टी–२० विश्वकप छनोट : मलेसियाले नेपाललाई दियो १०१ रनको लक्ष्य
काठमाडाैँ २०,असोज । आइसिसी टी–२० विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा आयोजक मलेसियाले नेपाललाई १ सय १ रनको लक्ष्य दिएको छ।
बायुमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम ३ बल खेल्न बाँकी छदा १०० रनमा अलआउट भयो।
मलेसियाका लागि ओपनिङ ब्याट्सम्यान साफिक सरिफले सबैभन्दा बढि ४९ रन जोडे। उनले ३७ बलमा ७ चौका र २ छक्का प्रहार गरे। ओपनर सयद अइजाजले १३ रन बटुले। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।
बलिङमा नेपालका सन्दीप लामिछानेले ५ विकेट लिए। उनले ४ ओभरमा २० रन खर्चिए। सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट हात पारे।
सन्दीपले १३औं ओभरमा नेपाललाई महत्वपूर्ण सफलता दिलाएका थिए। उनले ४९ रन बनाएर खेलिरहेका साफिक सरिफलाई सोमपाल कामीको हातबाट क्याच गराएका थिए। लगत्तै अर्को बलमा उनले विरन्दीप सिंहलाई शून्य रनमा आउट गरे।
१२औं ओभरमा सोमपाल कामीले लगातार २ विकेट लिए। उनले अहमेद फइज र मोहमद साहजादलाई शून्य रनमा बोल्ड गरे।
यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो।
प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्। एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन्।
यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट ३ टिमले दोस्रो चरणमा स्थान पक्का गरिसकेका छन्। एसिया पश्चिम क्षेत्रबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए। दोस्रो चरणमा यूएई, कतार र कुवेतसँगै पूर्व क्षेत्रबाट छनोट हुने ३ टिमसहित ६ टिमबीच प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणबाट २ टिम मात्र अन्तिम चरणका लागि छनोट हुनेछन्।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टिमबीच प्रतिस्पर्धा हुनेछ। १४ मध्ये ६ टिम टी–२० विश्वकप २०२० का लागि छनोट हुनेछन्।
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, सन्दीप लामिछाने, शरद भेषवाकर, सोमपाल कामी । वैकल्पिक खेलाडी : सुनील धमला, सहाब अलाम, दीपेश श्रेष्ठ, सागर पुन ।
पहिलो चरणको छनोटमा नेपालको बाँकी खेल
असोज २१– नेपाल भर्सेस थाइल्यान्ड
असोज २३ – नेपाल भर्सेस भुटान
असोज २४– नेपाल भर्सेस चीन
असोज २६– नेपाल भर्सेस सिंगापुर
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












