अनुगमन टोलिको विरोधमा उदयपुर कटारी बजार बन्द गरेर व्यापारी आन्दोलित
कटारी २२, असोज । चाडबाड नजिकिएसँगै उपभोक्ताहरुको हितका लागि प्रशासनले थालेको अनुगमनको विरोध गर्दै उदयपुरको कटारी बजारका व्यापारीहरुले बजार बन्द गराएका छन् । आईतबारदेखि ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख सुनिल पौडेलको नेतृत्वमा अनुगमन जारी रहेको थियो ।
सोमबार विहानै देखि फेरी अनुगमन सुरु भएपछि व्यापारीहरुले बजार बन्द गराएका हुन् । ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी धु्रबकुमार श्रेष्ठ , शसस्त्र प्रहरी वेस क्याम्प लगायतका सरोकारवालाहरुले अनुगमन सुरु गरेका थिए ।
अनुगमन टोलीका प्रमुख पौडेलले व्यापारीहरुले बजार बन्द गर्नुको कारण टोलीलाई थाहा नभएको बताउँदै प्रशासनले पाउने अधिकार बमोजिम म्याद गुजे्रका सामाग्री बरामद गर्ने , मूल्य सूचि हेर्ने ,प्यान भ्याटमा दर्ता भए नभएको बारे जानकारी लिने गरी अनुगमन गरिरहेको बताए । ‘माथिल्लो निर्देशनले के के अधिकार दिएको छ त्यहि हेर्दै छौं हामी हाम्रो काममा छ उहाँहरुले किन पसल बन्द गर्नुभयो थाहा भएन् ।’पौडेलले भने ‘अनुगमनका क्रममा एउटा पसलमा प्यान भ्याट केहि भेटिएन कुनै कागजात विना संञ्चालनमा रहेको पसललाई कागजात बनाएर संञ्चालन गर्नुहोस भनेर बन्द गर्न निर्देशन दिएका थियौं त्यहि आक्रोस हुन सक्छ ,हामी हाम्रो काममा छौं ।’
उदयपुर उद्योग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले अनुगमनका क्रममा टोलीले आफ्नो अधिकार भन्दा बाहिर रहेर व्यापारीलाई दुःख दिएको विरोधमा बजार बन्द गरेको बताए ।‘कपडा , पसल ,जुत्ताचप्पल पसलमा जाने मुल्य सोध्ने ,बील खोज्ने गर्न खोजियो, त्यो अधिकार उहाँहरुको टोलीलाई छैन् ।’खड्काले भने –‘अधिकारभन्दा बाहिर गएर व्यापारीलाई दुःख दिएपछि बजार बन्द गराएका हौं ।’
उदयपुरको दोस्रो ठूलो व्यापारिक केन्द्र कटारीबाट पहाडी जिल्ला ओखढुंगा ,खोटाङ्ग,सोलुखुम्बुमा व्यापक रुपमा म्याद गुजे्रका अखाद्य वस्तु निर्यात भएको त्यहाँको प्रशासनले गरेको अनुगमनमा पाईएकोले अनुगमन गरिएको प्रशासन कार्यालयका प्रमुख पौडेलले बताएका छन् । कटारीबाट भ्याट छलि गरेको ,म्याद गुज्रेको , अखाद्य वस्तुहरु पहाडी जिल्लाहरुमा निर्यात हुने गरेको त्यहाँको अनुगमनहरुमा पाईएको गुनासो आएपछि अनुगमन सुरु गरिएको थियो ।
अनुगमनका क्रममा आईतबार पनि पसलहरुमा मूल्यसूचि नराखिएको , म्याद गुज्रिएको पेय पदार्थ , म्याद नै नराखिएको चिउरा , म्याद गुज्रेका हुलासका चामल ,लगायतका अखाद्य वस्तुहरु बरामत गरिएको थियो । चाडबाड नजिकिएपछि देशका प्राय शहरबजारहरुमा प्रशासनले अनुगमन गरिरहेको छ । बजारका अधिकांस पसलहरुमा अनुगमन नै नगरी आईतबार दिउँसोबाट सुरु गरिएको अनुगनम सोमबार विहान सुरु हुनु वित्तिकै व्यापारीले बजार बन्द गराएका हुन् ।
कटारी नगरपालिकाले यस अघि अनुगमन समिति गठन गरेपनि समिति चाडबाड मुखैमा आईपुग्दा समेत निष्कृय रहेको छ ।बजार बन्द भएपछि चाडबाडका लागि किनमेल गर्न आएका गाउँगाउँका उपभोक्ताहरु भने समस्यामा परेकाछन् ।
भिडियो हेर्नुहोस
Comments
अरु समाचार
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै खुलेन
रुकुमपूर्व । हिमपातका कारण बुधबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग अझै सञ्चालन हुन सकेको छैन । बुधबार दिनभर हिमपात भएपछि सडकको हिउँ...











