नेकपाको त्यो बैठक किन अस्वीकार गरे नेता नेपालले,यस्तो छ त्यो निर्णय……..
किन भंग हुदैछ नेकपामा नेतृत्वको चेनअफ कमाण्ड
काठमाडाैँ १६,असोज ।नेपाल कम्युनिष्ठ पार्टिका नेता माधवकुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले असन्तुष्टि जनाएको सचिवालय बैठकको निर्णय दुई अध्यक्षको चाहनाभन्दा पनि अन्य नेताहरुको जोडबलमा भएको खुलेको छ । नेपाल र श्रेष्ठ विदेशमा रहेका बेला नेकपा सचिवालय बैठकले ७ प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको थियो ।
सचिवालय बैठकको निर्णय कार्यन्वनयका लागि परिपत्र जारी भएपछि बरिष्ठ नेता नेपालले सो निर्णय अश्वीकार्य हुने भन्दै स्थायी कमिटी सदस्यहरुको भेला समेत गरिसकेका छन् । परिपत्र फिर्ता लिएर स्थायी कमिटीबाट निर्णय गर्नु पर्ने नेता नेपालको माग छ ।
नेताहरुले भने अध्यक्षद्वय ओली र प्रचण्ड भन्दा बामदेव गौतमले तत्काल निर्णय गर्न दबाव दिएको दाबी गरेका छन् । गौतमलाई ईश्वर पोखरेलले साथ दिएका थिए भने झलनाथ खनाल र रामवहादुर थापा बादलले पनि समर्थन गरेको एक सचिवालय सदस्यले बताए ।
बैठकको दृष्य सुनाउँदै एक नेताले भने, ‘महासचिव बिष्णु पौडेलले कार्यदलले काम गर्न नसकेको भन्दै तीनै कार्यदललाई जिल्ला भन्दा तलका कमिटीहरुको एकीकरण गर्न जिम्मा दिने र मापदण्ड थपेर पठाउने खालको प्रस्ताव पेश गरेपछि बामदेव गौतम पड्किए । उनले पार्टी बिघटन गर्न खोज्ने ? भन्दै आजै दुईजना अध्यक्षले सल्लाह गरेर प्रदेश कमिटी गठनको प्रस्ताव ल्याउनुस भने । ईश्वर पोखरेलले दुई अध्यक्षले जस्तो प्रस्ताव ल्याए पनि समर्थन गर्छौर्र्ं तर अब पार्टीलाई भ्याकुममा नराखौं भने । ‘
पार्टी एकता घोषणा गर्ने दिन महासचिवको दाबेदार मानिएका ९ सदस्यीय सचिवालयका सदस्य ईश्वर पोखरेललाई झड्का लाग्यो । अर्का आकाङ्क्षी भीम रावल पनि अचानक दौडबाट बाहिरिए । महाधिवेशनबाट निर्वाचित महासचिवलाई छाडेर आफूभन्दा तल्लो वरियताका नेतालाई महासचिवको जिम्मेवारी दिएको भन्दै पोखरेल असन्तुष्ट देखिए । अध्यक्षद्वयको निर्णयमा नौवौँ वरियतामा भएका नेता महासचिव भए । यो निर्णय धेरै नेतालाई सरप्राइज भयो । जसले पार्टी पङ्क्तिमा तरङ्ग उत्पन्न भयो । त्यसैले अध्यक्षद्वयको यो निर्णय पनि विवादरहित बन्न सकेन । तत्कालीन एमालेको निर्वाचित महासचिव पोखरेल पार्टी एकीकरणपछि सचिवालय सदस्य बने । पोखरेलले तत्कालीन एमालेमा दसौँ महाधिवेशनपछि ओलीको उत्तराधिकारीका रूपमा आफूलाई उभ्याउन खोजेका थिए । तर पार्टी एकीकरणसँगै भावी अध्यक्षको दाबेदारका रूपमा प्रचण्ड र माधव नेपाल देखापरेका छन् । त्यसपछिको नेतृत्व स्थापित गर्ने गरी पौडेललाई अध्यक्षद्वयको निर्णयमा महासचिव बनाइयो ।
वरिष्ठ नेताको निर्णय
पार्टी एकताको समय नेकपाका नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनाल चीनमा थिए । उनी चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी हुन त्यहाँ गएका थिए । यता पार्टी एकताको उत्साह चल्दै गर्दा नेता खनाललाई चौथौ वरियतामा राखेको खबरले नराम्रो झड्का महशुस भयो । नेता खनाल आफूमाथि अन्याय भएको भन्दै पार्टी बैठकमा मुद्दा उठान गर्दै आएको बताउँदै आएका छन् । झलनाथ खनालभन्दा एक तहमुनि रहेका नेता नेपाललाई खनालभन्दा माथि ल्याएर बरियत तोक्ने निर्णयमा पनि अध्यक्षद्वयले सहमति गरेका थिए । यो विषयमा नेता नेपालबाहेक अन्य नेताहरूसँग परामर्श भएको थिएन ।
पार्टी एकतामा उपस्थित नभएका खनाल चीनबाट फर्केलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग बरियतामा आफूलाई तल पारेर अन्याय गरेका गुनासो गरेका थिए । उनले पार्टीभित्रै न्यायका लागि सङ्घर्ष पनि गर्ने बताउँदै आएका छन् । ‘पार्टी बरियतामा अन्याय भएको छ । यस अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु । म पार्टीभित्र नै सङ्घर्ष गर्छु,’ खनालले भनका थिए, ‘न्याय पाउन आफ्नो लडाइँलाई जारी राख्छु ।’
प्रदेश पदाधिकारीको टुङ्गो
असोज ५ मा बसेको सचिवालय बैठकले सातै प्रदेशका इन्चार्ज, सहइन्चार्ज र प्रदेश सङ्गठन कमिटीका अध्यक्ष र सचिव टुङ्गो लगाएको थियो । पार्टी सचिवालयमा लामो समयसम्म सहमति जुट्न नसकेपछि बैठकले सहमति जुटाउने जिम्मा अध्यक्षद्वयलाई दिएको थियो । अध्यक्षद्वयले सहमति जुटाएपछि त्यसलाई सचिवालय बैठकमा पेश गरेका थिए । त्यही प्रस्ताव सचिवालय बैठकबाट पारित भयो । असोज ५ गते बसेको सचिवालय बैठकको निर्णयले त धेरै नेता असन्तुष्ट बने । बैठकले सबै प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुङ्गो लगाएको थियो । त्यतिबेला सचिवालयका बरिष्ठ नेता नेपाल दक्षिण अफ्रिका र प्रवक्ता नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा थिए ।
सचिवालयका दुई सदस्यको अनुपस्थितिमा निर्णय गरिएको भन्दै नेता नेपाल र उनी निकटका अन्य नेताहरूको असन्तुष्टि छरपष्ट बाहिर आयो । हुन त अध्यक्षद्वयले गरेको निर्णयमा आएको असन्तुष्टी पहिलो होइन । यही असन्तुष्टको सन्देश दिन नेता नेपालले नेकपाका स्थायी कमिटी सदस्यहरूलाई चियापान कार्यक्रमको आयोजना गरे । चियापान नाम दिइएको सो भेलामा नेकपाका नेताहरू वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङलगायत उपस्थित भएका थिए । नेता गौतमले चियापान आयोजना गरेर नेपालले राम्रो गरेको प्रतिक्रिया दिए । त्यसलगत्तै उनी निकट नेकपाका केन्द्रीय सदस्यहरूको पनि भेला भएको थियो ।
भेलामा नेता नेपालले पार्टीको सम्पूर्ण अधिकार दुई अध्यक्षमा केन्द्रित भएको भन्दै सबै अधिकार पार्टीको स्थायी कमिटीमा ल्याउन माग गरेका थिए । नेता नेपालले पार्टीको प्रदेश पदाधिकारी चयन गर्दा छलफल गरेर चयन गर्नुपर्ने बताउँदै आएका छन् । अष्टलक्ष्मी शाक्यले त सचिवालयका निर्णय स्थायी कमिटीले उल्टाउन सक्ने बताएका छिन् ।
ओली प्रचण्डले प्रदेश नेतृत्वमा गरेको बाँडफाँड अनुसार जसअनुसार प्रदेश १ को इन्चार्जमा भीम आचार्य, सहइन्चार्जमा सावित्रीकुमार काफ्ले तथा प्रदेश कमिटी अध्यक्षमा देवराज घिमिरे र सचिवमा सुरेशकुमार राई भए ।
प्रदेश २ को इन्चार्जमा सत्यनारायण मण्डल र सहइन्चार्जमा विश्वनाथ साह तथा प्रदेश कमिटी अध्यक्षमा प्रभु साह र सचिवमा सुमनराज प्याकुरेललाई जिम्मेवारी तोके । प्रदेश ३ को इन्चार्जमा अष्टलक्ष्मी शाक्य र सहइन्चार्ज नारायण दाहाल, प्रदेश कमिटी अध्यक्ष हितमान शाक्य र सचिवमा आनन्दप्रसाद पोखरेललाई दिइयो ।
त्यस्तै गण्डकी प्रदेशको इन्चार्जमा हाल मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र सहइन्चार्जमा खगराज अधिकारी तथा प्रदेश कमिटी अध्यक्षमा हितराज पाण्डे र सचिवमा गोविन्द नेपाली आए । प्रदेश ५ को इन्चार्जको जिम्मा हाल मुख्य मन्त्रीसमेत रहेका शङ्कर पोखरेल र सहइन्चार्जमा दलबहादुर राना रहेका छन् । पार्टी कमिटी अध्यक्षमा ओनसरी घर्ती र सचिवमा जगप्रसाद शर्मालाई जिम्मेवारी दिइयो ।
कर्णाली प्रदेश इन्चार्जमा जनार्दन शर्मा र सहइन्चार्जमा यमलाल कँडेल तथा पार्टी कमिटी अध्यक्षमा गोरखबहादुर बोगटी र सचिवमा मायाप्रसाद शर्मा रहे । शर्माले आफू सचिवमा नबस्ने भन्दै असन्तुष्टि राखे ।
प्रदेश ७ को इन्चार्जमा भीमबहादुर रावल र सहइन्चार्जमा लक्ष्मणदत्त जोशी तथा पार्टी अध्यक्षको जिम्मा कर्णहादुर थापाले र सचिवको जिम्मा नेपबहादुर चौधरीलाई दिइयो । अघिल्लो दिन प्रदेशका पदाधिरीको टुङ्गो लगाएर असोज ६ गते प्रधानमन्त्री राष्ट्रसङ्घीय महासभामा भाग लिन अमेरिका प्रस्थान गरेका थिए । लगत्तै अर्का अध्यक्ष प्रचण्ड पनि सिङ्गापुर गए । उनी असोज १५ गते फर्केका छन् ।
पछिल्लो समय नेकपामा सबैभन्दा विवादित निर्णय यही बनेको छ । जसले नेकपाभित्रको असन्तुष्टि छरपष्ट बन्न पुग्यो ।
मुख्य मन्त्रीलाई इन्चार्ज
नेकपाले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने निर्णय गरेको थियो । साउन २४ मा बसेको सचिवालय बैठकले साङ्गठनिक एकीकरणका लागि सहज बनाउन सङ्घीय र प्रदेश सरकारका मन्त्री, प्रादेशिक संसद्का दल नेता र उपनेता, सङ्घीय संसद् र प्रदेशसभामा प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति, जिल्ला समन्वय समितिका संयोजक÷सहसंयोजक तथा स्थानीय तहका प्रमुख÷उपप्रमुख र अध्यक्ष÷उपाध्यक्षलाई पार्टीको कुनै पनि स्तरको कार्यकारी पद (अध्यक्ष र सचिव) पद को जिम्मेवारी नदिने निर्णय गरेको थियो । तर, अध्यक्षद्वयले प्रदेश ४ र प्रदेश ५ मा मुख्यमन्त्रीलाई पार्टी इन्चार्ज तोकेपछि यो निर्णय पनि विवादमा आयो । आफैले बनाएको मापदण्ड मिचेको भनेर पार्टीभित्रबाटै अध्यक्षद्वयको आलोचना भयो ।
नारायणकाजीको राजीनामा
पार्टी अध्यक्षद्वयको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले साउन ७ गतेको सचिवालय बैठकमा पार्टी प्रवक्ताबाट राजीनामा दिएका थिए । बैठकमा प्रधानमन्त्री ओलीले डा. गोविन्द केसीलाई पार्टीको जानकारीबिना भेटेको भन्दै कसको अनुमतिमा भेटेको भनी मौखिक स्पष्टीकरण सोधेका थिए । अर्का अध्यक्ष दाहालले पनि डा. केसी र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीसँग श्रेष्ठले भेट्दा काँग्रेसको आन्दोलनलाई सघाउ पुगेको बताएपछि नेता श्रेष्ठ अध्यक्षद्वयसँग आक्रोशित भएका थिए । पार्टीको औपचारिक निर्णयभन्दा धेरै विषयमा व्यक्तिगत धारणा राखेर ‘मिडिया स्टन्ड’ दिएको भन्दै श्रेष्ठको आलोचना भएपछि उनले राजीनामा गरेका थिए । अहिले उनी माधव नेपालसँग नजिक रहेर ओली र प्रचण्डविरुद्धको मोर्चामा लागेका उनी निकट नेताहरू बताउँछन् । श्रेष्ठको राजीनामा स्वीकृत पनि भएको छैन र उनले प्रवक्ताका हिसाबले काम गर्न पनि छाडेका छैनन् । केही दिन अगाडि उनी पार्टी प्रवक्ताको हैसियतमा चीन भ्रमणमा गएका थिए । ‘आफ्ना व्यक्तिगत असन्तुष्टी सैद्धान्तीकरण गर्ने उहाँको स्वभाव हो । उहाँका चासोका प्राविधिक विषय हल गरेपछि काममा फर्कनुहुन्छ,’ नेकपाका एक स्याटी कमिटी सदस्यको टिप्पणी छ ।
यस्तो पर्न गयो नेकपा असर
नेकपाको निर्णय प्रक्रिया कमिटी प्रणालीमा प्रवेश नगरेपछि यसको असर पनि देखिँदै आएको छ । पार्टी एकताका चार महिनाबित्दा पनि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता टुङ्गिन सकेको छैन ।
अहिलेसम्म नेकपामा दुई अध्यक्ष, नौ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटी, ४४१ सदस्यीय केन्द्रीय कमिटी र प्रदेश नेतृत्वको मात्र टुङ्गिएको छ । प्रदेश कमिटी, जिल्ला कमिटी, त्यसभन्दा तलका कमिटीहरू र जनवर्गीय सङ्गठनको एकता हुन बाँकी छ ।
पार्टी सङ्गठनबाहेक नेताहरूबीचको असन्तुष्टिले सरकारको कामकारवाही पनि प्रभावित भएको छ । विपक्षीले लगातार हमला गर्दा पनि आफ्नै पार्टीका नेताहरू बचाउमा नउत्रेको भनेर अध्यक्ष ओलीले नेकपाका नेता कार्यकर्तालाई अरिङ्गाल बन्न निर्देशन दिएका थिए । ओलीको यो निर्देशन पनि पार्टीभित्रैबाट आलोचित भयो ।
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












