५३ सय मेगावाट बिजुली निकाल्न चन्दा उठाउँदै इमरान
एजेन्सी २१, असोज । चन्दा उठाएर साना र समान्य काम भएको त आम मानिसलाई थाहा छ। तर ठूला ठूला परियोजना चन्दा उठाएर निर्माण गरिएको इतिहास संसारमा नै एकदमै कम रहेको छ। तर पछिल्लो पटक पाकिस्तानका प्रधानमन्त्री इमरान खानले स्वदेशी लगानीमा नै ५३०० मेगावाट क्षमताका आयोजना निर्माणका लागि चन्दा उठाउन थालेका छन्। पछिल्ला केही वर्षदेखि पाकिस्तानले चरम ऊर्जा संकट भोग्दै आएको छ।
दैनिक १२ घन्टा काटिने बिजुलीको कारण जनजीवन प्रभावित हदै आएको छ। निर्माणमा रहेका केही आयोजनामा चरम वेथिति र भ्रष्टाचार व्याप्त छ। राजनीतिक र क्षेत्रीय स्वार्थका कारण परियोजनाहरुमा समस्या परेका छन्।
बर्षेनी बढिरहेको लगानी औद्योगिक क्षेत्रमा भएको विकासका कारण पनि ऊर्जाको माग बढ्दै गएको छ। तर समस्या घट्नुको साटो बढ्न थालेपछि नवनिर्वाचित सरकारले नयाँ उपाय निकालेको छ। त्यो हो राष्ट्रिय रुपमा चन्दा अभियान चलाउने र वृहत परियोजनालाई सार्थक बनाउने। पाकिस्तानमा कूल ऊर्जाको औसत माग १७ हजार मेगावाट रहेको छ। कूल जडित क्षमता २५ हजार मेगावाट भएपनि ऊर्जाको चरम संकट रहेको छ।
इमरान खान प्रधानमन्त्रीमा निर्वाचित भएपछि उनले केही राष्ट्रिय अभियान सञ्चालन गरिरहेका छन्। विलाशी सवारी साधानको बिक्री वितरण, कर प्रशासनमा सुधार तथा नागरिककै जीवनशैलीका प्रधानमन्त्री रहने र जनतालाई केही आर्कषक र व्यवहारिक रुपमा सुधारात्मक अभियानबाट प्रधानमन्त्री खान पछिल्ला दिनमा चर्चित छन्।
पाकिस्तानलाई आर्थिक रुपमा सबल बनाउन र आन्तरिक लगानीबाट नै केही ठूला परियोजना निर्माण गर्न सकिन्छ भन्ने मान्यताको विकास गर्न सरकारले नै प्रयास गरेको छ। विदेशी दातृ निकाय पनि केही ठूला परियोजनामा लगानी गर्न इच्छुक छन्। तर दातृ निकायको ऋणका कारण पाकिस्तानको अर्थतन्त्र धरापमा परेको भन्दै नवनिर्वाचित सरकारले केही नयाँ घोषणा गरेको छ। त्यो हो ‘राष्ट्रिय चन्दा अभियान, देशका लागि पाकिस्तानको विकासका लागि।’
जनताका लागि सरकार छ, सरकार जनताका लागि हो, भन्ने विश्वास दिलाउने लक्ष्यका साथ राष्ट्रिय अभियान सूरु गरिएको पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले जानकारी दिए।
पाकिस्तानमा चन्दा संकलन अभियान सुरु गरिएको हो। ठूला परियोजनामा नागरिकको सहभागिता होओस् भन्ने मान्यताको विकासका लागि पनि त्यस्तो अभ्यास गरिएको हो। जनताको विकास निर्माणको चाहना र राष्ट्रिय आवश्यकता परिपूर्तिका लागि नागरिकलाई नै विकास निर्माणको काममा प्रत्यक्ष सहभागिता गराउन लागिएको हो निसारलाई उदृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन्।
चन्दा उठाएर नै आयोजना निर्माण गर्न लागेको पाकिस्तान भने पहिलो देश होइन, यसअघि इथोपियाले पनि चन्दा जस्तै गरी आर्थिक सहयोग संकलन गरेर केही मझौला परियोजना अगाडि बढाएको थियो। टेलिफोन कलमा सुरु गरिएको अभियानले सो देशमा समेत सार्थकता पाएको छ। तर पाकिस्तानले भने देशभित्रै १२.४ अर्ब डलर रकम जुटाउने अभियान सुरु गरेको छ। त्यो भनेको नेपाली मुद्रामा परिवर्तन गर्दा १२ खर्ब ४० अर्ब भन्दा बढी हुन जान्छ।
पाकिस्तानमा दुई बाँध बनाउन त्यहाँका प्रधानमन्त्री इमरान खानले चन्दा संकलन अभियान थालेको र त्यसका लागि धमाधम पैसा संकलन सुरु हुन थालेको पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन्। उत्तरी पाकिस्तानमा ४५०० मेगावाट क्षमताको दायमर बासा बाँध र अर्को ८०० मेगावाट क्षमताको मोहम्मद बाँध निर्माण गरिनेछ। करिब ३० हजार करोड रुपैयाँ लागतमा मोहम्मदको काम २०१२ देखि जारी छ। तर आर्थिक अनियमितता र भ्रष्टाचारका कारण आयोजननाको सोचेजति प्रगति हुन सकेको छैन। सवा लाख करोड रुपैयाँ लागत रहने ठानिएको दायमर बासाको काम लगानीको अभावमा हालसम्म सुरु हुन सकेको छैन।
पाकिस्तानका आर्थिक मामलाका जानकार खुर्म हुसैनका अनुसार सरकारले नै परियोजना जिम्मा लिएकाले चन्दा अभियान सफलताको दिशामा अगाडि बढेको छ। धेरै नागरिक उत्साहित भएका छन्। बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो।
उनले चन्दा उठाएर परियोजना अगाडि बढाउने विषय महत्वपूर्ण भएपनि पैसा जम्मा पार्न सरकारले अन्य विकल्प पनि खोज्नुपर्ने बताए।
‘पैसा जम्मा गर्नका लागि अन्य नयाँ विकल्पमा पनि ध्यान दिनु आवश्यक छ’, खुर्मले भने ‘नागरिकलाई नै विश्वासमा लिएर लगानीका लागि आग्रह गर्नु असाध्यै ठूलो काम हो। तर यसले मात्रै सबै रकम नजुट्न सक्छ। अन्तरराष्ट्रिय दाता संगठनसँग पनि सम्पर्कमा रहन र उनीहरुलाई लगानीका लागि आग्रह गर्न सकिन्छ।’
स्टेट बैंक अफ पाकिस्तानमा ‘सुप्रिम कोर्ट अफ पाकिस्तान डायमर बासा र मोहन्द ड्याम फण्ड’ खाता खोलिएको छ। ६ अक्टोबर, २०१८सम्म सो खातामा चार अर्ब ५८ करोड ७१ लाख बढी रकम संकलन भइसकेको छ।
पाकिस्तानका अधिकाशं सञ्चार माध्यमले प्रधानमन्त्री इमरानको पछिल्लो प्रयासलाई सकारात्मक भन्दै समाचार सम्प्रेषण गरेका छन्। विशाल बाँध बनाउन सरकारसँग पैसा अभाव भएपछि खानले चन्दा अभियान थालेका हुन्, यो महत्वपूर्ण अभियान हो, यसलाई सहयोग गरौ भन्दै पाकिस्तानी नागरिकले खुसी व्यक्त गरेका छन्।
ती ठूला परियोजनाका लागि पाकिस्तानका प्रधानन्याधीश साकिब निसारले प्रधानमन्त्री खानलाई सहयोग गर्नुपर्ने बताउँदै अभियानको नेतृत्वमा रहेर काम गर्ने बताएका छन्। सो अभियानलाई प्रधानमन्त्री– प्रधानन्यायाधीश कोष नाम दिइएको छ।
उनले दुई बाँध बनाउने यो प्रयासमा सबैले सहयोग गर्नुपर्ने र अभियान विरुद्ध गए कारवाहीको भागिदार बन्नुपर्ने चेतावनी समेत दिएका छन्। ती ठूला बाँध बनाउनका लागि सरकारलाई पाकिस्तानको सेनाले पनि ठूलो सहयोग गरेको छ। पाकिस्तानी सेना प्रमुख कमर जावेद बाजवाले १०० करोड पाकिस्तानी मुद्राको चेक हस्तान्तरण गरिसक्नु भएको छ। पाकिस्तानी सरकारसँग सो बाँध बनाउनका लागि १४३ करोड पाकिस्तानी मुद्रा मात्रै रहेकाले पनि चन्दा उठाउन थालिएको हो।
चन्दा उठाएर नै ठूला आयोजना निर्माण गर्ने सरकारको कदमलाई सहयोग गर्न सरकारले आफ्ना सबै संयन्त्रहरु परिचालन गरेको छ। राष्ट्रिय अभियानलाई पूरा गर्न सबैको सकारात्मक साथ र सहयोग गर्नुपर्ने पाकिस्तानी सेनाको भनाइ समेत बाहिर आएको छ। खान सरकारप्रति सेना पूर्ण रुपमा बफादार देखिन्छ भन्ने टिप्पणी आइरहेको बेला सेनाले नै चन्दा अभियानलाई महत्वपूर्ण सहयोग गरिरहेको छ।
पाक प्रधानन्यायाधीश निसारले दैनिक रकम जम्मा हुने क्रम बढीरहेको र त्यसले आफूहरुलाई उत्साहित बनाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमलाई जानकारी दिए।
रकम दिन दिनै बढीरहेको छ। धेरै नागरिक उत्साहित भएका छन्। सरकारले लिएको चन्दाको समेत रेकर्ड राखिएको छ। कुन स्थानबाट कसले कति चन्दा दियो भनेर पारदर्शी रुपमा सार्वजनिक गरिएको छ। यसले सरकारप्रति नागरिकको विश्वास समेत बढ्दै गएको छ।
प्रधानमन्त्री इमरान खानले देश तथा विदेशका पाकिस्तानी नागरिकसँग चन्दाका लागि लामो अपिल गरेका छन्। उनको अपिलमा ‘हामीले हाम्रा लागि गरौं, आफ्नो क्षमतामा गरौं र आफूलाई विश्वास गरौं’ भन्ने विषयलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
चन्दा संकलनका लागि पाकिस्तानको प्रमुख शहर, चोक तथा गल्ली गल्तीमा ठूला ठूला व्यानर राखिएका छन्। सञ्चारमाध्यममा समेत श्रव्य दृश्य सामग्री प्रशारण गरिएको छ। नागरिकलाई किन चन्दा दिने, सरकारलाई किन सहयोग गर्ने भन्ने आशयका सामग्री प्रकाशन र प्रसारण गरिएको छ। पाकिस्तानमा एक प्रकारको राष्ट्रवादी भावना जागृत भएको छ।
पाकिस्तानका आर्थिक मामलाका विश्लेषक हुसैनका अनुसार सरकारले जिम्मा लिएकाले चन्दा दिन पनि सजिलो भएको भन्दै नागरिकमा एक प्रकारको उत्साहको सञ्चार भएको र सरकार हाम्रै लागि काम गर्दैछ भन्ने स्थापित भएको बताए।
बाँध बनाउन धेरै पैसा आवश्यकता पर्ने भएपछि तीब्र गतिमा अभियान थालिएको हो। यसले सबैले देशलाई लगानी गरौ, देशले पछि दिनेछ भन्ने भावना जागृत भएको छ। पाकिस्तानले चन्दा उठाएर केही ठूला परियोजना सञ्चालन गर्न सक्छ भने नेपालमा पनि त्यस्तो अभियान अगाडि बढाउन सरकारले प्रयास गर्न सक्छ। किनकी पाकिस्तानको खान नेतृत्वको सरकार नवनिर्वाचित हो। उसले अगाडि सारेका केही कार्यक्रमले यतिखेर संसारको ध्यान खिचिरहेको छ। के नेपालले पनि खान सरकारजस्तै केही सकारात्म्क अभियान सञ्चालन गर्न सक्छ? प्रश्न अह्म र महत्वपूर्ण रहेको
Comments
अरु समाचार
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...












