दूरसञ्चार कम्पनीको मापदण्ड बिपरित ब्याट्री टेण्डरमा यस्तो चलखेल
मापदण्ड मिचेर करोडौंको टेण्डर सेटिङ
काठमाडौं २१,असोज । नेपाल दूरसञ्चार कम्पनीले आफैले निर्धारण गरेको मापदण्ड मिचेर करोडौं रुपैयाँको एउटा टेण्डर सेटिङ मिलाइएको कम्पनीलाई दिने तयारी गरेको छ ।
दूरसञ्चार कम्पनीसम्बद्ध स्रोतले दिएको जानकारीअनुसार पुराना तथा बिग्रिएका ब्याट्रीहरुको लिलामका लागि आह्वान गरिएको टेण्डरमा आन्तरिक मिलेमतो हुन थालेको खबर बाहिरिएपछि टेण्डर प्रक्रिया नै अवरुद्ध हुने सम्भावना बढेको छ ।
कम्पनीले भदौ १४ मा पुराना र बिग्रिएका ब्याट्री बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । ‘बोलपत्र आह्वान गर्दै चाहिँदो नचाहिँदो शर्त र मापदण्ड तयार पारिएको थियो’–
स्रोत भन्छ, ‘आफूले चाहेका कम्पनीले मात्रै ती शर्तहरु पूरा गर्न सक्छन् । दूरसञ्चारका केही व्यक्तिहरुले आफ्नालाई नै टेण्डर पार्न त्यस्ता शर्त राखे । अहिले मापदण्डसमेत पूरा नगरेकाहरुले टेण्डर पाउने सम्भावना बढेर गयो ।’
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयले निकालेको टेण्डर नचाहिँदो शर्तकै कारण धेरै बिक्रि हुन सकेन । बिक्री भएका २३ वटा फर्म मध्ये पनि ९ वटाले मात्रै आवेदन दिए । नौ मध्ये एउटा खाली आवदेन भएका कारण प्रतिस्पर्धामा ८ वटा मात्रै छन् । आठै प्रतिस्पर्धी कम्पनीहरुमा कसैको पनि तोकिएको मापदण्ड पूरा हुँदैन । जानकार स्रोत भन्छ्, ‘भन्नका लागि गोप्य टेण्डर भनिएको छ । तर सबै कुरा छताछुल्ल भइसकेका छन् । खै कस्तो टेण्डर हो यो ।’
पुराना र बिग्रेका ब्याट्रीहरु खरिद गर्नेहरुले बढाबढमा कबोल गर्नु पर्छ । जसले बढी मूल्य हाल्छ, टेण्डर उसैले पाउछ । तर कसले कति मूल्य कबोल ग¥यो भन्ने कुरा गोप्य राखिनु पर्छ । स्रोत भन्छ्, ‘नियम त गोप्य नै राख्नु पर्छ भन्ने हो । तर सबैलाई कसले कति कबोल गरेको छ भन्ने थाहा भइसक्यो । यस्तो गोप्य सूचना दूरसञ्चार कम्पनीबाटै चुहावट भएको शंका छ ।’
कम्पनीले आफैले तोकेको मापदण्डविपरीत टेण्डर दिन खोजेपछि यो कामकारबाहीविरुद्ध एक व्यवसायी अख्तियार र प्रधानमन्त्री कार्यालयसम्म पुगेका छन् । गोपाल नेपाल ती व्यवसायीले टेण्डर प्रक्रियामा अनियमितता भएको भन्ने दावी गर्दै प्रधानमन्त्रीको कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सूचना तथा सञ्चार मन्त्रालय, वायरलाइन तथा ग्राहक सेवा केन्द्रमा उजुरी दिएका छन् । उजुरीमा टेण्डर प्रक्रिया विधिसम्मत गराउन माग गरेका छन् ।
उजुरीमा उद्योग मन्त्रालयबाट रिसाइक्लिन सम्बन्धी कार्य गर्ने इजाजत नलिएका, वातावरण मन्त्रालयबाट कुनै पनि वातावरण सम्बन्धी कार्य गर्ने स्वीकृत नलिएका, रिसाइक्लिनसम्बन्धी पूर्वाधार नभएका, आन्तरिक राजस्वबाट इजाजत नलिएका कम्पनीहरुसमेत प्रतिस्पर्धामा रहेको दावी गरिएको छ ।
व्यवसायी गोपाल नेपालले दायर गरेको यो उजुरीको वेवास्ता गर्दै कम्पनीले यो टेण्डर दिन लागेको हो । पछिल्लो समय भने कम्पनीले उक्त मापदण्डहरु पूरा गर्नु आवश्यक पनि नरहेको कारण टेण्डर दिइन लागेको तर्क गर्न थालेको छ ।
प्रतिस्पर्धामा आउन रोक्ने मनसायका साथ बोलपत्र आह्वान गर्दा एउटा मापदण्ड बनाउने र पछि त्यसलाई खुकुलो पार्ने निर्णय गरिनुले आफूहरु अन्यायमा परेको मापदण्ड नपुगेको कारण आवेदन नदिएका व्यावसायीको गुनासो छ ।
छाउनीस्थित नेपाल टेलिकम परिसरमा रहेका ती कवाडी उपकरणहरु सबैभन्दा सात कररोड रुपैयाँमा कबोल गर्ने कम्पनी श्री स्क्रेप बाइ एन्ड सेल हो । दोस्रो नम्बरमा कुलायन ब्याट्री उद्योग लिमिटेड हो । यसले ६ करोड ११ लाख रुपैयाँ कबोलेको छ । तेस्रो नम्बरमा ५ करोड ७१ लाख रुपैयाँ देपुता इञ्जिनियरिङ कम्पनीले कबोल गरेको छ ।
यो कम्पनीका मालिक राजकुमार अग्रवाल हुन् । टेण्डर उनैलाई दिन टेण्डरको शर्तपछि थप गरिएको स्रोतको दावी छ । जसअनुसार रिसाइकल गर्ने कम्पनी आफ्नै हुनुपर्ने, ३ वर्षमा सात करोडको कारोबार भएको हुनु पर्ने जस्ता नयाँ शर्त थपिएको छ । टेण्डर प्रक्रिया शुरु भइसकेपछि बीचमा यसरी शर्त थपिएपछि टेण्डर प्रक्रियामा मिलेमतोको शंका गरिएको हो ।
Comments
अरु समाचार
-
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
स्वास्थ्य मन्त्रालय बेथितीको अखडा !
काठमाडौं। कर्मचारीको बढुवा जस्तो संवेदनशील विषयमा पनि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै गम्भीरता देखाउँदैन। लोकसेवा आयोगको माननीय सदस्य अध्यक्ष...
-
उरुग्वे र साउदी अरब, स्पेन र केप भेर्दे तथा बेल्जियम र इजिप्टको बराबरी गोल
काठमाण्डौ । फिफा विश्वकप फुटबलमा उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेल्दै अङ्क...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
जर्मनीले कुरासाओलाई ७–१ ले हरायो, जापान र नेदरल्याण्ड्सले बाँडे बराबरी अंक
काठमाडौं। २०२६ फिफा विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा जर्मनीले कुरासाओलाई ७–१ गोलअन्तरले पराजित गर्दै प्रभावशाली सुरुआत गरेको छ। ह्युस्टनस्थित बन्द रंगशालामा...
-
महोत्तरी प्रहरीको कडा अभियान, प्रहरी कार्यालय वरिपरि सक्रिय दलाल सञ्जालमाथि निगरानी बढ्यो
जलेश्वर । सरकारी कार्यालयहरूमा सेवाग्राहीको भीडसँगै बिचौलियाको चलखेल बढ्दै गएको गुनासो देशभरि सुनिँदै आएको छ। नागरिकले आफ्नै कामका लागि अनावश्यक...
-
फिफा विश्वकप २०२६: ब्राजिल र मोरक्कोले खेले १-१ को बराबरी
काठमाडौं । ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ । फिफा विश्वकप...












