अनुगमन टोलिको विरोधमा उदयपुर कटारी बजार बन्द गरेर व्यापारी आन्दोलित
कटारी २२, असोज । चाडबाड नजिकिएसँगै उपभोक्ताहरुको हितका लागि प्रशासनले थालेको अनुगमनको विरोध गर्दै उदयपुरको कटारी बजारका व्यापारीहरुले बजार बन्द गराएका छन् । आईतबारदेखि ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलको नेतृत्वमा अनुगमन जारी रहेको थियो ।
सोमबार विहानै देखि फेरी अनुगमन सुरु भएपछि व्यापारीहरुले बजार बन्द गराएका हुन् । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धु्रबकुमार श्रेष्ठ , शसस्त्र प्रहरी वेस क्याम्प लगायतका सरोकारवालाहरुले अनुगमन सुरु गरेका थिए ।
अनुगमन टोलीका प्रमुख पौडेलले व्यापारीहरुले बजार बन्द गर्नुको कारण टोलीलाई थाहा नभएको बताउँदै प्रशासनले पाउने अधिकार बमोजिम म्याद गुजे्रका सामाग्री बरामद गर्ने , मूल्य सूचि हेर्ने ,प्यान भ्याटमा दर्ता भए नभएको बारे जानकारी लिने गरी अनुगमन गरिरहेको बताए । ‘माथिल्लो निर्देशनले के के अधिकार दिएको छ त्यहि हेर्दै छौं हामी हाम्रो काममा छ उहाँहरुले किन पसल बन्द गर्नुभयो थाहा भएन् ।’पौडेलले भने ‘अनुगमनका क्रममा एउटा पसलमा प्यान भ्याट केहि भेटिएन कुनै कागजात विना संञ्चालनमा रहेको पसललाई कागजात बनाएर संञ्चालन गर्नुहोस भनेर बन्द गर्न निर्देशन दिएका थियौं त्यहि आक्रोस हुन सक्छ ,हामी हाम्रो काममा छौं ।’
उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले अनुगमनका क्रममा टोलीले आफ्नो अधिकार भन्दा बाहिर रहेर व्यापारीलाई दुःख दिएको विरोधमा बजार बन्द गरेको बताए ।‘कपडा , पसल ,जुत्ताचप्पल पसलमा जाने मुल्य सोध्ने ,बील खोज्ने गर्न खोजियो, त्यो अधिकार उहाँहरुको टोलीलाई छैन् ।’खड्काले भने –‘अधिकारभन्दा बाहिर गएर व्यापारीलाई दुःख दिएपछि बजार बन्द गराएका हौं ।’
उदयपुरको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारीबाट पहाडी जिल्ला ओखढुंगा ,खोटाङ्ग,सोलुखुम्बुमा व्यापक रुपमा म्याद गुजे्रका अखाद्य वस्तु निर्यात भएको त्यहाँको प्रशासनले गरेको अनुगमनमा पाईएकोले अनुगमन गरिएको प्रशासन कार्यालयका प्रमुख पौडेलले बताएका छन् । कटारीबाट भ्याट छलि गरेको ,म्याद गुज्रेको , अखाद्य वस्तुहरु पहाडी जिल्लाहरुमा निर्यात हुने गरेको त्यहाँको अनुगमनहरुमा पाईएको गुनासो आएपछि अनुगमन सुरु गरिएको थियो ।
अनुगमनका क्रममा आईतबार पनि पसलहरुमा मूल्यसूचि नराखिएको , म्याद गुज्रिएको पेय पदार्थ , म्याद नै नराखिएको चिउरा , म्याद गुज्रेका हुलासका चामल ,लगायतका अखाद्य वस्तुहरु बरामत गरिएको थियो । चाडबाड नजिकिएपछि देशका प्राय शहरबजारहरुमा प्रशासनले अनुगमन गरिरहेको छ । बजारका अधिकांस पसलहरुमा अनुगमन नै नगरी आईतबार दिउँसोबाट सुरु गरिएको अनुगनम सोमबार विहान सुरु हुनु वित्तिकै व्यापारीले बजार बन्द गराएका हुन् ।
कटारी नगरपालिकाले यस अघि अनुगमन समिति गठन गरेपनि समिति चाडबाड मुखैमा आईपुग्दा समेत निष्कृय रहेको छ ।बजार बन्द भएपछि चाडबाडका लागि किनमेल गर्न आएका गाउँगाउँका उपभोक्ताहरु भने समस्यामा परेकाछन् ।
भिडियो हेर्नुहोस
Comments
अरु समाचार
-
पहिरोका कारण मुग्लिन–नारायणगढ सडक, बीपी राजमार्ग र पृथ्वी राजमार्ग अवरुद्ध
काठमाण्डौ । धादिङको कृष्णभीर, परेवाभीर, ज्यामिरेघाट लगायतका ठाउँमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भैरहेको,...
-
कृष्णभिरमा पहिरो, पृथ्वी राजमार्ग अवरुद्ध
काठमाडौं । धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । गएराति ढुंगासहितको पहिरो खसेकाले राजमार्ग अवरुद्ध भएको हो...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












