विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटियो
४७५ को जुत्तालार्इ ३९०० !
मोरङ १९, असोज। विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले गरेकाे अनुगमनका क्रममा रेडिमेड सामग्री बिक्री गर्ने पसलले ९ गुणासम्म मुनाफा राखेको भेटिएको हो ।
खरिद मूल्यको बढीमा २० प्रतिशतसम्म मुनाफा खान पाइने नियम भए पनि ४७५ रुपैयाँ खरिद मूल्य रहेको जुत्ता ३९०० सयसम्ममा बिक्री भएको पाइएको छ । ग्राहकसँग चर्को मूल्य असुल्नेमा विराटनगर मेनरोडमा सञ्चालित साकेत ट्रेडर्स, ग्यालेक्सी मार्टलगायत छन् ।
ग्यालेक्सी मार्टले ४ सय ७५ मा खरिद गरेको जुत्ता ३९ सय र साकेत ट्रेडर्सले ४ सय ८२ मा खरिद गरेको स्पोर्ट जुत्ता १५८५ रुपैयामा बिक्री गरेको पाइएको वाणिज्य कार्यालय विराटनगरका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।
अनुगमनका क्रममा ग्यालेक्सी मार्टले ४५५ मा खरिद गरेको जिन्स पेन्टको बिक्री मूल्य १३७५ राखेको पाइएको थियो भने साकेतमा पनि ४०० पर्ने पाइन्टमा १३०० बिक्रीदर टाँस गरेको भेटिएको छ ।
‘अनुगनका क्रममा ६ गुणासम्म बढी मूल्य राखेर कालोबजारी गरेको पाइयो’, दाहालले भने, ‘सात दिन भित्र दुवै पसलका सञ्चालकलाई जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ ।’
अनुगमन टोलीको नेतृत्व गरेका सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले व्यापारीलाई सचेत गराउन अनुगमन गरिएको बताए । ‘तत्कालै कालोबजारी नियन्त्रण गर्ने, निमिट्यान्न पार्ने भन्दा हामी फेल हुन सक्छौं’, उनले भने ‘ व्यापारीलाई सच्चिनु पर्छ भन्ने म्यासेज दिन खोजेको हौं ।’
अनुगमन टोलीले चर्को मूल्य लिएर उपभोक्ता ठग्दै आइरहेका व्यापारीहरुलाई कागजपत्रसहित ७ दिनभित्र जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।
अनुगमन टोलीले गोल्छा डेरी उद्योगबाट उत्पादित सामग्रीको बिक्री वितरणमा समेत रोक लगाएको छ । डेरीका उत्पादनमा मिसावट हुने गरेको गुनासोपछि त्यहाँ पुगेको टोलीले नमूना संकलन गरेर बिक्री वितरणमा रोक लगाएको वाणिज्य कार्यालय, मोरङका निमित्त प्रमुख कुमार दाहालले जानकारी दिए ।
Comments
अरु समाचार
-
अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकास मन्त्री भिल्ले ताभियोबीच सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकास मन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको...
-
आम्दानीको स्रोत तरकारीखेती
काठमाडौं । कैलालीका किसानले व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । पछिल्लो समय यहाँका किसानले व्यावसायिक तरकारी खेतीबाट...
-
उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी
काठमाडौं । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आएका छन् । महोत्तरीको...
-
नेप्से परिसूचक ३९.७० अङ्कले बढ्यो
काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३९ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ५६ दशमलव ३६...
-
आज सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्यमा वृद्धि भएको छ । सोमबार र मङ्गलबार गरी प्रतितोला १८ हजार पाँच सय...
-
‘रेन्बो ट्राउट’ माछा बेचेर वार्षिक तीन करोड आम्दानी
काठमाडौं । स्वदेशमा उद्यम–व्यवसायका अथाह सम्भावना हुँदाहुँदै दैनिक सयौँ युवायुवती विदेशिने क्रम बढेका बेला यहाँका एकजना पूर्वराष्ट्रसेवक एवं जनप्रतिनिधिले रेन्बो...
-
आठवटा राष्ट्रिय गौरवका आयोजनामा अपेक्षित प्रगति हुन सकेन
काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहत आठ वटा राष्ट्रिय गौरवका आयोजना रहेपनि अपेक्षित प्रगति हुन सकेको छैन ।...
-
नेप्से परिसूचक ३३ अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अङ्कले बढेर दुई हजार सात सय १६ दशमलव ६६ कायम...
-
सिक्टा आयोजनामा विलम्ब नगर्न समितिको निर्देशन
काठमाडौं । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनासँग सम्बन्धित समस्या स्थानीय तहमा नै समाधान गर्न आग्रह गरिएको छ । नीतिगत समस्याका...