कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुन्छ : कृषिमन्त्री खनाल: कृषिमन्त्री बलदेव
सिन्धुली १८,असोज । कृषि पेशा राष्ट्रको प्राथमिकतामा अहिलेसम्म नपरेको कृषिमन्त्री चक्रपाणि खनालले बताएका छन् ।
कृषि, भूमि व्यवस्थापन तथा सहकारीमन्त्रीसमेत रहेका मन्त्री खनालले नेपाल पत्रकार महासङ्घ सिन्धुली शाखाले आज यहाँ गरेको पत्रकार भेटघाट कार्यक्रममा कृषिलाई राष्ट्रको प्राथमिकतामा नराखे देशको दुर्दशा शुरु हुने भएकाले अब सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।
नेपालको सन्दर्भमा ६७ प्रतिशत किसान रहेको मुलुकमा कृषिमा नयाँ तवरले परिचालन नगरेसम्म लाखौँ सङ्ख्यामा विदेशिएका युवालाई फर्काउन र रोजगारको सिर्जना गर्न नसकिने बताउँदै अब सुखी नेपाली र समृद्ध नेपालको सङ्कल्पलाई पूरा गर्न कृषिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
नेपालमा कृषि, ऊर्जा र पर्यटनबाट रोजगार छिटो सिर्जना गर्न सकिने भएकाले आफू र आफू मातहतका निकाय यसतर्फ गम्भीर भएको उनको भनाइ छ ।
उनले भने, ‘सरकार विस्तारै परम्परागत खेती प्रणाली फेर्न, जमीनको व्यवस्थापन गर्ने, कृषिमा आधुनिकीकरण गरी व्यावसायिकरण गर्न सामूहिकरुपमा खेती प्रणालीको विकास गर्न र अनुदानलाई व्यवस्थित गर्न लागि परिरहेको छ ।’
उनले अर्गानिक उत्पादन गर्न सरकारले बीउबिजन, कृषि प्राविधिकलगायत समग्ररुपमा सहयोग गर्न पहिला अर्गानिक कृषिउपज उत्पादनलाई ६ नम्बर प्रदेशलाई छनोट गरेको र प्रदेश सरकारसँग सहकार्य भइरहेको बताए ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












