नेता नेपालको चियापानले नेकपामा मच्चायो रडाँको ! सामाजिक सञ्जालमै देखाउदै छन यस्तो चटक
काठमाडौं १४,असोज । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्यक्षद्वय देश बाहिर भएको बेला नेकपामा भने रँडाको मच्चिएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वयले एकलौटी गरेको भन्दै असोज १२ गते दिउँसो बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा ‘चियापान’ नाम दिइएको एउटा भेला नै गरे, अनि सुरु भयो नेकपाभित्र वाकयुद्ध
प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका ने क पाका स्थायी कमिटी सदस्य (हाल प्रधानमन्त्रीसँगै मुलुकबाहिर छन्) विष्णु रिमालले ट्विट लेख्दै नेता नेपालको उक्त कदमलाई पतनको संज्ञा दिए ।
हेर्नुहोस् के लेखेका थिए नेता रिमालले
“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब
आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू
गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je— Bishnu Rimal (@BishnuRimal) September 28, 2018
‘मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइग सल्लाह लिन शुरू गरिन्छ !’
त्यसो त बिहीबार प्रतिनिधिसभाको वर्षे (बजेट) अधिवेशन अन्त्यका दिन बोल्दै नेता नेपालले ‘सरकारका कारण शिर ठाडो पार्न नसकिएको र जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान सुनिरहनुपरेको’ भन्दै सरकार र पार्टी नेतृत्वको आलोचना सदनबाटै गरेका थिए ।
त्यसको भोलिपल्ट आयोजना गरेको चियाभेलालाई ओली निकट नेताहरूले चियातुफानको संज्ञा दिए ।
अनेरास्ववियुका सचिवसमेत रहेका आरसी लामिछानेको फेसबुक स्ट्याटस–

तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको चियाभेलाप्रतिको रोषलाई अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले ट्विटमार्फत नै जवाफ दिएका छन्– “सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरू पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !”
शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !
— Yogesh bhattarai (@yogesbhattarai) September 29, 2018
आरोप–प्रत्यारोको शृंखला यत्तिमै सीमित छैन । अहिले लम्बिएर कार्यकर्ताको फेसबुकका भित्ताभित्तामा पुगेको छ ।
यसलाई पुष्टि गरेका छन्– माधव नेपालका सहयोगी मोहन गौतमले । गौतमले आइतबार लामो स्ट्याटस लेख्दै बिहीबारको सम्वोधन “एउटा जननिर्वाचित प्रतिनिधिका दरूपमा संसदमा सरकारलाई सुझाव” भएको बताएका छन् ।
त्यतिमात्र नभइ नेता नेपालले आन्तरिक बैठकमा पनि सबैभन्दा बढी सुझाव दिने गरेको बताएका छन् । त्यसलाई षडयन्त्र देख्ने र मनमनै अनेकौँ कथा एवम् प्रसङ्ग जोडेर आफुहरु मात्र खास समर्थक भएको देखाउने प्रतिस्पर्धा चलेको भन्दै ‘त्यसलाई दरिद्र चिन्तन’को उपमा दिएका छन् ।
हेर्नुहोस् स्ट्याटस

यसैबीच नेता नेपालको पछिल्लो कदमप्रति पूर्वमाओवादी केन्द्रका नेताहरू भने मौन देखिएका छन् ।
पत्नीको उपचारको लागि सिंगापुर प्रस्थान गर्नुअघि पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्पादक बोलाएर पार्टी र सरकार सञ्चालनबारे अवगत गराएका थिए । उक्त भेलामा सम्पादकसमक्ष अध्यक्ष प्रचण्डले पार्टी र सरकार सञ्चालनप्रति आफूलाई चित्त नबुझेको तर पनि आफू ‘कुनै जोखिम उठाउने पक्षमा नरहेको’ बताएका थिए ।
ने क पाभित्र सल्किएको भुसको आगो ठम्याउन प्रचण्डको उक्त ‘सन्देश’ निकै काफी हुन्छ ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












