न्युयोर्कमा ट्रम्प-ओलीको भेट-हात मिलाउन र फोटो खिचाउदैमा बित्त्यो २ मिनेट
२ मिनेटमा फोटो खिच्ने देखि ट्रम्पको प्रशंसा गर्न सम्म भ्याए ओलीले
काठमाडौं १०,असोज । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफल भएको हो ।
स्वागत समारोहमा सहभागी हुने सबैसँग अमेरिकी राष्ट्रपतिले संक्षिप्त कुराकानी गर्दै फोटो खिच्ने प्रचलन छ । सबै सदस्य मुलुकका उच्चस्तरीय पाहुना आउने र छलफल हुनाले पनि यो स्वागत समारोह करिव पाँच घण्ट चल्छ । यही समयमा कुराकानीको मौका छोप्न ओली आफ्नो सम्बोधन भन्दा चार दिन पहिले नै न्यूयोर्क ओर्लेका हुन् ।
उनीहरुबीचको संक्षिप्त कुराकानी र छलफलमा सहभागिताबारे न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिंदै भनेको छ , ‘७३औँ महासभामा भाग लिन न्यूयोर्क आइपुगेका विभिन्न मुलुकका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा सरकारका प्रतिनिधिको सम्मानमा गरिएको समारोहका प्रधानमन्त्री ओली र पत्नी राधिकाले सहभागिता जनाएका छन ।’
संक्षिप्त समयको फाइदा उठाउदै ओलीले नेपालको दीगो शान्ति, विकास र दुईपक्षीय उच्चस्तरको भ्रमणबारे धारणा राखेको जानकारी उनको सचिवालयले जनाएको छ । ७० औं महासभामा सुशील कोइरालाले ओबामालाई भेटेका थिए । त्यसपछि कुनै पनि प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपतिसँग कार्यक्रममै भए पनि भेटघाट गर्न पाएका थिएनन ।
गत वर्ष तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा सम्बोधन गर्ने गरी मात्र आएकाले स्वागत समारोहमा सहभागि भएनन् । उनी स्वागत समारोह सकिएको भोलिपल्ट आएका थिए ।
ओलीले परिचयसँगै भएको कुराकानी करिब दुई मिनेट मात्र रहेको जानकारी दिएका हुन् । उनले ट्रम्पले गरेको शान्तिको पहलको प्रशंसासमेत गर्न भ्याए ।
सिंगापुरको अमेरिका–उत्तर कोरिया वार्ताले विशवका सकारात्मक सन्देश दिएको बताएको उनले सुनाएका ब्यक्तिले जानकारी दिए । प्रधानमन्त्रीस्तरबाट चार वर्षपछि नेपालका प्रधानमन्त्रीले अमेरिकी राष्ट्रपति भेटेका हुन् ।
गतवर्ष प्रधानमन्त्री स्वागत समारोहमा आइनपुग्ने भएपछि उपप्रधान तथा परराष्ट्रमन्त्री सहभागी हुन गेट पुगे पनि नामको संयोजन हुन नसक्दा लज्जित भएर पर्कनु परेको थियो । यसपटक त्यस्तो अवस्था भने आएन । प्रधानमन्त्रीले भित्र अन्य मुलुकका राष्ट्र एवं सरकार प्रमुखसँग पनि भेटे । उनी दुईपक्षीय सहकार्य र उच्चस्तरको भ्रमण आदन प्रदानको बारेमा छलफल गरेका बताइएको छ ।
अमेरिकी राष्ट्रपति र प्रथम महिलाले महासभाको उच्चस्तरीय बसह आरम्भ हुने अघिल्लो दिन यस्तो भोज दिने चलन छ । त्यही प्रथालाई अमेरिकीले कायम गर्दै आएको हो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












