सांसदसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, सांसद रौनियार स्वतः निलम्बित
काठमाडाैँ २०,असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका तत्कालीन अध्यक्ष तथा सांसद हरिनारायण रौनियार, उनका छोरा सुमित रौनियारसहित १२ जनाविरुद्ध विशेष अदालतमा शुक्रबार मुद्दा दर्ता गरेको छ ।
सांसद रौनियार संघीय समाजवादी फोरम नेपालबाट प्रतिनिधिसभामा सदस्य छन् ।
अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार बबई पुल गुणस्तरहीन बनाएकाले निर्माणमा संलग्न आयोजना प्रमुख, कर्मचारी र ठेकेदारसहितलाई मुद्दा दायर गरिएको हो । बर्दियाका गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पुप्पु कन्सट्रक्सनले बनाएको थियो । पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो । गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
पप्पु कन्सट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदाखेरि नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्सट्रक्सन, पोखरियाबीच पुल निर्माणका लागि २२ असार २०६८ मा सम्झौता भएको थियो ।
पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीबाट त्रुटि गरिएको आरोपपत्रमा उल्लेख छ । त्रुटिपूर्ण कामलाई स्वीकार गरी गुपचुप रूपमा कार्य गरेको र फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको आरोपत्रपमा उल्लेख छ ।
गुणस्तर प्रमाणित नभईकनै भुक्तानी सिफारिस गरेको र डिजाइनबमोजिम नभएको अख्तियारको भनाइ छ । डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएकोमा समेत गुणस्तरहीन भएकाले लोड लिन नसकी पुल भासिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख छ ।
यसैबीच, सांसद रौनियार पप्पु कन्सट्रक्सनका संस्थापक हुन् । उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । मुद्दा दर्ता भएपछि उनको पद स्वतः निलम्बनमा परेको छ । प्रतिनिधिसभा नियमावलीअनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउनेछन् । तर, सांसदको हैसियतको सेवासुविधा भने पाउनेछैनन् ।
भ्रष्टाचार निवारण ऐन २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन २०४८ अनुसार भ्रष्टाचारको मुद्दा दायर भएसँगै सार्वजनिक पद धारण गरेका व्यक्तिको पद स्वतः निलम्बनमा पर्ने अधिवक्ता नवराज थपलियाले बताए ।
पप्पु कन्स्ट्रक्सनको हालका अध्यक्ष सुमितविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












