सरकारले सम्झौता कार्यान्यन नगरेको भन्दै, १६ औँ अनशन तयारीमा डा. केसी
काठमाडाैँ १२,असोज । प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारले आफूसँग गरेका सम्झौता कार्यान्वयन नगरेमा फेरि अनशन बस्ने चेतावनी दिएका छन् । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर डा केसीले सरकारले सम्झौता कार्यान्वयन नगरे १६औं अनसन बस्ने बताएका हुन्।
२७ दिनसम्म चलेको १५ औं अनसन बस्दा सरकाले आफ्ना सबै माग पुरा गर्ने भनेर सम्झौता गरेको स्मरण गराउँदै डा केसीले सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने बताए । प्रधानमन्त्रीसँगको वार्तापछि आफूसँग भएका सम्झौता केही महिनामै सरकारले भुलेको भन्दै उनले त्यसलाई तत्काल कार्यान्वयन गर्न उनले आग्रह गरेका छन् ।
चिकित्सा क्षेत्र सुधारका लागि सरकारसँग भएका सम्झौताको मर्मविपरीत विभागीय (शिक्षा र स्वास्थ्य) मन्त्रीहरु हिँडिरहेको बताउँदै उनले आफूलाई धोका नदिन पनि चेतावनी दिए ।
एउटै विषयमा लगातार अनशन बस्नुपर्दा आफूलाई दिक्क लागिसकेको पनि उनले उल्लेख गरे । ‘सधैँ एउटै माग लिएर कति अनशन बस्नु, अब त लाज लाग्ने अवस्था भइसकेको छ’, केसीले भने, ‘मेरो अनशन र आन्दोलन चिकित्सा क्षेत्र सुधार गर्न हो मैले कुनै पद या नेतृत्वमा जान लड्दै आएको हो ।’
केसीले अब आफूलाई सरकारले धोका दिएर ढाँट्न नसक्ने पनि जिकिर गरे । ‘सरकारले मलाई पटक पटक धोका दियो’, उनले अगाडि भने, ‘अब यसरी सधैँ चल्दैन, सरकारले धोकाको खेल खेल्यो भने चुप बस्दिनँ, कुनै पनि हालतमा सरकारलाई जिम्मेवार बनाएरै छाडछु ।’
दल र नेताहरुले शिक्षा-स्वाथ्यक्षेत्रलाई कमाइ खाने भाँडो बनाएको उल्लेख गर्दै केसीले अब यस्ता खालका अपराध कुनै हालतमा रोकिनै पर्ने पनि बताए ।
Comments
अरु समाचार
-
भारतमा नाइट क्लबमा आगलागी ४ नेपालीसहित २५ जनाको मृत्यु !
काठमाडौं । भारतको गोवास्थित नाइट क्लबमा भएको आगलागीमा परी चार नेपाली नागरिकको समेत मृत्यु भएको छ । आइतबार बिहान भएको...
-
श्रीमान्–श्रीमतीबीच विवाद : असईले गरे छोराको हत्या !
काठमाडौं । सिनामंगलमा नेपाल प्रहरीका सहायक निरीक्षक (असई)ले आफ्नै चार महिने छोराको हत्या गरेका छन् । छोरा हत्याको आरोपमा असई...
-
एनपिएलः आज खेल नहुने
काठमाडाैं । काठमाडाैंकाे कीतिर्पुर अवस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज कुनै खेल...
-
बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासुको मृत्यु, ससुरा गम्भीर
काठमाडौं । भतिजी बुहारीले खानामा विष मिसाएर खुवाएपछि मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलकी ७७ वर्षे इन्द्रमाया राईको मृत्यु भएको भने...
-
थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप !
काठमाडौं । थाइल्याण्ड र कम्बोडियाबीच सीमानामा पुनः झडप भएको छ। गत जुलाईमा दुई देशका सेनाबीच सिमानामा ५ दिनसम्म आक्रमण प्रत्याक्रमण...
-
ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
काठमाडाैं । बागलुङको ताराखोला गाउँपालिका–५ मराममा आइतबार स्काभेटर चलाइरहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल...
-
हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित
काठमाडौं । हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य हाललाई स्थगित गरिएको छ । डिभिजन सडक कार्यालय हेटौँडाले पत्रकार सम्मेलनको आयोजना...
-
नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने
काठमाडाैं । सडक निर्माणमा अपेक्षित प्रगति नभएपछि सरकारले नागढुङ्गा नौबिसे मलेखु सडक खण्ड आंशिक बन्द गरेर प्रक्रिया अगाडि बढाउने भएको...
-
संसद पुनर्स्थापनाको रिट लिएर कांग्रेस पनि सर्वोच्चमा
काठमाडाैं । कांग्रेसले पनि प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष...












