सरकारले सम्झौता कार्यान्यन नगरेको भन्दै, १६ औँ अनशन तयारीमा डा. केसी
काठमाडाैँ १२,असोज । प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेमा फेरि अनशन बस्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर डा केसीले सरकारले सम्झौता कार्यान्वयन नगरे १६औं अनसन बस्ने बताएका हुन्।
२७ दिनसम्म चलेको १५ औं अनसन बस्दा सरकाले आफ्ना सबै माग पुरा गर्ने भनेर सम्झौता गरेको स्मरण गराउँदै डा केसीले सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने बताए । प्रधानमन्त्रीसँगको वार्तापछि आफूसँग भएका सम्झौता केही महिनामै सरकारले भुलेको भन्दै उनले त्यसलाई तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् ।
चिकित्सा क्षेत्र सुधारका लागि सरकारसँग भएका सम्झौताको मर्मविपरीत विभागीय (शिक्षा र स्वास्थ्य) मन्त्रीहरु हिँडिरहेको बताउँदै उनले आफूलाई धोका नदिन पनि चेतावनी दिए ।
एउटै विषयमा लगातार अनशन बस्नुपर्दा आफूलाई दिक्क लागिसकेको पनि उनले उल्लेख गरे । ‘सधैँ एउटै माग लिएर कति अनशन बस्नु, अब त लाज लाग्ने अवस्था भइसकेको छ’, केसीले भने, ‘मेरो अनशन र आन्दोलन चिकित्सा क्षेत्र सुधार गर्न हो मैले कुनै पद या नेतृत्वमा जान लड्दै आएको हो ।’
केसीले अब आफूलाई सरकारले धोका दिएर ढाँट्न नसक्ने पनि जिकिर गरे । ‘सरकारले मलाई पटक पटक धोका दियो’, उनले अगाडि भने, ‘अब यसरी सधैँ चल्दैन, सरकारले धोकाको खेल खेल्यो भने चुप बस्दिनँ, कुनै पनि हालतमा सरकारलाई जिम्मेवार बनाएरै छाडछु ।’
दल र नेताहरुले शिक्षा-स्वाथ्यक्षेत्रलाई कमाइ खाने भाँडो बनाएको उल्लेख गर्दै केसीले अब यस्ता खालका अपराध कुनै हालतमा रोकिनै पर्ने पनि बताए ।
Comments
अरु समाचार
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
प्रतिनिधिसभा बैठक आज पनि, बजेटबारे सम्बन्धित मन्त्रीको जवाफ
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ...
-
फिफा विश्वकप २०२६: पोर्चुगल र डिआर कंगो १-१ को बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह 'के' को खेलमा कंगो डीआरले पोर्चुगललाई १-१ को बराबरीमा रोक्दै ऐतिहासिक उपलब्धि हासिल...
-
आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको...
-
अर्जेन्टिनाका मेस्सीले गरे ह्याट्रिक, उनका फ्यानहरू उत्साहित
काठमाडौं । लियोनेल मेस्सीको लगातारको उत्कृष्ट प्रदर्शन र कीर्तिमानी ह्याट्रिकका कारण उनका फ्यानहरू निकै उत्साहित भएका छन् । उनको यो...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
विश्वकप फुटबलमा फ्रान्सको विजयी शुरुआत, एम्बाप्पेले गरे दुई गोल
काठमाण्डौ - फिफा विश्वकप फुटबलमा फ्रान्सले विजयी शुरुआत गरेको छ । न्यूयोर्कको न्युजर्सी स्टेडियममा गए राति सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...











