नेता नेपालको चियापानले नेकपामा मच्चायो रडाँको ! सामाजिक सञ्जालमै देखाउदै छन यस्तो चटक
काठमाडौं १४,असोज । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत रहेको केपी शर्मा ओली यतिबेला देश बाहिर छन् । अध्यक्षद्वय देश बाहिर भएको बेला नेकपामा भने रँडाको मच्चिएको छ । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वयले एकलौटी गरेको भन्दै असोज १२ गते दिउँसो बानेश्वरको इन्द्रेणी फुडल्याण्डमा ‘चियापान’ नाम दिइएको एउटा भेला नै गरे, अनि सुरु भयो नेकपाभित्र वाकयुद्ध
प्रधानमन्त्रीका सल्लाहकारसमेत रहेका ने क पाका स्थायी कमिटी सदस्य (हाल प्रधानमन्त्रीसँगै मुलुकबाहिर छन्) विष्णु रिमालले ट्विट लेख्दै नेता नेपालको उक्त कदमलाई पतनको संज्ञा दिए ।
हेर्नुहोस् के लेखेका थिए नेता रिमालले
“मानिसको पतन त्यस समय शुरू हुन्छ, जब
आफ्नैलाई ढाल्न पराईसंग सल्लाह लिन शुरू
गरिन्छ!” pic.twitter.com/5I9Lvwc7je— Bishnu Rimal (@BishnuRimal) September 28, 2018
‘मानिसको पतन त्यस समय शुरू हुन्छ, जब आफ्नैलाई ढाल्न पराइग सल्लाह लिन शुरू गरिन्छ !’
त्यसो त बिहीबार प्रतिनिधिसभाको वर्षे (बजेट) अधिवेशन अन्त्यका दिन बोल्दै नेता नेपालले ‘सरकारका कारण शिर ठाडो पार्न नसकिएको र जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान सुनिरहनुपरेको’ भन्दै सरकार र पार्टी नेतृत्वको आलोचना सदनबाटै गरेका थिए ।
त्यसको भोलिपल्ट आयोजना गरेको चियाभेलालाई ओली निकट नेताहरूले चियातुफानको संज्ञा दिए ।
अनेरास्ववियुका सचिवसमेत रहेका आरसी लामिछानेको फेसबुक स्ट्याटस–

तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रिमालको चियाभेलाप्रतिको रोषलाई अर्का स्थायी कमिटी सदस्य योगेश भट्टराईले ट्विटमार्फत नै जवाफ दिएका छन्– “सत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरू पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !”
शत्ता र शक्तिको चुचुरोबाट हेर्दा अरु पतन भएको देख्दा रहेछन ! कठै दोसी चस्मा !
— Yogesh bhattarai (@yogesbhattarai) September 29, 2018
आरोप–प्रत्यारोको शृंखला यत्तिमै सीमित छैन । अहिले लम्बिएर कार्यकर्ताको फेसबुकका भित्ताभित्तामा पुगेको छ ।
यसलाई पुष्टि गरेका छन्– माधव नेपालका सहयोगी मोहन गौतमले । गौतमले आइतबार लामो स्ट्याटस लेख्दै बिहीबारको सम्वोधन “एउटा जननिर्वाचित प्रतिनिधिका दरूपमा संसदमा सरकारलाई सुझाव” भएको बताएका छन् ।
त्यतिमात्र नभइ नेता नेपालले आन्तरिक बैठकमा पनि सबैभन्दा बढी सुझाव दिने गरेको बताएका छन् । त्यसलाई षडयन्त्र देख्ने र मनमनै अनेकौँ कथा एवम् प्रसङ्ग जोडेर आफुहरु मात्र खास समर्थक भएको देखाउने प्रतिस्पर्धा चलेको भन्दै ‘त्यसलाई दरिद्र चिन्तन’को उपमा दिएका छन् ।
हेर्नुहोस् स्ट्याटस

यसैबीच नेता नेपालको पछिल्लो कदमप्रति पूर्वमाओवादी केन्द्रका नेताहरू भने मौन देखिएका छन् ।
पत्नीको उपचारको लागि सिंगापुर प्रस्थान गर्नुअघि पार्टी अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सम्पादक बोलाएर पार्टी र सरकार सञ्चालनबारे अवगत गराएका थिए । उक्त भेलामा सम्पादकसमक्ष अध्यक्ष प्रचण्डले पार्टी र सरकार सञ्चालनप्रति आफूलाई चित्त नबुझेको तर पनि आफू ‘कुनै जोखिम उठाउने पक्षमा नरहेको’ बताएका थिए ।
ने क पाभित्र सल्किएको भुसको आगो ठम्याउन प्रचण्डको उक्त ‘सन्देश’ निकै काफी हुन्छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












