नेबिसंघ सभापतिका लागि ३२ वर्षे हदबन्दी बहुमतले पारित
काठमाडौ २२,असोज । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको सभापति हुन उमेर हद ३२ वर्ष उमेर हदबन्दी बहुमतले पारित भएको छ। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
नेविसंघ सभापतिको उमेर हद ३२ हुने गरी निर्देशक समितिका संयोजक डा प्रकाशरण महतले बैठकमा प्रस्ताव पेश गरेका थिए। प्रस्ताव पारित भएसँगै अब ३२ वर्षे उमेर हद लागू हुनेछ।
पार्टीको संस्थापन पक्ष नेविसंघको सभापति बन्न ३२ वर्षे हदबन्दी लगाउने पक्षमा थियो भने इतर समूह हदबन्दी हटाउने पक्षमा थियो।
संघको सभापतिका लागि ३२ वर्षे हदबन्दी लागू भएमा संस्थापन पक्षका विद्यार्थी नेताको सभापतिमा सम्भावना बढी हुने भएकाले महामन्त्री डा प्रकाशशरण महत हदबन्दीको पक्षमा थिए।
महत संयोजक रहेको निर्देशक समितिले विधान संशोधन गर्न र महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्न संघलाई निर्देशन गरेको थियो।
संघको विधान पारित गर्ने विवादकै कारण शुक्रबार तोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आइतबारलाई सारिएको थियो।
नेबिसंघ कार्यसमितिले प्रस्तुत गरेको भन्दा पार्टीको निर्देशक समितिले पेश गरेको विधान फरक रहेकोले वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले आपत्ति जनाएका छन्। विधानमा उल्लेख्य छलफल नगरी हचुवाका भरमा पारित गरिएको भन्दै संस्थापन इतरका नेताहरुले अापत्ति जनाएका हुन्।
Comments
अरु समाचार
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...
-
यसपल्टको प्रतिनिधिसभा चुनावमा १४ महिला निर्वाचित, कुन पार्टीबाट कति ?
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा १४ जना महिला उम्मेदवार विजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेपाली कांग्रेसबाट...
-
पुराना दलका पदाधिकारी को–को भए पराजित ?
काठमाडौं । प्रतिनिधिसभा सदस्यको यही फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम आउने क्रम अन्तिम चरणमा छ । यस निर्वाचनमा प्रत्यक्षतर्फ...











