सांसद अधिकारीको टिप्पणी, राष्ट्रिय सभाले दायित्व बिर्सियो
काठमाडाैँ २२,असोज । सांसद एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले राष्ट्रिय सभाले आफ्नो दायित्व पूरा गर्न नसकेको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको पूरकसभाका रूपमा रहेको राष्ट्रिय सभाले संघीयता कार्यान्वनयका लागि भूमिका खेल्नुपर्ने भए पनि त्यसमा चुकेको उनको भनाइ थियो ।
संसदीय मामिला पत्रकार समाजले गोदावरीमा गरेको संघीय पत्रकारितासम्बन्धी अन्तरक्र्रिया कार्यक्रममा उनले आफैं सदस्य भए पनि राष्ट्रिय सभाले आफ्नो दायित्व भुलेको भन्दै आलोचना गरे ।
दुवै संविधानसभामा सदस्यसमेत रहिसकेका अधिकारीले संघीय संसद्ले लाजमर्दो रूपमा कानुन निर्माण गरेको बताए । हालसालै पारित भएका मौलिक हकसँग सम्बन्धित १६ वटा विधेयक छलफलबिनै कानुन बनेको उनको भनाइ थियो ।
‘मौलिक हकसम्बन्धी विधेयक यति लाजमर्दो ढंगले पारित भयो कि हामी सांसदले पाना पनि पल्टाउन पाएनौं,’ उनले भने, ‘संशोधन दर्ता गर्न ३ घण्टाको समय दिएको छ भन्न पनि सकेनौं ।’ उनले संसद् र समितिले आफ्नो काम प्रभावकारी बनाउन कार्ययोजना बनाएर अघि बढ्नुपर्ने उल्लेख गरे ।
‘म राष्ट्रिय सभाको सदस्य भए पनि भन्नैपर्छ यसले आफ्नो दायित्व पूरा गरेन, हामी स्थानीय तह र प्रदेशसभाका प्रतिनिधिबाट निर्वाचित भएर आएका हौं,’ उनले भने, ‘त्यस हिसाबले हाम्रो दायित्व स्थानीय तह, प्रदेश र केन्द्रलाई समन्वयन गर्ने हो । त्यो हामीले गरेनौं ।’ प्रदेशसभाको काम कारबाही प्रभावकारी नभएको अवस्थामा प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने अन्तरप्रदेश समन्वय समितिको बैठक राख्न पहल नगरिएको अधिकारीले उल्लेख गरे । राष्ट्रिय सभासँग पर्याप्त समय भए पनि देशका जल्दाबल्दा विषयमा छलफल हुन नसकेको उनले बताए ।
‘राष्ट्रिय सभासँग पर्याप्त समय भए पनि ठोस काम गर्न सकेनौं । कहिले १० त कहिले १५ मिनेट बैठक बसेर उठ्ने गरेको छ,’ सांसद अधिकारीले भने, ‘सरकारले त बिजनेस दिएन, दिएन, हामी आफैंले पनि बिजनेस पैदा गर्न सकेनौं । बैठकलाई बिजनेस दिने काम हामी सांसदहरूको पनि हो ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












