प्रधानमन्त्रीको ‘दुखेसो’ कसैले टेरेनन् त्यसैले निर्मला पन्तको बलात्कारी पत्ता लगाउन सकेका छैनौं
काठमाडाैँ २३,असोज । राजपाका नेताहरूसँगको बैठकमा प्रधानमन्त्री केपी ओलीले आफूलाई कसैले पनि नटेरेको दुखेसो पोखेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति भएको वार्तामा उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि प्रधानमन्त्रीलाई टेरेनन्। देखिहाल्नुभयो, सबैले असहयोग गरेकाले निर्मला पन्तको बलात्कारीसमेत पत्ता लगाउन सकिएन। यस्तै समस्या तपार्इंहरूसँग गरेको तीनबुँंदे सहमति कार्यान्वयनमा भएको छ।’
राजपाका अध्यक्ष महन्थ ठाकुरले दुई पृष्ठको ज्ञापनपत्र प्रधानमन्त्री ओलीलाई दिँदै राजपाका माग आगामी छठसम्म पूरा नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने र फेरि मधेस आन्दोलनमा जाने चेतावनी दिए। प्रधानमन्त्री ओलीले आग्रह गरे, ‘यो सरकार नेकपाको मात्र नभएर मधेसवादी शक्तिहरूको समेत हो। त्यसैले समर्थन फिर्ता लिने कुरै नगरौं।’ राजपाको माग दसैंसम्म पूरा गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले व्यक्त गर्न नपाउँदै अध्यक्ष ठाकुरले ‘तपार्इंलाई छठसम्म समय भयो’ भन्दै आपसमा छक्याउने र झुक्याउने काम नगर्न आग्रह गरेको स्रोतले जानकारी दियो।
प्रधानमन्त्री ओलीले तत्कालै भने, ‘मधेसको माग पूरा गर्ने काम यथाशीघ्र अघि बढाउन सकिनँ। परिस्थितिले मलाई साथ दिएन। अब म यो काम गरेरै छाड्नेछु।’ नेपाल र नेपालीको काममा किन कसैले सहयोग गर्दैन आफू आश्चर्यमा परेको भन्दै उनले आगामी दिनमा फेरि तीनबुँंदे कार्यान्वयन नभएको गुनासो तपाईंहरूबाट आउनदिने छैन भन्ने प्रतिबद्धता व्यक्त गरेका थिए। पार्टी एकतापछिका समस्याले पनि आफूले काम गर्ने पर्याप्त समय नपाउँदा तिहारसम्म संविधान संशोधन गरिसक्ने उनले बताए
कसैले सहयोग नगर्दा निर्मला पन्तको अपराधीसमेत पहिचान गर्न सकेका छैनौं ।
–प्रधानमन्त्री केपी ओली
प्रधानमन्त्रीसँग राति ७ बजेदेखि ९ बजेसम्म भएको वार्तामा अध्यक्ष ठाकुरसहित अध्यक्षमण्डलका नेता महेन्द्रप्रसाद यादव, राजकिशोर यादव र अनिलकुमार झा सहभागी थिए। अध्यक्षमण्डलका नेता झाले वार्ताबारे भने, ‘प्रधानमन्त्रीले राजपाको माग दसैंसम्म पूरा गर्ने वचन दिएकोमा हामीहरूले दसैं होइन, छठसम्मको समय दियौं।’ प्रधानमन्त्रीसँग सकारात्मक वार्ता भए पनि ७ महिनादेखि यस्तै वार्ताले निरन्तरता पाएकोमा राजपा दुःखित भएको उनले बताए।
राजपाले प्रधानमन्त्रीसमक्ष सरकारलाई दिएको समर्थन आगामी छठपछि कुनै पनि समय फिर्ता लिनसक्ने चेतावनी दिएको छ। राजपाले प्रधानमन्त्रीसँग भन्यो, ‘प्रधानमन्त्रीको निर्वाचनका बेला तपाईंले गर्नु भएको तीनबुँंदे सहमति कार्यान्वयन गर्न सक्नु भएन। त्यतिमात्र होइन, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा मात्र सरकारलाई सीमित गराउँदै तपार्इंले सिंगो देशले दुई तिहाइको सरकारसँग गरेको अपेक्षासमेत शून्यमा परिणत गर्नु भयो।’
राजपाले कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाइलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक नलिएको आरोप सरकारमाथि लगाएको छ। तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए राजपा समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा दिइएको छ। ज्ञापनपत्रमा ‘एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य नहोस्, त्यस्तो भए त्यसको सम्पूर्ण जिम्मेवार ओली सरकार नै हुनेछ।’
राजपाले स्वास्थ्यमन्त्रीलाई कालो झण्डा देखाउँदा पक्राउ गरी प्रहरी हिरासतमा राममनोहर यादवको हत्या गरिएको, एसिड प्रहारबाट घाइते र उपचार खर्च अभावमा सम्झना दासजस्ता पीडितको मृत्यु भएको, निर्मला पन्तजस्ता देशका दर्जनौं चेलीहरूका बलात्कारी र हत्यारा पक्राउ गर्न नसकेको आरोप लगाएको छ।
यसैगरी कूटनीतिक क्षेत्रमा पूर्ण असफल भएको, सिन्डिकेट हटाउनुको साटो सिन्डिकेटवालाहरूको नियन्त्रणमा रहेको भन्दै राजपाले आपत्ति जनाएको छ। प्रदेश सरकारलाई सामथ्र्यवान एवं सञ्चालनमा संघीय सरकारले सहयोग नगरेको आरोप पनि राजपाले सरकारमाथि लगाएको छ। दुई तिहाइ बहुमतप्राप्त सरकारको राज्य सञ्चालनले नेपाली हतास, निराश, आतंकित र सशंकित भएकोमा सरकारप्रति राजपाले खेद व्यक्त गरेको छ।
Comments
अरु समाचार
-
हेटौंडा सडक विस्तार: ‘कानुनी राज्यको नाङ्गो उपहास’ कमल थापा
काठमाडौं । सडक डिभिजन कार्यालय हेटौंडाले आज बिहानैदेखि हेटौंडाको बुद्धचोक क्षेत्रमा सडक विस्तार कार्यक्रमअन्तर्गत घर तथा विभिन्न संरचना भत्काउन थालेपछि...
-
मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य !
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मधेस प्रदेशमा कांग्रेसबाट मुख्यमन्त्री बन्नु स्वागतयोग्य रहेको बताएका छन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा...
-
एमाले केन्द्रीय सदस्यमा सांसद लिङ्थेपद्वारा उम्मेदवारी घोषणा !
काठमाडौं । नेकपा एमालेको ११ औ महाधिवेशनमा एमाले कोशी प्रदेश सभा सदस्य तथा संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले केन्द्रीय...
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...












