विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटियो
४७५ को जुत्तालार्इ ३९०० !
मोरङ १९, असोज। विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले गरेकाे अनुगमनका क्रममा रेडिमेड सामग्री बिक्री गर्ने पसलले ९ गुणासम्म मुनाफा राखेको भेटिएको हो ।
खरिद मूल्यको बढीमा २० प्रतिशतसम्म मुनाफा खान पाइने नियम भए पनि ४७५ रुपैयाँ खरिद मूल्य रहेको जुत्ता ३९०० सयसम्ममा बिक्री भएको पाइएको छ । ग्राहकसँग चर्को मूल्य असुल्नेमा विराटनगर मेनरोडमा सञ्चालित साकेत ट्रेडर्स, ग्यालेक्सी मार्टलगायत छन् ।
ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३९ सय र साकेत ट्रेडर्सले ४ सय ८२ मा खरिद गरेको स्पोर्ट जुत्ता १५८५ रुपैयामा बिक्री गरेको पाइएको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।
अनुगमनका क्रममा ग्यालेक्सी मार्टले ४५५ मा खरिद गरेको जिन्स पेन्टको बिक्री मूल्य १३७५ राखेको पाइएको थियो भने साकेतमा पनि ४०० पर्ने पाइन्टमा १३०० बिक्रीदर टाँस गरेको भेटिएको छ ।
‘अनुगनका क्रममा ६ गुणासम्म बढी मूल्य राखेर कालोबजारी गरेको पाइयो’, दाहालले भने, ‘सात दिन भित्र दुवै पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’
अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको बताए । ‘तत्कालै कालोबजारी नियन्त्रण गर्ने, निमिट्यान्न पार्ने भन्दा हामी फेल हुन सक्छौं’, उनले भने ‘ व्यापारीलाई सच्चिनु पर्छ भन्ने म्यासेज दिन खोजेको हौं ।’
अनुगमन टोलीले चर्को मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेका व्यापारीहरुलाई कागजपत्रसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
अनुगमन टोलीले गोल्छा डेरी उद्योगबाट उत्पादित सामग्रीको बिक्री वितरणमा समेत रोक लगाएको छ । डेरीका उत्पादनमा मिसावट हुने गरेको गुनासोपछि त्यहाँ पुगेको टोलीले नमूना संकलन गरेर बिक्री वितरणमा रोक लगाएको वाणिज्य कार्यालय, मोरङका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












