रोनाल्डो आवद्ध युभेन्टसको शानदार जित, अंक तालिकाको कुन स्थानमा छ ?
काठमाडाैँ ११,असोज । जारी इटलीयन फुटबल प्रतियोगिता सिरी ‘ए’ मा युभेन्टसका विजयी यात्रा कायम रहेको छ । गयराती भएको खेलमा पनि स्टार खेलाडी रोनाल्डोको टिम युभेन्टस विजयी भएको छ । लिगमा युभेन्टसको यो लगातार छैटौं जित हो ।
खेलको ११औं मिनेटमै पाउलो डिवालाले उत्कृष्ट एक्रोब्याटि शटमार्फत युभेन्टसलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा क्रिष्टियानो रोनाल्डोको पासमा माटुइडीले क्लोज रेञ्जबाट गोल गरी २–० को अवस्थामा पुर्याए । दुई खेलमा तीन गोल गरेको रोनाल्डोले यस खेलमा गोल गर्न सकेनन् । युभेन्टसले लिगका ६ खेलबाट १८ अंक जोडेको छ ।
यो सिजन युभेन्टसको ८८ वर्षयताकै शानदार सुरुआत हो । लिगमा छ उसले पछिल्लो तीन वर्षदेखि नै लगातार ६ खेलमा जित हासिल गर्दै आएको छ । तर, सिजनको कुरा गर्दा भने च्याम्पियन्स लिगमा भ्यालेन्सियाबिरुद्धको जित पनि जोडिएको छ । बुधबार राति नै भएका खेलहरुमा नापोलीले पार्मालाई ३–० गोलले हराएको छ भने रोमाले फ्रोसिनोनलाई ४–० गोलले पराजित गरेको छ ।
Comments
अरु समाचार
-
फिफा विश्वकप: सर्वाधिक गोलको रेकर्ड मेस्सीको नाममा, अष्ट्रियालाई हराउन दुई गोल निर्णायक
काठमाडौं । अर्जेन्टिनाका कप्तान Lionel Messi ले फिफा विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान आफ्नो नाममा दर्ज गरेका...
-
विश्वकप फुटबल: नेदरल्यान्ड्सले स्वीडेनलाई हरायो, कुराकाओ र इक्वेडरले खेले बराबरी
काठमाडौं। फिफा विश्वकप फुटबलमा गए राति भएका खेलमा जर्मनी र नेदरल्यान्ड्सले जित निकालेका छन् । आइभरी कोस्टलाई २–१ ले पराजित...
-
फिफा विश्वकप: हाइटीलाई ३ गोलले पराजित गर्दै ब्राजिल शीर्ष स्थानमा
काठमाडौं । फिफा विश्वकप फुटबलमा ब्राजिलले हैटीलाई ३ गोलले हराएको छ । ब्राजिलले खेलको पहिलो हाफमा नै तीन गोल गर्यो...
-
फिफा विश्वकप फुटबल २०२६: स्कटल्याण्डलाई मोरक्कोले १–० ले हरायो
काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले पहिलो जित निकालेको छ । शनिबार बिहान बोस्टन स्टेडियममा...
-
चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले, क्यानडा र स्वीजरल्याण्डको जीत
काठमाण्डौ । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...











