जब संयुक्त राष्ट्रसघंको महासभामा ट्रम्पको भाषण सुनेर यसरी हाँसो गुञ्जियो
न्युयोर्क । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी नेतृत्वको तिखो हमला गरेका छन् । उनका अनुसार इरानले पूरा मध्य पूर्वमा ‘अराजकता, हत्या र विनाश’ को माहौल बनाएको छ ।
ट्रम्पले यो कुरा न्यूयोर्कमा संयुक्त राष्ट्रको महासभाको ७३ औं अधिवेशनमा भनेका हुन् । उनले इरानसँग परमाणु सम्झौता रद्द गर्ने आफ्नो निर्णयको पनि बचाउ गरे ।
उनले भने, ‘इरानको नेतृत्वले आफ्नो छिमेकी देश, त्यसको सीमा र सम्प्रभुताको सम्मान गर्दैन । इरानका नेताले देशको स्रोत साधनको प्रयोग आफूलाई धनी बनाउन र मध्य पूर्वमा हलचल मच्चाउनका लागि गरिरहेको छ ।’
आफ्नो प्रशासनले अमेरिकाको इतिहासमा ‘अरु सबैले भन्दा धेरै’ काम पूरा गरेको पनि ट्रम्पले बताए ।
उनको यो कुरा सुनेर दर्शकदीर्घामा रहेकाहरु हाँस्न थाले ।
हाँसो गुञ्जिएपछि ट्रम्प पनि हाँसे र भने, ‘मैले यस्तो प्रतिक्रियाको आशा गरेको थिइनँ ।’ त्यसपछि ट्रम्पले ठूलो आवाजमा दोहोराउँदै भने, ‘अमेरिका यसअघि यति बलियो, धनी र सुरक्षित कहिले पनि थिएन ।’
उत्तर कोरियासँग नरम, चीनमा कडाः
ट्रम्पले उत्तर कोरियासँग अमेरिकाको नरम र चीनसँगको कडा व्यवहराको पनि बचाउ गरे ।
यी सबैबाहेक ट्रम्पको भाषणको निचोड यहि थियो कि उनी संसारमा अमेरिकालाई आफ्नो तरिकाले चलाउने अधिकारको वकालत गरिरहेका थिए ।
उनले भने, ‘म हरेक देशको परम्परा, विश्वास र रिति रिवाज मान्न पाउने अधिकारको सम्मान गर्छु । अमेरिकाले तपाईं कसरी बस्ने, कसरी काम गर्ने र कसको पूजा गर्ने भन्नेबारे सिकाउँदैन । यसको बदलामा तपाईंबाट हामी हाम्रो सम्प्रभुताको सम्मान चाहन्छौं ।’
बीबीसी कूटनीतिक संवाददाता जेम्स रोबिन्सको विश्लेषणः
ट्रम्पको भाषणबाट यदि तुरुन्त कुनै हेडलाइन निकाल्ने हो भने उत्तर कोरियाको साटो अब इरान उनको सबैभन्दा ठूलो दुश्मन बनेको छ । तर उनको भाषणले यसबाहेक धेरै कुरा दर्साउँछ ।
गत वर्ष ट्रम्पले संयुक्त राष्ट्र र यसको बहुपक्षवादमा जुन हमला गरेका थिए, यसवर्ष त्यसको ठूलो रुप देख्न पाइयो । संयुक्त राष्ट्र आफ्नो सदस्यसँग मिलेर एक लक्ष्य प्राप्तीका लागि काम गर्ने वकालत गर्छ तर ट्रम्प भने यसको आलोचना गर्छन् ।
ट्रम्पले आफ्नो भाषणमा वैश्विकताको निन्दा त गरेका छन्, अन्तर्राष्ट्रिय आपराधिक अदालतलाई पनि छोडेका छैनन् । ट्रम्पको यसपटकको भाषणमा राष्ट्रवाद र देशको सम्प्रभुताका लागि उनको प्रेम थप उजागर भएको छ ।
ट्रम्पका लागि राष्ट्रवाद त्यो एउटा मात्र बाटो हो जुन अमेरिकाका मानिसहरुको अधिकार र स्वतन्त्रताको रक्षा गर्न सक्छ ।
ट्रम्पले अरु के भने ?
– डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठनको तिखो आलोचना गरेका छन् र उनी डब्ल्यूटीओको थप ‘उत्पीडन’ सहन नसक्ने बताएका छन् ।
– उनले चीनलाई बौद्धिक सम्पदाको चोरीको आरोप लगाए । ट्रम्पले चीनको यस्तो व्यवहारका कारण नै अमेरिका र चीनबीच ‘व्यापार युद्ध’ को स्थिती निम्तिएको बताए ।
– उनले वैश्विकतालाई खारेज गर्दै ‘देशभक्ति’ को तारिफ गरेका छन् ।
– ट्रम्पका अनुसार अवैध प्रवासीका कारण नै आपराधीको नेटवर्क बन्न मद्दत मिलेको र यसले स्थानीयका लागि समस्या पैदा हुने गर्छ । उनका अनुसार पलायन र प्रवासजस्तो मसला अन्तर्राष्ट्रिय संस्थाको हातमा दिन सकिँदैन ।
इम्यानुएल म्याक्रोंको जवाफः
ट्रम्पको भाषणपछि बोल्ने फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोंले आफूले कहिले पनि सम्प्रभुताको सिद्धान्त मान्न कहिले अस्विकार नगरेको भन्दै यसलाई हतियारको रुपमा प्रयोग गर्न नहुने बताएका छन् ।
म्याक्रोंले यसबारे कुराकानी र संवाद हुनुपर्ने बताएका छन् । उनले भने, ‘म सम्प्रभुताको सिद्धान्तलाई ती राष्ट्रवादीहरुको हातमा छोड्दिनँ जसले हाम्रो सिद्धान्तमाथि हमला गर्नका लागि त्यसको प्रयोग गर्ने गर्छन् ।’
म्याक्रोंले भने, ‘म सबैभन्दा शक्तिशालीले बनाएको कानूनलाई विश्वास गर्दिनँ ।’
उनले थपे, ‘म वैश्विक सन्तुलनमा विश्वास गर्छु । २१ औं शताब्दीमा बलियो बहुपक्षीय रवैया बिना हामी जित्न सक्दैनौं ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












