भारत-रुसबीच अस्त्र सम्झौताः ट्रम्पलाई बढ्यो चिन्ता
एजेन्सि । मस्कोका अधिकारीहरूले राष्ट्रपति भ्लादिमिर पुटिनले यो साता भारतको भ्रमण गर्दा भारतसँग पाँच अर्ब डलरको हातहतियारसम्बन्धी सम्झौता गर्ने बताएका छन् ।
क्रेमलिनका प्रवक्ता युरी उषाकोफले रुसले भारतलाई “S-400” नामक विमानभेदक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली आपूर्ति गर्ने सहमति जनाएको बताएका छन् ।
विश्लेषकहरूका अनुसार सो सम्झौता अन्तर्गत तीस वटा क्षेप्यास्त्र प्रहार गर्ने प्रणाली तथा ६ हजारवटा क्षेप्यास्त्र तीन वर्ष लगाएर आपूर्ति गरिनेछ ।
ती अस्त्र भारतले चीन तथा पाकिस्तानसँगको उसको सीमाक्षेत्रमा तैनाथ गर्न सक्नेछ ।
वाशिङ्गटनमा चिन्ता ?
यो सम्झौताले रुसविरुद्ध अमेरिकी प्रतिबन्धमा भारतको स्थान के हो भन्ने वाशिङ्गटनको चिन्ता बढाउने ठानिएको छ ।
खासगरी रुससँगको अस्त्रको निर्भरता भारतले घटाउँदै लगेको अमेरिका हेर्न चाहन्छ ।
बढ्दो तनावका माझ रुस र अमेरिकाबीचको सम्बन्ध खराब बनिरहेको छ ।
साथै अमेरिकाले सन् २०१७ मा पारित गरेको क्याटसा नामक कानूनले अन्य देशहरूलाई रुसी अस्त्र किन्नबाट निरुत्साहित गर्छ ।
र, किनेमा त्यस्ता देशविरुद्ध पनि आर्थिक प्रतिबन्ध लगाउन सक्छ ।
तर भारत र रुसबीचको सम्बन्ध पनि निकै पुरानो हो ।
भारत स्वतन्त्र भएयता देखिनै दिल्ली र तत्कालीन सोभियत संघबीच गहिरो मित्रता रहँदै आएको छ ।
Comments
अरु समाचार
-
‘निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न गरायौं’
काठमाडौँ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन हुन्छ, कि हुन्न भन्ने अन्योलको वातावरण चिरेर निर्वाचन आयोगले प्रतिनिधि सभा...
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
निर्वाचन आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै
काठमाडौँ । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र...
-
कांग्रेस सभापति गगन थापाले दिए राजीनामा, शुक्रबार बोलाइयो केन्द्रीय कार्यसमिति बैठक
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका...
-
प्रधानमन्त्री कार्कीले पशुपतिनाथमा गरिन् ‘धन्यवाद पूजा’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि...
-
पार्टीका नवनिर्वाचित सांसदहरुलाई आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सांसदहरुका लागि जारी आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन्...
-
समानुपातिकतर्फका उम्मेदवारलाई भाेलि प्रमाणपत्र दिइने
काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने भएको छ ।...
-
राष्ट्रिय सभा अध्यक्ष दाहालसँग नवनियुक्त चिनियाँ राजदूत चाङको शिष्टाचार भेट
काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ । सिंहदरबारस्थित...
-
कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो : निर्वाचन आयोग
काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको...












