चितवन जिल्ला समन्वय समितिको बैठकको उदघाटन समारोहमा सम्बोधन गर्दै प्रचण्डले जनअपेक्षा अनुरुप काम गर्न नसके जनताले भविष्यमा नपत्याउने बताएका हुन् ।
“अहिले केन्द्र, प्रदेश र स्थानीय तहमा हाम्रो पार्टीले जितेको छ । प्रतिपक्षले पनि विकासका काममा हाम्रो अवरोध हुँदैन भनेको छ ।” प्रचण्डले भने, “यस्तो अवसर हुँदा समेत हामीले केही गर्न सकेनौं भने यदि हुँदा पनि गर्न सकेनौं भने भोलि गएर हामीले गर्न सक्छौं भनेर भाषण गर्दा पत्याउने स्थिति हुँदैन । अनि किन पत्याउने जनताले ?”
अध्यक्ष प्रचण्डले हरेक स्थानीय तहले स्थानीय आवश्यकताका आधारमा प्राथमिकता छुट्टयाएर काम अघि बढाउनुपर्ने बताए ।
प्रचण्डले भने, “हरेक स्थानीय तहको एउटा भिजन हुनुपर्यो । कहाँ, के कस्तो सम्भावना छ, श्रोतको अवस्था के छ ? आवश्यकता के छन् भन्ने कुरा प्राथमिकताका आधारमा विश्लेषण गरेर यो वर्ष यो योजना सम्पन्न गर्ने, अर्को वर्ष यो गर्ने भन्ने कुरा जनतालाई पनि थाहा दिनुपर्यो ।”
पूर्वाधारको विकास नै अहिलेको मुख्य काम भएको बताउँदै अध्यक्ष प्रचण्डले पूर्वाधार निर्माणमा पनि वार्षिक कार्ययोजना अनुसार अघि बढ्न सुझाव दिए । सिँगै जिल्लाको एउटा योजना र स्थानीय तहको पनि योजना बनाएर जान सके परिणाममुखी काम गर्न सकिने उनको जिकिर थियो ।
चितवन जिल्लामा सडक सञ्जालको बिस्तार र स्तरोन्नती, तटबन्ध लगायतका मुद्दाहरु हल गर्नुपर्ने बताउँदै प्रचण्डले हुलाकी मार्ग भारतले बनाउने भएपनि ढिला भएपछि त्यसका लागि कम्तीमा रकम निकासा गर्ने वातावरण बन्दै गएको बताए ।
Comments
अरु समाचार
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...












