भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा,तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल
लिटरमै ३१ रुपैयाँ सस्तो भएपछि तस्करीबाट भारत नै फर्किन थाल्यो पेट्रोल
काठमाडाैँ १७,असोज । पछिल्लो समय भारतीय बजारमा पेट्रोलियमको मूल्य आकाशिँदा तुलनात्मक रुपमा सस्तो रहेको नेपालबाट तस्करी भएर भारतीय बजारमै जाने क्रम बढेको छ। नेपाल आयल निगमका अनुसार भारत र नेपालमा पेट्रोलियमको मूल्य अन्तर अत्यधिक हुँदा यसरी तस्करी मौलाएको हो।
निगमका निमित्त प्रबन्ध निर्देशक सुशील भट्टराईका अनुसार पछिल्लो पटक नेपाल र भारतको सीमाक्षेत्रमा पेट्रोलको मूल्य अन्तर प्रतिलिटरमै ३१ रुपैयाँ पुगेको छ भने डिजेलको यस्तो अन्तर ३० रुपैयाँ छ। ‘पारि भारतीय बजारमा पाइने त्यही पेट्रोल नेपाली बजारमा ३१ रुपैयाँ सस्तो छ,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्, ‘समयमा मूल्य समायोजनमा ध्यान नदिँदा यो अवस्था आएको हो।’
करिब ३ महिनाअघि यस्तो मूल्य अन्तर पेट्रोलमा करिब २० र डिजेलमा २४ रुपैयाँ थियो। यसबीचमा डलरको विनिमय दर र अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियमको मूल्यमा आएको तीव्र वृद्धिले भारतीय बजारमा पेट्रोलियमको भाउ उच्च छ। यसले गर्दा अहिले भारतीय बजारमा पेट्रोलियमको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। उच्च कर र दैनिक मूल्य समायोजनले भारतीय बजारमा अहिले पेट्रोलियमको भाउ अत्यधिक पुगेको छ। तर, सोही हिसाबमा मूल्य समायोजन नहुने र कर पनि तुलनात्मक रुपमा कम हुँदा अहिले नेपाली बजारमा भारतमाभन्दा पेट्रोलियमको मूल्य कम छ।
उच्च मूल्य अन्तर, खुला सिमाना, कम दुरी र सुरक्षा व्यवस्था फितलो हुँदा यस्तो तस्करी बढेको निगमका प्रबन्ध निर्देशक भट्टराई बताउँछन्। सीमानाकाबाट दैनिक वारपार गर्ने ठूलो संख्याका ट्रक, ट्यांकर, लरी लगायत र कतिपय अवस्थामा आउजाउ गर्ने मानिसहरुबाटै पनि यस्तो तस्करी हुने गरेको ठहर निगमको छ।
नाकाबन्दीदेखि फस्टाएको तस्करी
अहिलेभन्दा करिब ४/५ वर्षअघि नेपालमा भन्दा भारतमा पेट्रोलियमको मूल्य सस्तो थियो।
त्यतिबेला नेपालमा भन्दा भारतमा करिब १८ देखि २० रुपैयाँ सस्तोमा पेट्रोलियम पाइन्थ्यो। तर, त्यसपछिका समयमा भारतले कर बढाउन र छोटो समयमै मूल्य समायोजन गर्न थालेपछि भारतमा पेट्रोलियमको भाउ उकालो लाग्दै गयो भने नेपालको मूल्य संरचनामा कुनै फेरबदल आएन। नेपालमा भने त्यसयता थुप्रै पटक मूल्य घटाउने क्रम रह्यो।
‘मूल्य निर्धारणमा भारतीय बजारसँग तादाम्य मिलाउन नसक्दा अहिले यो तस्करी हुने अवस्था आएको हो,’ निगमका प्रबन्ध निर्देशक भट्टराई भन्छन्।
२०७२ सालमा भारतले नाकाबन्दी लगाएपछि त सिमानाकामा अत्यधिक तस्करी मौलायो। त्यो प्रवृत्ति अझै पनि रोकिन सकेको छैन।
निगमले माग्यो गृहको सहयोग
निगमका अनुसार अहिले मूलतः २ र ५ नम्बर प्रदेशका सीमा क्षेत्रमा यस्तो तस्करी बढी हुन थालेको छ।
तस्करी बढ्न थालेपछि केही दिनअघि निगमले गृह मन्त्रालयसँग सहयोग माग गरेको छ। ‘तस्करी रोक्न सुरक्षा व्यवस्था थप चुस्त बनाउन र जाँचपास प्रभावकारी देखिएको छ,’ उनी भन्छन्।
अहिले एकैपटक मूल्यमा ठूलो परिवर्तन ल्याउन सक्ने अवस्था नरहेका कारण सुरक्षा संयन्त्रमार्फत नै तस्करी रोक्नुपर्ने दावी निगमको छ। तेलमा अपचलन बढ्न थालेपछि निगमले पछिल्लो समय ट्यांकरमा लकिङ प्रणाली सुरु गरे पनि अन्य सवारी साधनबाट अपचलन हुने क्रम रोकिन सकेको छैन
Comments
अरु समाचार
-
११ महिनामा आयातनिर्यात दुवै बढ्यो, व्यापार घाटा १६ खर्ब नाघ्यो
काठमाडौँ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा नेपालको आयात र निर्यात दुवैमा वृद्धि भएको छ। भन्सार विभागले सोमबार...
-
ई–पासपोर्ट छपाइ प्रकरण : आरजुसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं। ई–पासपोर्ट (राहदानी) छपाइसँग सम्बन्धित अनियमितता प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ। गत असार...
-
नेपाल अझै सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा, थप सुधार आवश्यक
काठमाडौँ। सम्पत्ति शुद्धीकरण मामिलाको निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय ‘वित्तीय कारबाही कार्यदल’ फाइनान्सियल एक्सन टास्कफोर्स (एफएटिएफ)ले नेपाललाई अझै निगरानी सूची अर्थात्...
-
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर यस्तो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
बाढी पहिरोले देशका विभिन्न राजमार्गमा सवारी आवागमन प्रभावित
काठमाडौँ– पछिल्लो केही दिनदेखि परिरहेको वर्षा, बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा सवारी आवागमन प्रभावित भएको...
-
वनका अधिकारी र चिनियाँ सञ्चालकविरुद्ध साढे चार करोड राजस्व हिनामिनाको उजुरी, अकुत सम्पत्ति छानिबनको माग
कुश्मा। पर्वतको कुश्मा नगरपालिका–५ मा सञ्चालित ‘छिफु बायोटेक्नोलोजी (Xifu Biotechnology) प्रा.लि. र गण्डकी प्रदेशका वन प्रशासनका उच्च अधिकारीहरूबीचको अपवित्र गठबन्धन...
-
३३ विशेष अभियानसहित पोखरा महानगरको वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक
पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि वार्षिक नीति तथा कार्यक्रम बिहीबार सार्वजनिक गरेको छ । मेयर...
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...











